केटीको विषयमा पूर्वाञ्चल विश्व विद्यालयका डिन र रजिष्टारबीच कुटाकुट
विराटनगरः पूर्वाञ्चल विश्व विद्यालयका रजिष्टार निरोज पाण्डे र मानवीय संकायका डिन शम्भु कोइरालाबीच केटीको विषयमा झगडा भएको पुष्टि भएका छ ।
पाण्डेको एक जना कर्मचारीको श्रीमतीसँगको चारिकत्रिक क्रियाकलापका बारेमा कोइरालाले कुरा उठाएपछि दुबैबीच हात हालाहालको स्थिति भएको कोइरालाको दाबी छ ।
गत सोमबार राति विराटनगरस्थित रत्ना होटलमा भएको रात्रि भोजसहित बैठकमा कोइरालाले रजिष्टारमाथि हातपात गरेको समाचार आएको थियो ।
पाण्डेको एकजना कर्मचारीकी श्रीमतीसँग निकै हिमचिम बढेको भन्दै उनका श्रीमानले आफूलाई सूचना दिएको र त्यस विषयमा सचेत गराउँदा मेरो व्यक्तिगत मामिलामा न बोल भन्दै आफूमाथि पाण्डे नै आई लागेको डा. कोइरालाले दाबी गरेका छन् । @dcnepal.