नारीमाथिको अत्याचार
नारीले युगौं युगसम्मको एउटा लामो कालखण्डसम्म पुरूषजातिले शारिरीक भोक मेटिने र बच्चा जन्माउने कारख़ाना जस्तो जीवन बाच्न वाध्यात्मक हुन्थे । समाजमा जसका जति धेरै श्रीमती भए त्यसको धेरै धाक , रवाफ र सम्मान हुने स्थिति देखापर्थ्यो । त्यसैलेपनि काव्य महाकाव्यहरू पनि त्यस्तै खालमा रचनाहरुमा उल्लेख पाइन्छ । नारी व्यक्तित्व नभएर भोग विकासको वस्तुमा व्याख्या गरिन्थ्यो । नारीका लागि पुरूष भगवानमा रूपमा चित्रण गर्ने र सतीप्रथा जस्तो कलंकित परम्पराको मान्यता पाउदा मृत पतिको लासमा जीवित पत्निले खरानी हुनु जस्तो हृदय विदारक दृश्य अरू के हुन सक्नेथ्यो र नारीको निम्ती ? नेपाली भाषामा रामायण लेखेर आदि कविको स्थान राखेका भानुभक्त आचार्यका निम्नश्लोकबाट पछिल्लो चरणसम्मको नारीको स्थिति छर्लंग हुनेगर्द्छ जसलाई मैले यहाँ जस्ताको त्यस्तै राख्न्न चाहे ।
“हाँस्नु छैन कदापि नारीहरूले वेश्या हुन्या हाँस्दछन ।
वेश्या लौ नहुन तथापि घरको काम त्यो सबै नास्तछन ।।
सौताको रिस गर्नु पाप छ बहुत एकै दुबैको पति ।
मर्दामा पनि जानु पर्छ जसले मिलेर संगै सती ।।
नारी सत्तात्मकता समाजबाट पुरूषसत्तात्मक समाजमा रूपान्तरणको प्रक्रिया चाहे पूर्वीय समाज होस चाहे पश्चिमी समाज लगभग एउटै हो । यस अर्थमा पश्चिमी समाजका नारीहरूले पनि युग परिवर्तनको लामो कालखण्डसम्म असमानता , भेदभाव , अन्याय , अत्याचार , दमन र पशु सरहको जीवन झेल्नु परेको तितोसत्य आज सबैको अगाडी छर्लंग छ |
समजशास्त्रको प्रारम्भिक अध्ययनमा एउटा प्रश्न अनिवार्य रूपमै अगाडि आउँछ । मानिसको जन्म पहिले भएको हो कि समाजको ? अण्डा पहिले कि कुंखुरा पहिले ? भन्ने प्रश्न जस्तो यो प्रश्नको उत्तर भने त्यति जटिल छैन । स्वाभाविक रूपमा पहिले मानिसको जन्म भयो , त्यस पछि समाजको । अध्ययन , व्याख्या ,विश्लेषण विकासका क्रममा पहिले समाजको जन्म भयो त्यसपछि मानिसको भन्ने दृष्टिकोण पनि पाइन्छ । यस दृष्टिकोणको शास्त्रीय तर्क के हुनसक्छ भने मानिस समाजमा विकसित हुनु अधि उसलाई मानिस हुनुको चेतना नै थिएन ।
-निशा अर्याल
इजरायल