हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

रक्सी मान्छेले पिउँछ, जातले होइन…

dipendra lama-दीपेन्द्र लामा

चैत १९ साँझ सोल्टी होटलमा एउटा भव्य पार्टी चल्दैथियो। मिडिया क्षेत्रका केही सिनियर मदिराले मस्त भइसकेका थिए। सानो कुरामा पनि जोडजोडको हाँसो गुन्जिरहेको थियो। म जिज्ञासु बन्दै उहाँहरुको नजिक पुगेँ। मेरो हातमा जुसको गिलास देखेर उहाँहरु झन् जोडले हाँस्नुभो।

‘क्या हो यार, लामाको हातमा जुस? यो त सुहाएन है?’ एक जना टेलिभिजनकर्मी दाइले व्यंग्य गरिहाल्नुभो। अर्का एक क्यामेराम्यान दाइले आफ्नो हातको ह्विस्की देखाउँदै भन्नुभो, ‘यी यस्तो पो पिउने हो त, जातले पाको चिज पनि छाड्ने हो र?’ दुवै जना बाहुन थिए। यस्तो प्रश्न जोसुकैले गरुन्, मसँग एउटा रेडिमेड जवाफ छ। त्यहाँ पनि त्यही जवाफ फकाईदिएँ, ‘दाइ, रक्सी मान्छेले पिउँछ, जातले होइन।’

पछिल्लो समयमा रक्सी नखाने मतवालीको संख्या बढ्दो छ। कहिलेकाहीँ साना जमघटमा मतवालीहरुचाहिँ सफ्ट डिं्रक र क्षत्रीबाहुन साथीचाहिँ हार्ड डिं्रकमा रमिरहेको दृश्य सामान्यझैं लाग्छ। त्यतिबेला हार्ड ड्रिंक गर्ने साथीहरु जिल्ल पर्छन् र भन्छन्, ‘ल हेर, जमाना उल्टो भइसकेछ।’

मैले साथीभाइमाझ ‘रक्सी नखाने लामा’ को परिचय बनाएको छु। तर यसको मतलब यो होइन कि मेरो मुखमा रक्सी परेकै छैन। काठमाडौंको स्वयम्भूमा जन्मे–हुर्केको म सानैदेखि रक्सीको स्वाददेखि परिचित थिएँ।

ठूलाबडाले हामी फुच्चेलाई कित्ली र पैसा दिएर छ्याङ र रक्सी किन्न पठाउँथे। पसल्नीले ‘ला तिमीहरु पनि चाख्’ भन्दै बटुकामा अलिकति हालिदिन्थिन्। हामी पनि के कम, एक बटुका छ्याङ घुट्क्याउँथ्यौं। छ्याङ खाएर स्वयम्भूको ओरालो र उकालो गर्न बडो मुश्किल पर्थ्यो। छ्याङले तिघ्रालाई फतक्क गलाउँथ्यो। रक्सी खाँदा घाँटी कटक्क हुन्थ्यो। चुरोट सल्काउँदा खोकी चल्थ्यो।

स्वयम्भूमा तामाङ, नेवार र तिब्बती साथी थिए। एक जना एलेक्स भन्ने फ्रान्सेली साथी पनि थियो समूहमा। नेपाली फरर्र बोल्ने ऊ रक्सी खाएर मुख छाड्न हामीभन्दा अब्बल थियो। उसकै घरमा हामीले विदेशी रक्सी र रक्सी खाने सुन्दर गिलास देखेका थियौं पहिलोपटक।

स्वयम्भूका डाँडा घुम्न आउने कुनैकुनै गोरा टुरिस्ट चरेसका ग्राहक हुन्थे। हामी साना केटाहरु फुर्सदको समय झाडीभित्र छिरेर गाँजाको पातलाई हातमा रगड्थ्यौं र त्यसबाट निस्किने मयलजस्तो लेप जम्मा पार्थ्यौं। त्यो ‘माल’ कसले कता लगेर बेच्थ्यो, हामीलाई सरोकारको विषय थिएन। त्यति बेला तितो हुने गाँजा र चरेस पनि चाख्यौं।

संगत जतिसुकै खराब भए पनि म स्कुलमा दोस्रो वा तेस्रो भइरहन्थेँ। स्वयम्भू डाँडोको जनसुधार प्राविबाट पाँच कक्षा पास गरिसकेपछि म १० वर्षको छँदा २०४५ साल भदौतिर हाम्रो बसाइँ पाटनतिर सर्योु। लगनखेलको नमुना मच्छिन्द्र मावि ६ कक्षामा भर्ना भएँ। बेलाबखत म स्वयम्भूमा आफन्त र साथीहरु भेट्न ओहोरदोहोर गरिरहन्थेँ। त्यसैले १२ वर्षको उमेरसम्म रक्सी खान मलाई कुनै छेकबार रहेन।

पछि, आमाले हामीलाई कडा अनुशासनमा डोर्या्उनुभयो। पाटनमा टोलै नेवार, टिचर नेवार, साथीभाइ नेवार, घरबेटी नेवार, संस्कृति र आहारबिहार नेवार। स्वयम्भूमा तामाङहरुले ‘आइराक’ र ‘छ्याङ’ भन्ने रक्सी र जाँडलाई पाटनमा नेवारले ‘अइला’ र ‘ठो’ भन्दारहेछन्। अब ‘अइला’ र ‘ठो’ मेराअगाडि हरेक दिन छचल्किन थाले। तर मैले दुवैमा हात लगाइनँ, आमाको डर थियो।

हाइस्कुलमा उक्लिएपछि मैले बुझेँ, मेरा बुबा, ठूलोबुबा र हजुरबुवा कलिलै उमेरमा संसारबाट बिलाउनुको कारण रक्सी नै थियो। हजुरबुबालाई मैले देख्नै पाइनँ। सायद उहाँले ४० छुनुभएन। बुबा बित्नुहुँदा म ६ वर्षको थिएँ, उहाँले ३० छुनुभएन। बुबा बितेपछि ठूलोबुबाले हामीलाई केही वर्ष हुर्काउनुभयो। उहाँले पनि ४५ छुनुभएन। मेरो हजुरबुबाले बुबा र ठूलोबुबा मात्र जन्माउनुभएको थियो। रक्सीकै कारण तीन जनाकै जीवनलीला छोटियो।

यो कहालिलाग्दो पारिवारिक ट्र्याजेडीका कारण पनि मलाई लाग्यो, मेरो वंशलाई रक्सी फाप्दैन। जब कि माइला र जेठा हजुरबुबापट्टिका ठूलाबुबालाई रक्सीले फिटिक्कै नछोएको देख्छु। उहाँका सन्तानले रक्सीलाई जितेका छन्। म चाहिँ ढुक्क छु, त्यस्तो रक्सी प्रतिरोधात्मक शक्ति ममा छैन।

जब पत्रकारितामा लागेँ, रक्सी र रक्सीवालाले अझ पिछा गर्न थाले। केही बहाना भयो कि रक्सी पिउने निम्तो आइहाल्थ्यो। अहिले पनि आइरहन्छ। रक्सी पनि थरीथरीका, रंगीचंगी, एकसे एक ब्रान्डका तर मेरालागि ती सब केही न केही। मुखबाट कहिल्यै पानी आएन।

‘तपाईंसँग छुट्टै बस्छु म’ वा ‘दाजुभाइ बस्नुपर्छ है’ भन्ने खालका आश्वासन रक्सीसँग जोडिएका हुन्छन्। त्यस्तो प्रस्ताव राख्नेहरुलाई के थाहा, मैले अल्कोहल छुँदिनँ भनेर। लामो तयारीपछि बल्लबल्ल समय जुर्छ र सँगै बस्ने बेला उनीहरु छक्क पर्छन्, ‘झन् यसो रमाइलो गरौं भनेको त तपाईं लिनु पो हुन्न है?’

धेरै जसोले मलाई कमसेकम ‘वाइन वा बियर त लिनू!’ भन्दै कर गर्छन्। उनीहरु तर्क गर्छन्, ‘वाइन र बियर त केही हुँदैन, सफ्ट ड्रिंक त हो।’ जबकि त्यसो भन्नु र ‘माछा र अन्डा भेज नै हो’ भन्नु एउटै लाग्छ मलाई।

पाँच वर्षअघि दिल्लीबाट जेट एयरवेजमा काठमाडौं फर्किंदै थिएँ। मसँगैको सिटमा एक जना अपरिचित नेपाली युवक थियो। एयर होस्टेस यात्रुलाई एकएक क्यान बियर बाँड्दै आइन्। मैले लिइनँ। सँगैको युवकले भन्यो, ‘लिइराख्नुस् न म खाइदिउँला।’ मैले त्यसै गरेँ र उसकै हातमा थमाइदिएँ।

रक्सी खाएका साथीले देखाउने उपद्रो मलाई रमाइलै लाग्छ। कोही रक्सीले चूर भई हुइँकिरहेको बाइकबाट सडकतिर डाइभ हान्थे। कोहीचाहिँ रक्सी खाँदा उत्तानो परेको साङ्लाझैं छटपटिइरहन्थे। एक जना साथीले त रक्सी खाएर घर जाँदा बाटोमै मोटरसाइकल भुलेछ। घर पुग्दा उनको शिरमा हेल्मेट थियो तर मोटरसाइकल थिएन।

कतिपय पार्टीमा रक्सी नखानेलाई बेवास्ता गरिएकोमा रिस उठ्छ मलाई। बारमा अल्कोहल मात्र हुन्छ पिउनलाई। जुस वा अरु सफ्ट डिं्रक केही हुँदैन। त्यति बेला म आयोजकलाई भन्ने गर्छु, ‘पार्टीमा मान्छे रक्सी पिउन मात्र आउँदैनन्।’

नयाँ वर्ष सन् २०१६ को रमझममा एक मित्रले भनेका थिए, ‘रक्सी पिउँछु, नत्र सेलेब्रेट गर्दा के पिउने त?’ पछि मैले देखेँ, उनी रक्सी खाएर होहल्ला गर्दै रमाउँदारहेछन्। मैले उनलाई पछि भनेँ, ‘होहल्ला गर्न रक्सी पिउनुपर्दैन मित्र!’

गत कात्तिकमा भूकम्पपीडितको भिडियो खिच्न सिन्धुपाल्चोक गएका थियौं। क्यामेराम्यान र प्रोड्युसर साथी पक्का मदिराप्रेमी थिए। हरेक साँझ उनीहरुलाई सोमरस चाहिन्थ्यो। स्थानीय पसलमा ब्रान्डेड बियर र रक्सी प्रशस्त पाइन्थ्यो तर चिसो पेय पदार्थचाहिँ नामै नसुनेका ब्रान्डका मात्र भेटिन्थे। मैले ती चिसो पेय पदार्थ खाइनँ। साथीहरु बियरमा रम्थे। म चुपचाप हेरिरहन्थेँ। प्रोड्युसर साथीले मप्रति व्यंग्य छेड्दै भनिहाले, ‘रक्सी नखाने मान्छे घाँडो नै हुनेरहेछ।’

‘रक्सी किन पिउँदैनौ?’ भन्ने प्रश्नमा म भन्ने गर्छु, ‘मेरो भागको बाउबाजेले खाएर गइसके। अब मलाई खानु छैन।’ क्षत्रीबाहुन साथीहरुचाहिँ ‘हामीलाई त हाम्रो बाउबाजेको कोटासमेत पिउनु छ’ भन्दै चुस्की लगाउन थाल्छन्।

मापसे चेकिङका बेला कुनैकुनै ट्राफिक प्रहरीले मेरो अनुहारकै कारण शंका गर्दै पाइप फुक्न लगाउँछन्। म परेँ मापसे होइन, दुपसे अर्थात् दुग्ध पदार्थ सेवन गर्ने। क्लिन रिजल्ट आएपछि ट्राफिक प्रहरी छक्क पर्छन्।

मापसे गर्ने साथीहरुको दाबी छ, ‘रक्सी नखानेले जीवनमा धेरै चिज गुमाउन सक्छ।’ तर म भन्छु, ‘रक्सी नखानेले जीवनमा रक्सी मात्र गुमाउँछ, रक्सी खानेले चाहिँ बरु जीवन नै गुमाउन सक्छ।’ साभार – नागरिक दैनिकबाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution