हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

राजदूत सिफरिशका कारण एमाले,एमाओवादी र राप्रपा नेपालमा भाँडाभैलो मच्चियो

काठमाडौं । २०७३ वैशाख ७ गते मन्त्रिपरिषद् बैठकले विभिन्न २१ देशमा राजदूत नियुक्तिमा नामहरू सिफारिस गरेपछि भाग्य खुलेका २१ जनालाई अहिले बधाई र शुभकामनाको ओइरो लागिरहेछ । भेटघाट र फोन रिसिभ गर्न नै भ्याई–नभ्याई छ । तर, यिनै एक्काइस नामहरूलाई राजदूतका लागि सिफारिस गर्ने तीन सत्तारुढ दलहरूभित्र आक्रोस र असन्तोष चुलिएको छ । एक्काईस राजदूतको सिफारिस काण्डले तीनदलभित्रै आतंक नै मच्चाएको छ । सरकारको नेतृत्व गरेको नेकपा एमालेदेखि एमाओवादी र राप्रपा नेपालसम्म राजदूत नियुक्तिका लागि लेनदेन र नातागोताको आधारमा छनौट गरिएको भन्दै भाँडाभैलो मच्चिएको छ । कतिसम्म भने योग्यतम् र त्याग गरेकाहरूलाई छाडेर चाकडीबाज, भ्रष्ट, नैतिकहीन, अवसरको खोजीमा हिंडेकाहरूलाई विशेष स्पेस दिइएको भन्दै पार्टी छाड्नेसम्मका धम्कीहरू नेता र राजदूतका आकांक्षीहरूले पार्टीलाई दिइरहेका छन् ।

पार्टी नेतृत्वमा छलफल नै नगरी खल्तीबाट नाम सिफारिस गर्दा केही पार्टीको नेतृत्वबीचमा चिसोपन बढेको छ । ५ देशमा राजदूत नियुक्ति गर्ने मौका पाएको एमालेको कोटाबाट सिफारिस गरिएका केही नाममा विवाद नभए पनि केहीमा भने चर्को असन्तोष छ । इजरायलका लागि राजदूत नियुक्ति सिफारिसमा परेकी डा. शिवमाया तुम्बाहम्फेप्रति भने कुनै गुनासो छैन । उनी हैसियत पुगेरै राजदूत बनाइएको भन्दै यो निर्णयको स्वागत भएको छ ।

सांसद् र परराष्ट्रमन्त्री भइसकेर पनि सहसचिवस्तरको राजदूतको पदमा र्‍याल चुहाएका नुवाकोटका महेन्द्रबहादुर पाण्डेको सिफारिसमा भने एमालेभित्रका धेरै नेता रुष्ट छन् । उनीमाथि हैसियत बिर्सेको र पदलोलुप भएको आरोप छ । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक हुादा समाजकल्याण परिषद्को सदस्य सचिव बनेका पाण्डे मन्त्रित्वकालमा उपलब्धीमूलक काम गर्न नसकेको भन्दै आलोचित छन् । आफ्नो कार्यकालमा राजदूत नियुक्ति गर्न नसकेका पाण्डेमाथि अहिले आफैं राजदूत हुन रोकेका हुन् कि भन्ने प्रश्नसमेत खडा भएको छ ।

एमालेकै कोटाबाट जापानको राजदूत सिफारिसमा परेका जापानी भाषाको ज्ञान योग्यता भएका खड्ग केसीप्रति पनि एमालेमा आक्रोस छ । भर्खरै एमालेमा जोडिएका केसीलाई त्याग र बलिदान गरेका अन्य धेरै अनुहारहरूलाई पन्छाउादै नियुक्तिका लागि सिफारिस गरिएपछि निराशा छाएको छ । पीएचडी गरेका केसी जापानी भाषामा भने दख्खल राख्ने बाहेक एमालेकाा लागि कुनै योगदान नदिएका चैते एमालेको रुपमा चर्चा गर्ने गरिन्छ । श्रीलंकाका लागि राजदूत सिफारिसमा परेका नारद भारद्वाज १४ वर्ष जेल बसेका व्यक्ति हुन् । त्याग र तपस्याका हिसाबले उनलाई राजदूत सिफारिस गर्दा खासै विरोधका स्वर नसुनिए पनि एमालेभित्र उनी राजदूतका लागि उपयुक्त पात्र थिए कि थिएनन् भन्ने बहस चलेको छ । दक्षिण कोरियाका लागि राजदूत सिफारिसमा परेका युवराज कार्कीलाई माधव नेपाल गुट छाडेर केपी गुटमा लागेको पुरस्कार स्वरुप राजदूत बनाएको चर्चा एमालेमा छ ।

एमालेमा को–को रुष्ट ?

राजदूतका लागि मुख आश गरेर बसेका एमालेका धेरै योग्य नेता–कार्यकर्ता राजदूत सिफारिस गर्दा नाम छनोट नपरेपछि हिस्स परेका छन् । यसरी हिस्स परेकाहरूमा अधिकांश योग्यतम् व्यक्ति रहेको बुझिएको छ । एमाले स्रोतका अनुसार, ०३२ सालदेखि विदेशमा एमालेको संगठन निर्माणमा लागेर सहयोग पुर्‍याएका मिलन तुलाधर योग्यतम् पात्र भएपनि छनोटमा नपरेको भन्दै एमालेमा असन्तोष छाएको छ ।

विदेश विभाग प्रमुख माधव नेपालसंग एक बन पनि सोधखोज नगरी राजदूतमा सिफारिस गर्ने काम भएपछि एमालेभित्र असन्तोष बढेको छ । नेपाल महासचिव हुादा लामो समय सहयोगी भएर काम गरेका योग्यता पुगेका मिलनसार ब्यक्तित्व मानिने भद्र स्वभावका यादव शर्मा पनि राजदूतका लागि सिफारिसमा पर्न सकेनन् । पार्टीमा लामो समयदेखि इमानदारीपूर्वक लागेका शर्मा अंग्रेजी भाषाका ज्ञाता मानिन्छन् । कर्मचारी सरकारका पालामा सञ्चारमन्त्री बन्न सफल माधव पौडेल पनि राजदूतका लागि आकांक्षी थिए । तर, यो पटक उनले अवसर नपाएपछि उनी निराश बनेको खबर छ । उता, एमालेले नियुक्ति गर्ने हरेक जसो पदमा आाखा गाड्ने निर्वाचन आयोगका पूर्वराजदूत नीलकण्ठ उप्रेती पनि यसपटक हिस्स परेको चर्चा धुम्बाराहीतिर हावासरी फैलिएको छ । राजदूतका निकै चर्चित अञ्जना शाक्य पनि छनोटमा पर्न सकिनन् ।

लामो समयदेखि भारतमा बसेर पार्टीका लागि मरिमेटेर काम गरेका इमानदार युवा नेता युवराज बाास्कोटा र नुवाकोटका केशव पाण्डे केपी गुटकै होनाहार भएपनि छनोटमा नपरेपछि एमालेमा चर्चा हुन थालेको छ– त्याग र तपस्याले मात्रै नहुने रहेछ, चाकडीबाज, अवसरवादी र चैत भए मात्रै अवसर पाइने रहेछ ।’

एमाओवादीमा रोइलो

उता, ४ जनालाई राजदूत सिफारिस गर्ने मौका पाएको एमाओवादीमा त झनै रुवाबासी नै चलेको छ । राजदूतकी आकांक्षी लक्ष्मी पुनले त कान्तिपुर दैनिकमा लामो लेख नै लेखेर रोइलो गरेकी छिन् । युद्धकालदेखि नै पत्रकारिता गरेर माओवादीलाई सघाएकी योग्य उम्मेदवार पुनले ‘पार्टीमा लगानी मेरो कि लक्की को ?’ शीर्षकको लेखमा लेखेकी छन्–सायद म युद्धपत्रकारिता गर्दा लक्की शेर्पा कुनै पार्टीमा चियर्स भन्दै वाइनको गिलास साथीसंग ठोक्काउाथिन् वा ब्युटी पार्लरमा व्यस्त हुन्थिन् । उहाालाई बिहान—बेलुकीको छाक टार्ने पीर छैन । काठमाडौंमा आफ्नै घर छ । पार्टीका केही महिला नेतृ सधैं भमराझैं झुम्मिन्छन्, वरिपरि । उहााको पनि के दोष अवसर दिन नेताहरू नै लालायित भएपछि ।’

एमाओवादीले डेनमार्कका लागि राजदूत सिफारिस गरेको दी राईजिङ नेपालको सम्पादक युवनाथ लम्साल पूर्व एमाले हुन् । स्मरणीय छ, दी राईजिङ नेपालमा उचित कार्यसम्पादन गर्न नसकेको आरोपमा उनी एमाओवादीकै व्यवस्थापनबाट हटाइएका थिए । पार्टी महासचिव कृष्णबहादुर महराको सिफारिसमा राजदूत नियुक्तिका लागि सिफारिस गरिएको चर्चा अहिले पेरिसडााडामा चल्न थालेको छ ।

लक्की शेर्पा पनि पूर्व एमाले हुन् । माओवादी आन्दोलनमा कुनै योगदान नदिएकी र संदीग्ध गतिविधिहरूमा संलग्न हुादै आएकी शेर्पालाई राजदूत नियुक्तिको सिफारिसमा पनि एमोआवादीभित्र उत्तिकै असन्तोष छ । पदम सुन्दास बहराइन र डा. महेन्द्र सिंह, कतारका नाममा भने त्यतिधेरै विवाद नरहेको बुझिएको छ । राजदूतका लागि एमाओवादीमा मलेसियाका पूर्वराजदूत ऋषि अधिकारी र एमाओवादी बुद्धिजीवी संगठनका दर्जन बढी आकांक्षी भएको बताइन्छ ।

राजदूत नियुक्तिले बादल आगो

यसैबीच राजदूत नियुक्तिको विषयलाई लिएर वैद्य माओवादीसमेत रुष्ट बन्न पुगेको खबर छ । भित्रभित्रै पार्टी एकताको तयारीमा रहेका रामबहादुर थापा बादलले राजदूत नियुक्ति सिफारिसको विषयमा प्रचण्डसंगै असन्तुष्टि जनाएको बुझिएको छ । ‘राजदूत नियुक्तिमा एमाओवादीले गरेको नियुक्तिलाई लिएर बादलले समेत असन्तोष जनाएका छन्’, स्रोतले भन्यो ।

राप्रपामा गाईजात्रा

उता, गाई पार्टीमा पनि राजदूत नियुक्तिले भााडभैलो मच्चिएको छ । बंगदालेशका लागि राप्रपा नेपालले सिफारिस गरेका खगेन्द्र बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त दीप बस्नेतका दाजु हुन् । खगेन्द्र पूर्वसचिव समेत हुन् । उनलाई राजदूत बनाइएपछि राप्रपा नेपालमा त्याग गरेकाहरू रुष्ट बनेको बुझिएको छ ।

उता युएईका लागि राजदूतमा सिफारिस गरिएका नेपाली सेनाका पूर्वसहायक रथी भरत रायमाझी नेपाली सेनामा कोर्ट अफ इन्क्वायरी सजाय भोगेका व्यक्ति हुन् । प्रज्ज्वल शमशेर राणा प्रधानसेनापति रहेका बेला भर्ना छनौटमा आएको रासन र भर्ना छनौट भएका मान्छेहरूलाई पदको दुरुपयोग गरेर विभिन्न ठाउाबाट अनावश्यक रुपमा काठमाडौं बोलाउने र तालिममा पठाउने दु:ख दिएर अख्तियारको दुरुपयोग गरेको भन्दै कारबाहीमा परेका थिए । तत्कालीन राजाका एडीसी विवेक शाहको कृपाले उतिबेला क्षमादान पाएका पूर्व जर्नेल भरतलाई अहिले पनि शाहकै चाहनामा राजदूतका लागि सिफारिस गरेको चर्चा छ |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution