हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका अक्षमतालाई संसद्मा आवाज उठाउने

काँग्रेस संसदीय दलको बैठकले सरकारका असफलता र जनताले भोग्नुपरेको दुःख कष्टका बारेमा संसद्मा आवाज उठाउने भएको छ ।

काँग्रेस संसदीय दलको आज व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले संसद्मा सरकार परिवर्तनभन्दा पनि जनताले भोग्नुपरेको समस्याका बारेमा आवाज उठाउने निर्णय गरेको नेता महेश आचार्यले जानकारी दिनुभयो । संसद्को बर्खे अधिवेशन मङ्गलबारदेखि सुरु भएको हो ।

सरकारले जनचाहनानुसार काम गर्न नसक्दा सत्तामा रहेका अन्य दल पनि सरकारका कामकारबाहीबाट असन्तुष्ट रहेको निष्कर्ष निकाल्दै काँग्रेसले सरकारको विकल्पका रुपमा भने तयार रहेको जनाएको छ ।

भूकम्पपीडितका लागि विनियोजन भएको रकमको अत्यन्त सानो हिस्सा मात्र खर्च भएको र आउँदो वर्षा याम पनि भूकम्पपीडितको पालमुनि नै बास हुने भन्दै काँग्रेसले युद्धस्तरमा पुनःनिर्माणको काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले आन्दोलनरत मधेसकेन्द्रित दलसँग वार्ता गरी संविधान कार्यान्वयन गर्न सरकार उदासीन रहेको निष्कर्ष निकाल्दै ती दलसँग संवाद गरी समस्या समाधान गर्न अग्रसरता लिने जानकारी नेता आचार्यले दिनुभयो ।

काँग्रेसले नाकाबन्दी हटेको लामो समय भइसक्दा पनि मुलुकमा खाद्य सामग्री र इन्धनको कृत्रिम अभाव कायम रहँदा सरकार मौन बसेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेको छ ।

चालु आवको नौ महिनामा १८ प्रतिशतमात्र पुँजीगत खर्च भएको भन्दै काँग्रेसले विकास निर्माणका काम प्रभावकारी रुपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै मुलुकभर देखिएको खडेरीका साथै जङ्गलमा डढेलो नियन्त्रण हुन नसकेको तथा त्यसबाट मानवीय तथा भौतिक क्षति पुगेको प्रति ध्यानाकर्षण गराउँदै डढेलो नियन्त्रण गर्न र पीडितलाई उचित राहत दिन सरकारसँग आग्रह गरिएको छ । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution