बौद्धधर्मलम्विहरुको प्रमुख ग्रन्थ: त्रिपिटक
त्रिपिटक बौद्ध धर्मका प्रमुख ग्रन्थ हो । जसलाई सबै बौद्ध सम्प्रदाय (महायान, थेरवाद, बज्रयान, मुलसर्वास्तिवाद, नवयान आदि) ले अंगाल्ने गर्दछ । यो बौद्ध धर्मको प्राचीन ग्रन्थ हो । जहाँ भगवान बुद्धको उपदेश संग्रहित छन् । यस ग्रन्थ सुरुमा पाली भाषामा लेखिएको भए तापनि पछि बिभिन्न भाषाहरुमा अनुवादित गरिएका छन् । यस ग्रन्थमा भगवान बुद्धद्धारा बुद्धत्व प्राप्त गर्नु भएको समय देखि महापरिनिर्वाण नभइन्जेल अर्थात आफ्नो जीवनकालको अन्तिम क्षणसम्म दिनु भएको प्रवचनहरु संग्रहित गरिएको छ । ईशापुर्व १०० तिर श्रीलंकाको राज वह्गामणी अभयले त्रिपिटकलाई पहिले पटक लिपिबद्ध गराएका थिए । यस अघि बिनयधारी उपाली, सुत्तधारी आनन्द र धम्म धारी सारिपुत्र जस्ता महास्थविरहरुले धर्मलाई प्रचार प्रसार गर्ने गर्दथ्यो । सिद्धार्थ गौतम बुद्धलाई बौद्ध धर्मावलम्बीहरुका साथै र हिन्दु धर्मावलम्बीहरुले आफ्नो प्रमुख देवताको रुपमा पूजा गर्दछन् । गौतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ । बुद्धको ख्याती र बौद्धधर्म हाल नेपाल, तिब्बत, चीन, भुटान, श्री लंका, जापान, कोरिया, मंगोलिया, बर्मा, थाईल्याण्ड, भियतनाम, कम्बोडिया, लाओस्, सिंगापुर, मलेसिया, भारत आदि देशहरुका साथै अस्ट्रेलिया, युरोप र अमेरिका हुँदै विश्वभर फैलिएको छ । बुद्धले आफ्ना शिक्षालाई धम्म–विनय भन्ने नाम दिन्छ । विनय भन्नाले भिक्षुहरुका लागि बनाइएको नियमहरुको संग्रह भन्ने बुझिनछ भने धम्म भन्नाले दुःखमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ । बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई बौद्ध धर्मको महान पवित्र धर्म ग्रन्थ त्रिपिटक (बिनयपिटक, सुत्तपिटक र अभिधम्मापिटक) को रुपमा संग्रहित गरिएको छ । जसमा बुद्धका ८२,०००÷– र उनका प्रमुख शिष्यहरुका २,०००÷– गरी ८४०००÷– सुत्र संग्रहित छन् । त्रिपिटक एक धार्मिक महाकाब्य हो । जुन विश्वका भिभिन्न भाषाहरुमा स्पष्ट र सरल तरिकाले अनुवाद गरिएका छन् ।
विनय पिटक:एक बौद्ध ग्रन्थ हो । यस ग्रन्थको प्रमुख विषय विहारको भिक्षु, भिक्षुणी आदि छन् । विनय पिटकको शाब्दिक अर्थ “अनुशासनहो टोकारी” हो । बौद्ध धर्ममा भिक्षु तथा भिक्षुणीको रुपमा प्रवेश गर्ने शिष्य (अनुयायी) को आचरण व्यवस्थि गर्नको निमित्त निर्मित अनुशासनको नियमहरुको विनय भनिन्छ । अतः विनय पटिक विनय सँग संबन्धित नियमहरुको व्यवस्थित संग्रह को । यहाँ यहाँ चार निकायहरु त्था संग्रहरुमा बिभाजित छन् ।
१. सुत्तविभाग (पाराजिक, पाचित्तिय)
२. खन्धक (महावग्ग, चुल्लवग्गा)
३. परिवार
४. पातिमोक्ख
सुत्त पिटक: बौद्ध धर्मको एक ग्रन्थ हो । सुत्त पिटकमा तर्क तथा संवादहरुको रुपमा भगवान बुद्धको सिद्धान्तहरुको संग्रह छन् । यसमा गद्य संवाद छन्, मुक्तक छन्द छन् तथा छोटो–छोटो प्राचीन कहानिहरु छन् । यहाँ पाँच निकायहरु त्था संग्रहहरुमा विभाजित छन् ।
१. दीघनिकाय
२. मज्झिमनिकाय
३ं संयुक्तनिकाय
४. अंगुत्तरनिकाय
५. खुद्दकनिकाय
क. खुद्दक पाठ ख. धम्मपद ग. उदान घ. इतिवुत्तक ङ. सुत्तनिपात च. विमानवत्थु छ. पेतवत्थु ज. थेरगाथा झ. थेरीगाथा ञ. जातक ट. निद्देस ठ. पटिसंभिदामग्ग ड. अपदान ढ. बुद्धवंस ण. चरियापिक
अभिधम्म पिटक: बौद्ध धर्मको एक ग्रंथ हो । यो ति तीन ग्रन्थहरु मध्ये एक टोकरी हो । जसले त्रिपिटक बनाउँदछ । यस ग्रन्थमा विश्लेषणयुक्त देशना तथा अन्य धार्मिक व्याख्या संग्रहितहरु गरिएका छन् । यहाँ सात निकायहरु तथा संग्रहहरुमा बिभाजित छन् ।
१. धम्मसंगणि
२. विभंग
३. धातुकथा
४. पुग्गलपञ्ञति
५. कथावत्थु
६. यमक
७. पट्ठान
बुद्धले दुःख मुक्ति सँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरुलाई महत्व दिदैंन । उनी भन्छन्, “भिक्षुहरु म दुई कुरा मात्र सिकाउँछु । दुःख र दुःखमुक्तिको उपाय ।” बुद्धको प्रयोगत्मक शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छ । शील, समाधी र प्रज्ञा । शीलको जगमा रहेर ध्यानद्धारा समाधी पुष्ट गर्दै प्रज्ञा उत्पन्न गराउन सकेमा नै दुःख मुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो । शील, समाधी र प्रज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्णरुपले बुझ्दै जान सकिन्छ । तथागत सिद्धार्थ गौतम बुद्ध कहिल्यै भन्नु हुन्न, “म जे भन्दछु तिमी त्यही गर ।” बुद्ध भन्नुहुन्छ, “यो आध्यित्मिक मार्गदर्शनमा स्वतन्त्ररुपले चिन्तन मनन गर, बिश्लेषण गर, अभ्यास गर, अनि अनुभव पनि गर त्यसपछी मात्र तिमी आफ्नो निर्णय आफै गर । बुद्ध फेरि भन्नु हुन्छ, “म जे भन्दछु त्यसमा अन्धोभक्त बनी तुरुन्तै विश्वास नगर । तिमी स्वयं आफ्नो मालिक हौ र आफ्नो दिप आफै बन्नु पर्दछ ।”
माथि उल्लेख गरे झैं भगवान सिद्धार्थ गौतम बुद्धले देखाउनु भएका ज्ञानका उपदेश हाम्रो जीवन र प्रकृतिमा जताततै ब्यापक रुपमा देख्न र भोग्न सकिन्छ जुन त्रिपपिटकमा उल्लेख छ । एक शब्द तथा वाक्य होस् या हरफहरु या कथाहरु जहाँ सुकैबाट सिक्नु तथा अध्ययन गर्नु भए पनि त्यो त्रिपिटक कै एक अंश हो । अहिलेको हाम्रो यस बैज्ञानिक तथा आधुनिक युगमा त्रिपिटकको ज्ञान कुरा विभिन्न छुट्टाछुट्टै संचारका माध्यामहरुबाट सिक्न र बुज्न सकिन्छ । यसको लागि कुनै गुम्बा मन्दिरमा धर्म विधहरु समक्ष पुग्नु जरुरी छैन । बजारमा पाइने विभिन्न पत्रपत्रीका तथा पुस्तकहरु देखि रेडियो, टेलिभिजन, इमेल, ईन्टरनेट, मोबाईल आदि सम्पूर्ण माध्यामहरुबाट त्रिपिटकमा लेखिएको ज्ञान हासिल गर्न सकिन्छ । यसरी हामीले त्रिपिटकमा लेखिएका ज्ञान तथा उपदेशहरु अध्ययन गर्नुको साथसाथै हाम्रो दैनिकी जीवनमा यसलाई व्याबहारिक रुपमा उतार्नु अत्यन्त जरुरी तथा महत्वपूर्ण छ । तपाईं हामीले पनि त्रिरत्न धारण गर्दै पञ्चशिललाई अंगालेर सत्कर्म गरेर सक्भर यस पुन्य तिथीलाई पवित्र दिन मान्दै बुद्ध शासन कायम गरिराख्नु सम्पूर्ण नेपाली तथा मानव जातिको दायित्व तथा कर्तब्य हुन्छ । यसैबाट समाजको कल्यण तथा विश्व शान्ति सम्भव हुन्छ ।
लक्ष्मण लामा तामाङ – सल्लाहकार नेपाल प्रवासी तामाङ समाज कतार
[email protected]
बिष्णु बुढानिलकण्ठ –७ काठमाडौं, नेपाल
हालः दोहा, कतार
@तामाङ समाज कतार डट कम |