म्युजिक भिडियोसँगै करियरमा नयाँ आयम: ममता गुरुङ
अर्जुन तामाङ
काठमाडौं | संगीत क्षेत्रमा अर्को प्रिय नाम बन्दै छ ममता गुरूङ । स्कुले जीवनबाट नै कला क्षेत्रमा रमाउन चाहने ममता अहिले मोडल भएकी छिन् । मोडलिङ र संगीत क्षेत्रमा करियर बनाउने क्रममा रहेका ममता निकै व्यस्त रहेकि छिन । अहिले उनी आफ्नै जिल्ला गोर्खाको फुजेल गाउँमा नयाँ म्युजिक भिडियाको लागि जाने तयारी गर्दै छिन् ।
काठमाडौंमा भेटिएकि ममता सामान्य तर सालिन स्वभावका छिन् । कला र संगीत क्षेत्रमा निकै रुचि राख्ने ममता कलाकारितामा छुटै आयम स्थापित गर्न क्रियाशिल छिन् । संगित क्षेत्रमा रुचि भएकै कारण उनले २०७१ सालबाट ओपचचारिक रुपमा यस क्षेत्रमा पाइला अघि बढाएकि बताउँछिन् ।
गोरखा फुजेल ९ कि ममताले पहिलो एल्वम परेली बजारमा ल्याएकी हुन् । उनी गीतकार पनि हुन् । परेली एल्वमा उनको शब्द रहेको छ भने संगीत किशोर लम्सालको रहेको छ । यस्तै मनको पीडा, स्वार्थि जस्ता लोकप्रिय एल्वम बजारमा ल्याइसकेकि छिन् । एल्वममा सुबास लामा, किशोर लम्सालले शब्द रचना, संगीत क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ममताले सुनाइन ।
अहिले यही एल्वमको म्युजिक भिडियोका लागि गोर्खा जाने तयारी गरेका छन् । यसमा गोर्खा जिल्लाको पर्यटकीय तथा धार्मिक स्थलहरुमा छांयाङकन हुने निमार्ण पक्षले जनाएको छ । यसमा सुबास लामाको पनि भूमिका रहेको बताइन्छ ।