हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

गिनिज बुक्समा मेची पुल !

bridge mechi

बैशाख १८ गते । झापाको बहुचर्चित भद्रपुरबाट भारतजोडने मेची पुल शिलन्यास भएको ५० बर्षमा पनि पुरा छैन । बारम्बार शिलन्यास भएपनि अहिलेसम्म पुल नबन्दा स्थानीयहरु अचम्मित छन् । पछिल्लो पटक तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ सुरु गरिएको मेची पुल निर्माण कार्य सात वर्ष बित्न लाग्दा पनि पूरा नभएपछि स्थानीयहरु पुल नबन्ने हो कि होईन भन्ने चिन्तामा छन् । अझ कोही त ५० वर्षमा पुल नबन्ने भयो र यसै कारणलाई लिएर मेची पुलको नामले गिनिज बुक्समा प्रवेश पाउने हो कि भनेर ठट्टा पनि गर्ने गर्दछन् ।

२०६६ माघ २१ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले तीन वर्षमा पुल निर्माण कार्य सम्पन्न नभए आफूले राजनीतिबाट सन्यास लिने भन्दै पूलको शिलन्यास गर्नु भएको थियो । तीन बर्षमा पुरा गर्ने भनिएको पूल सात बर्ष बित्दा अहिलेसम्म आधा समेत निर्माण भएको छैन ।

पहिलो पटक २०२२ सालमा तत्कालीन अञ्चलाधीश मनमोहन मिश्रले पहिलो पटक पुलको शिलान्यास गर्नु भएको थियो । त्यो समयदेखि नै पूलको सपना देख्दै आएका स्थानीयहरुले १९ बर्षमा पनि पूल नबनेपछि फेरि पुल निर्माणमा पहल गर्दा बिस २०४१ साल जेठ १५ गते तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले दोस्रो पटक फेरि शिलन्यास गरेर तत्काल पुल बन्ने बताउनु भएको स्थानीयहरु बताउँछन् ।

तेस्रो पटक गच्छदारले शिलान्यास गरेको पुल अझै बनेको छैन । पुल निर्माणको काम धमाधम भइरहेको र बिभिन्न कारणले पुल निर्माण कार्य ढिलाई भएको निर्माण कम्पनीको दाबी रहदै आएको छ । पुल निर्माणको जिम्मेवारी लिएको कनक सूर्य एण्ड सन्स कम्पनीले ३७ करोड ३६ लाख ५० हजार रुपियाँमा निर्माण सम्झौता गरेको थियो । छ सय ६० मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको उक्त पुलको भारबहन क्षमता ७० टन रहेको जनाइएको छ । सुकुम्बासी समस्या र पिलर गाड्ने क्रममा आएको प्राविधिक कारणले ढिलाई भएको जनाउदै अब छ महिनाभित्र पुल बनिसक्ने उहाँको दाबी छ तर यस्ता आश्वासन धेरै सुनिसकेका स्थानीय तत्कालै पुल बनिहाल्ने कुरामा विश्वस्त हुनसकेका छैनन् ।

विष्णु पोखरेल / दमक






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution