हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

प्रेम सम्बन्धमा छु,विवाहमा परिणत गर्ने चाहना छ – नवीना लामा

nabina

चलचित्र ‘म्हेन्दोला माया’मा अभिनय गर्दा नवीना लामा भविष्यका बारेमा अन्योलमै थिइन्। २०५६ सालमा एसएलसी पास गरेर काभ्रेको मादनकुँडारीबाट राजधानी आएकी उनले एक वर्षपछि हिरोइन बन्ने मौका पाइन्।

जीवनमा कल्पनै नगरेको त्यो अवसरबाट उनी निकै खुसी थिइन्। पहिलो चलचित्र प्रदर्शनमा आएपछि नवीनालाई ‘म पनि हिरोइन भएँ’ भन्ने अनुभूति हुन थाल्यो। ‘चलचित्र राम्रो बनेको थियो। त्यो चलचित्रकै कारण मलाई धेरैले चिने। गीत पनि हिट भयो’, नवीना स्मरण गर्छिन्, ‘अहिलेजस्तो धेरै कुरा त नबुझेकाले होला, आफूलाई हिरोइन भन्नचाहिँ लाज लाग्थ्यो।’

पहिलो चलचित्रबाट राम्रो प्रतिक्रिया पाएकी नवीनामा अभिनयप्रति रुचि जागेको थियो। तामाङ भाषा तथा संस्कृतिमा आधारित ‘म्हेन्दोला माया’पछि नेपाली चलचित्रमा अनुबन्धित भइन्। तर छायांकनका लागि जोमसोम जानुपर्ने भएपछि उनको बाटो मोडियो।

‘टाढा जानुपर्ने भएकाले परिवारका कारण चलचित्र छाडेँ। म्युजिक भिडियोमा मोडलिङको कुरा पनि हुँदै थियो तर त्यति बेलै अखिल राजनीतिमा होमिएँ। त्यसपछि मेरो बाटो मोडियो।’

अभिनेत्री हुँदासम्म परिवार खासगरी बुबा उनीसँग त्यति खुसी थिएनन्। ‘बुबा राजनीतिमा रुचि राख्ने। चलचित्र, गीतसंगीत खासै मन पराउनुहुन्नथ्यो । तर मामाले चलचित्र ‘म्हेन्दोला माया’मा खेल्नु भनेपछि परिवारबाट अब्जेक्सन भएन’, नवीनाले भनिन्, ‘त्यो क्षण सम्झँदा ठीक गरेजस्तो लाग्छ । त्यो आफ्नो भाषा, संस्कृति र मौलिकतासँग जोडिने अवसर थियो।’

२०५८ सालमा बानेश्वर क्याम्पसमा स्ववियु सभापतिमा हारेपछि उनको राजनीतिक यात्राले गति लिएको हो। ‘त्यो हारले मलाई ऊर्जा दियो । त्यसपछि अब साँच्चिकै केही गर्छु भन्ने अठोटका साथ लागेँ। त्यही अठोटले मलाई यहाँसम्म ल्याइपुर्‍याएको हो।’

‘लुकाउनु केही छैन। म प्रेमसम्बन्धमा छु। त्यसलाई विवाहमा परिणत गर्ने चाहना छ’, आफ्नो भावी पतिका बारेमा नवीना भन्छिन्, ‘हामीले सँगै राजनीति सुरु गरेका हौं। तर अहिले उहाँ व्यवसायतिर लाग्नुभएको छ।’

मादनकुँडारीस्थित महेन्द्र माविमा अध्ययनरत हुँदै प्रारम्भिक कमिटीमार्फत अखिलमा संगठित भएकी उनी अनेरास्ववियुको २२औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । यसले उनलाई युवा नेत्रीका रूपमा स्थापित गरिदिएको छ भने अभिनेत्री बन्ने सम्भावना सकिएको छ।

नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ भन्ने मान्यता राख्ने उनी अध्यक्षका रूपमा एक कार्यकालमात्रै रहने सोचमा छिन्। राजनीतिमा संघर्ष गरेका र इमानदारले मौका पाउनुपर्छ भन्ने उनको चाहना छ। ‘अहिले राजनीतिमा विकृति छ।

पैसा हुनेको बिगबिगी देखिन्छ’, नवीना भन्छिन्, ‘तर राजनीति भनेको सर्वसाधारण सबैका लागि खुला प्लेटफर्म हो । संघर्ष गरेका इमानदार व्यक्तिले मौका पाउनुपर्छ भन्ने मान्यता स्थापित गर्ने प्रयासमा छु।’

विद्यार्थी राजनीतिले पार्टीमात्रै होइन राष्ट्रिय राजनीतिलाई उथलपुथल पार्न सामथ्र्य राख्ने उनको ठम्याइ छ। नवीना राजनीतिमा आउनुमा परिवारको विशेष योगदान छ । उनको राजनीतिक यात्राबाट परिवार खुसी छन्।

राजनीतिकै कारण ३२ वर्ष पुग्दासम्म निजी जीवनका बारेमा उनले खासै ध्यान दिइनन् । तर यसबारेमा उनी गहन रूपमा सोच्न थालेकी छन् । नारी भएकाले घरपरिवार पनि बनाउनुपर्ने आवश्यकता उनलाई महसुस हुन थालेको छ।

‘जिम्मेवारी वहन गर्न सजिलो होस् भनेर होला, आमाबाबाले तत्कालै विवाह नगरे हुन्थ्यो भन्ने चाहनुहुन्छ तर म विवाहको पक्षमा छु’, नवीना भन्छिन्, ‘यो कार्यकालभित्रै विवाह हुने सम्भावना छ । यसका लागि मेरो घरपरिवारलाई मनाउनु छ।’

अहिले प्रेमसम्बन्धमा रहेकी नवीना त्यो सम्बन्धलाई विवाहमा परिणत गर्न चाहन्छिन्। ‘लुकाउनु केही छैन। म प्रेमसम्बन्धमा छु। त्यसलाई विवाहमा परिणत गर्ने चाहना छ’, आफ्नो भावी पतिका बारेमा नवीना भन्छिन्, ‘हामीले सँगै राजनीति सुरु गरेका हौं। तर अहिले उहाँ व्यवसायतिर लाग्नुभएको छ।’ @ annapurnapost.






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution