हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

बच्चालाई भन्न नहुने ८ असंवेदनशिल कुराहरु

kids-foodball
तिम्रो उमरेमा म धेरै परिपक्व र उत्तरदायी थिए :

बच्चालाई आफू बच्चा हुँदा क्षमतावान थिए, तिमी अझै यस्तो छौ भनि तुलना गर्नु सबैभन्दा ठूलो भूल हो। आफू बच्चा हँदाका कम्जोरी र आफूले अभिभावकलाई दिएका दुःख बारेमा पनि सम्झनुहोस्। यस्ता कुराले बालबालिकाको आत्मविश्वास कम्जोर हुन्छ।

बच्चाको निर्णमाथि हस्तक्षेप :

अपिरिपक्व भएको भन्दै बालबालिकालाई कहिल्यै पनि सजाँय नदिनुहोस्। किनकी बाल्य अवस्था बास्तवमै एउटा सिक्ने प्रक्रिया हो। उसले रोजेको अध्ययनको विषय तपाईलाई रुची नलाग्न सक्छ। उसले गरेको कामले तपाईलाई गर्व नलाग्न सक्छ। तपाईलाई मन नपरेमा पनि उनीहरुको निर्णयमाथि दोष नलगाउनुहोस्। अभिभावकको रुपमा तपाइको काम बच्चालाई निर्देशन दिने हो तर आफ्नो बिचार लाद्ने होइन।

दाई वा बहिनी जस्तो किन हुन्नस ?:

यो पनि एउटा नसुहाउदो तुलना हो। बच्चाको क्षमतलाई लिएर उनीहरुलाई आत्मग्लानी हुने कुरा नगर्नुहोस्। सबै बालबालिका जन्मदै विशेष क्षमता लिएर आउदैनन् । तपाईले तुलना गर्दा दाजुभाईभीच नै विश्वासको खाडल उत्पन्न हुन्छ। तपाईले बालबालिकालाई तुलना गर्न थाल्नु भयो भने तपाईप्रति उनीहरुको नकारात्मक धारणा उत्पन्न हुन्छ।

तैले मलाई सारै दुःख दिइस् :

अभिभावकको इच्छाविपरित गएर कतिपय बालबालिकाले आमाबुबाको भावनामा चोट पुर्याउछन् । तर बालबालिकाको अत्यधिक आलोचन गर्दा उनीहरुलाई मानसिक रुपमा असर पर्न सक्छन् । अबोध बालबालिकाले जे पनि गर्न सक्छ । उसको बानीलाई लिएर अत्यधिक आलोचना गर्दा उसले अपराध बोध गर्न सक्छ। बालबालिका सानै भए पनि आफ्नो निर्णय गरुन् ।

तिमी जस्तो बच्चा हुनु भन्दा त निसन्तान हुन बेस :

यो अभिव्यक्ती अवश्यक पनि आक्रोश र आवेगको परिणाम हुन सक्छ। तर यसले बालबालिकामा गम्भीर असर गर्छ । निश्चय नै यस अभिव्यक्तिले बालबालिकालाई मानसिक रुपमा चोट पुर्याउछ।

खराब साथीको संगत आजैबाट छोडदेउ :

साथी बनाउदा हामी बयस्क मानिसले त सोच्दैनौ भने बालबालिकाले कसरी सोच्छन् होला ? साथी बनाउने सबालमा बालबालिका र हामीबीच एक मात्र फरक के छ भने खराब साथीबाट कसरी टाढा रहने भन्ने विषयमा हामीलाई थाहा हुन्छ तर बालबालिकालाई हुदैन।

मलाई एक्लै बस्न देउ :
कहिलेकाही बालबालिकाको व्याबहारले अभिभावकले आफूहरु एक्लै बस्न पाए पनि हुन्थ्यो भन्न थाल्छन्। झगडा गरे भनेर उनीहरुलाई एक्लै छोडिदिन्छौ। अभिभावकको यस्तो व्याबारले उनीहरुले आफूलाई अपमानित गरेको महशुस गर्छन र बिस्तारै डिप्रेसनको शिकार हुन्छ। उसलाई खराब बाटोमा जानबाट बचाउनबाट बचाउनुोस। धैर्यता कायम गर्नुहोस्।

तिमी त आफ्नै बाबु/आमा जस्तै :
सबै बिबाहित जोडि सदैब खुसी भएर बाँचेका हुदैनन्। उनीहरुबीचको तिक्तता सम्बन्धपछि एक अर्काप्रति असह् शब्दको प्रयोग हुन्छ। कतिपय सम्बन्ध बिछोडमा गएर टुगिन्छन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution