हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

भगवान बुद्ध समक्ष एक व्यक्तिले प्रश्न सोधे- म किन गरिब भए ? जवाफ पाउने बित्तिकै उनी धनी बने

garib

जो कसैको साथमा पर्याप्त धन हुँदैमा कोहि धनी हुँदैन, संसारका हरेक मानिसहरु धनी छन, तर आफूसंग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृस्टि आवश्यक  पर्छ, त्यो जो कोहि संग नहुन सक्छ ।

परापुर्बकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकहाँ पुग्यो । भगवान ”म किन गरिब” भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिनुभयो कि उसको गरिबी एक मिनेट पनि टिकेन ।

भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफुले प्राप्त गरेको ज्ञान बाँड्ने अभियानमा हुनुहुन्थ्यो । यसै क्रममा एउटा गाउँमा पुगे पछि वहाँले सबैलाई भेला पारेर आफुले प्राप्त गरेको ज्ञान बाँड्न थाल्नुभयो । मानिसहरु गौतम बुद्ध समक्ष आ-आफ्नो दु:ख, पीडा र रोदन लिएर पुग्थे अनि उर्जा र जोशले भरिएर फर्किन्थे ।

म किन गरिब ?

त्यसै क्रममा एक दु:खी व्यक्तिले  भगवान बुद्ध संग  आफ्नो गरीवीको कारण सोध्न चाह्यो । उ हिम्मत गरेर बुद्धको शिविर  तर्फ अघि बढयो । मानिसहरू पालैपालोसंग एक-एक गरि बुद्धलाई भेटिरहेका थिए । उ पनि आफ्नो पालो पर्खिएर लाईनमा बस्यो ।

भगवान बुद्ध चुपचाप गाउँवासीको समस्या सुन्दै निकै नै शान्ता र शालिन भावमा उपदेश दिईरहनु भएको थियो । त्यत्तिकैमा उनको पालो आयो । उसले बुद्धलाई प्रणाम गर्यो अनि प्रश्न  अघि सार्यो:-“भगवान ! म किन गरिब ?” बुद्धले मुस्कुराएर जवाफ दिनुभयो :-“तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरिब छौ ।”

उसले आश्चर्य मान्दै प्रति प्रश्न गर्यो:-“म संग केही हुना पनि त पर्यो नि दिनलाई ! मसंग केही छैन । बडो मुस्किलले बिहान  बेलुका हातमुख जोडछु ।”
बुद्धले आफ्नै शालिनतामा जवाफ दिनुभयो :-“तिमी सँग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ । तिमी संग एउटा मुख पनि छ, कसैको प्रशंसा गर्न र मिठो बोल्न सक्छौं । तिमी संग दुई हात छ, आवश्यक पर्दा जो कोहि लाई पनि सघाउन सक्छौ । यो सबै तिमी संग  छ, तिमी कसरी गरिब भयौ ? गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देउ, तिम्रो गरिबी आफै हटेर जानेछ ।”

त्यसपछि उ पनि अरु जस्तै उर्जावान भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागी सकेको थियो । त्यसपछि उसले कहिले गरिवीको अनुभव समेत गरेन ।बाँकी  जिन्दगी सुखपुर्बक बित्यो ।

त्यसैले आजैबाट मनको गरिवीलाई हटाउनुहोस्, आज देखि नै  तपाईं  पनि आफुलाई धनी महशुस गर्न थाल्नु हुनेछ ।

-बुद्धिजम इन नेपाल @ फेसबुक






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution