नेपाल तामाङ घेदुङले आदिवासी जनजातीको अधिकार सम्बन्धि किरात प्रदेशबाट बहस शुरु
नेपाल तामाङ घेदुङ , केन्द्रिय सचिवालयले संबिधानमा सामाजिक न्याय , समानुपातिक समाबेसी आदिवासी जनजातीको अधिकार सम्बन्धि प्रदेश न.१ अर्थात् किरात प्रदेशको भोजपुरबाट अन्तरक्रिया कार्यक्रम /बहस सुरु गरेको छ |
अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल तामाङ घेदुङ भोजपुर नगरका अध्यक्ष दुर्गा घिसिङले केन्द्रले यतिका वर्षसम्म कुनै कार्यक्रम ल्याएको थिएन तर अहिलेको नयाँ कार्यसमितिले सुरुमै तामाङ तथा आदिवासी जनजातीहरुलाई उठाउने कार्यक्रम ल्याएकोमा धन्यवाद दिन चाहन्छु भन्नु भयो |
उक्त कार्यक्रमका प्रमुख अथिति केन्द्रिय अध्यक्ष मोहन गोले तामाङ , बिशेष अथिति केन्द्रिय महासचिब बाबु घिसिङ तामाङ , अथिति प्रदेश न.१ का अध्यक्ष मित्रसेन योञ्जन तामाङ, के. सदस्य सुर्य गोले तामाङ , प्रदेश न.१ का सचिब निरन तितुंग तामाङ लगायतका हुनु हुन्थियो र कार्यक्रमको अध्यक्ष ओमनाथ मोक्तान तामाङले गर्नु भएको थियो |
श्रोत:नेपाल तामाङ घेदुङ केन्द्रको फेसबुक |