हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपालका पुर्व राजाहरुको पूर्खा गोरखाका खाँटी मगर हुन – बलदीप प्रभाश्वर चामलिङ

baldip rai pp“दुःख आइपरे मगर गाउँ पस्नु” भन्ने उखान त्यतिकै बनेका हाेइनन् । हिजाे हिन्दुआर्यहरू मुश्लिम आक्रमणबाट भागेर नेपालका गण्डक क्षेत्रका मगर वस्तीमा आएका थिए । भरपर्दाे, सुवानी, उदार र दयावान मगर वस्ती उनीहरूकाे लागि स्वर्गिक क्रिडास्थल बने ।

औलाे दिदा डुडुल्नाे नै गुमाइ पठाए मगरहरूले । लाेक र परलाेककाे छट्टु हिन्दुधार्मिक माग्यवादकाे काल्पनिक आख्यानकाे तरबारले मगरकाे माैलिकता ध्वस्त बनाइयाे । बच्चाकाे न्वरानदेखि मृत्युकाे काजक्रियासम्ममा हिन्दुपुरेतहरूलाई मगरहरूले पाेसे । मगरलाईमात्र हाेइन, मगरका राजालाई समेत हिन्दु बनाइए । मगर राजालाई त जनै नै भिराइदिएर आफ्नाे मगर समाजबाट यसरी अलग्याइयाे कि “मेराे पूर्खा मगर हाे” भन्न लज्जाग्लानी हुने अवस्था शाह राजाहरूमा सृजना गराइयाे भने उता मगरहरूले चाहिँ “शाह राजाकाे पूर्खा मगर थियाे” भन्दा विश्वास नै नलाग्ने गराइयाे ।

नश्ल वर्णशंकर

शाह राजाहरूकाे नश्ल वर्णशंकर हाे ।मगर राजालाई हिन्दु बनाएर जनै भिराए पछि उनीहरूकाे नक्कली वंशावली तयार बनाउन लगाई आर्य कन्याहरूसंग विवाह गराइयाे । यसले पछिका पुस्ताहरूकाे नश्ल आर्यजस्ताे देखिन गएकाे हाे ।

पृथ्वी नारायण शाहकी आमा काैशल्यवती पाल्पाकाे गान्धर्व सेन मगरकी छाेरी हुन् । तर पृथ्वी नारायणकाे छाेरा प्रतापसिंह चाहिँ वाहिरबाट ल्याईएकाे आर्य पत्नी नरेन्द्रलक्ष्मीकाे छाेरा हुन् । उता प्रतापसिंहकाे छाेरा रणबहादुरले त पशुपतिमा ल्याइएकी कान्तवती तराईकी मिश्र बाहुनी हुन् । त्यसबाट जन्मेकाे हुन, गिर्वाण । यसरी राजाका सन्तानहरू वर्णशंकर हुदै ज्ञानेन्द्रसम्म आइपुगेका हुन् । पहिलाे नश्ललाई दाेश्राे नश्लमा रूपान्तरण गर्न दाेश्राे नश्लसंग लगातार तीन पुस्तासम्म वैवाहिक सम्बन्ध गराइयाे भने त्याे पहिलाे नश्ल दाेश्राे नश्लकाे गुणमा आउछ ।

पृथ्वी नारायण शाहकाे तिखाे नाक र भासिएकाे आँखा भएकाे तस्विर त पछि कलाकारलाई स्केच गर्न लगाइएकाे हाे ।

मगरहुनुकाे आधार

१. पहाडी जनै नलगाउने राजालाई छाेरी दिइन्न भने पछि पृथ्वी नारायण शाहले गाेरखा दरवारमा १०८ बाहुनलाई भाेज खुवाइ बानारस गएर कल्पित वशिष्ट गाेत्र बनाई जनै धारण गरी मकवानपुरका राजाकी छाेरी ईन्द्र लक्ष्मीसंग विवाह गरेका थिए ।

यदी पृथ्वी नारायण शाह हिन्दुआर्य भएकाे भए किन पछि जनै लगाउनु पर्थ्याे ?

२. नरभूपाल शाहकी पत्नी तथा पृथ्वीनारायण शाहकी आममा काैशल्यवती मगरकी छाेरी हुन ।

ससुराली मगर भएपछि ज्वाईचेला मगर नै हुने भाे । अहिलेका आधुनिक हिन्दुआर्यले त अन्तरजातीय विवाहलाई स्वीकार्न मान्दैन भने त्याे बेला यदि राजा आर्य भएकाे भए मगरकी छाेरी बिहे गर्थेहाेलान् ?

३. शाह राजाका पूर्खा खाञ्चा र मिञ्चा थिए भनेर सबै इतिहासकारहरू एक मत छन् । याे शब्द मगर भाषा हुन् । मगर भाषाकाे काराङ्च(जेठाे/ठूलाे) र मारच (कान्छाे/सानाे) शब्दकाे अपभ्रंश हुन् खाञ्चा र मिञ्चा । शाहवंशका पूर्खा मगर नभइदिएकाे भए मगरभाषामा यस्ताे भनिने थिएन ।

४. शाह राजाहरूकाे कुलदेवी स्याङ्जाकाे अलामदेवी हुन् । जहाँ पुजारी रानामगरका छन् । आफ्नाे कुल देवता भएकाे ठाउँमा अरू जाति राखिन्न । पछि राजा हिन्दु भएपनि कुलदेवी मन्दिरमा रहने पुजारी मगरकै निरन्तरता भाे ।

५. ” १८३१ वि.स. माघेसक्रान्तिमा नुवाकाेट त्रिसुली सूर्यवतीका त्रिवेणी देवीघाटमा पृथ्वीनारायणकाे मृत्यु हुदाँ वहाकाे दाजु सुरथसिंह रानामगर थियाे” भनेर याेगी नरहरीनाथले “श्री मगर-गुरूङ वंशावली” मा लेखेका छन् । यसमा राजाकाे जुठाे सूतकमा मगरहरूले साथ दिएकाे पनि उल्लेख छ ।

दाजु रानामगर भए भाइ के हुन्छ ? पृथ्वीनारायण विशुद्ध आर्य भए मर्दापर्दा किन मगर सामेल हुन्थे ?

६.पृथ्वी नारायणसंगै एक मगर चाकर पनि सती गएकाे छ । यदि राजा हिन्दुआर्य भएकाे हुन्थ्याे भने बाहुनले शुद्र बनाएकाे मान्छेलाई राजा संगै सती पठाउन अपवित्र हुन्थ्याे ।

७. शाह राजा खलकले कलंकीमा माघ महिनामा कुल पूजा गर्दा कालाे सुगुरकाे बली चढाउथे । हिन्दुआर्य र मुस्लिमले त सुंगुर छुन त के हेर्न पनि चाहन्न ।

८. राजपरिवारमा मामाकी छाेरी बिहे गर्ने प्रचलन थियाे । त्रिभुवनकाे पिता पृथ्वी विक्रमले आफ्नाे मामा वीरशम्शेरकाे छाेरी विहे गरेका थिए । याे चलन मगरकाे हाे ।

९. खान र शाह भनेकाे पदवी हाे । खानकाे अर्थ भनेकाे प्रमुख/ राजा हाे । शाह भनेकाे पनि त्यही हाे । हिजाे भारतका शक्तिशाली मुस्लिम राजाहरूले आफूलाई शाह तथा खान भनेर चिनाउथे । त्याे बेला मुस्लिमहरूकाे प्रतिष्ठा र प्रभुत्वकाे जगजगी थियाे । यसरी आफूहरूलाई पनि शक्तिशाली र प्रतिष्ठित तुल्याउन मगर राजाहरूले खान र शाहकाे पदवी ग्रहण गरेका थिए । शाहवंश राजाकाे पूर्खा कुलमण्डनकाे पाला देखि शाह पदवी धारण गरिएकाे हाे ।

खान र शाह पदवी लिएकै भरमा शाहवंशलाई मुस्लिम भन्न सकिन्न । कुनै पनि परदेशी तथा पाहुनालाई कसैले तुरन्त गद्दी त्यागी दिदैन । कसैले आफ्नाे श्रीमतिलाई कुनै परकाे मानिसले केही गर्न त परै जाओस् जावाे चुम्वन गर्न पनि दिनचाहदैन । त्यसकाे प्रतिकार हुन्छ । हाे, यस्तै हाे, सत्ता अरूलाई दिन ।

१०. शाहवंश मगर परिवारकै हाे भनेर ह्यामिल्टन ( एन अकाउन्ट अव किङडम अव नेपाल) र भेन्सिटार्ट (नाेट्स अन नेपाल) ले लेखेका छन् ।

इतिहासकाे गाथालाई मनन गर्ने हाे भने अबका आधुनिक मगरहरू कांग्रेस-कम्युनिष्टकाे झाेले भएर रहनु एक पल पनि सुहाउदैन । कांग्रेस-कम्युनिष्टकाे भन्दा हजाराै वर्ष पहिले मगरकाे पहिचान र इतिहास याे देशकाे गर्भमा छ ।

लेखक – बलदीप प्रभाश्वर चामलिङ

(बहुचर्चित पुस्तक ” जातिय मुक्ती र लोकतन्त्र “का सर्जक तथा जातिय राजनीति तथा सामाजिक बिषयका बिश्लेषक हुन) @ राज्यसत्ता डट कम |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution