हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

जनप्रगतिशिल मंच कतारका पुर्बकोषाध्यक्ष तथा सल्लाहकार नयाँ शक्तिमा प्रवेश

k3

ध्रुब क्षेत्री,दोहा कतार – एमाओवादी सम्बद्ध जनप्रगतिशिल  मंच कतारका पुर्बकोषाध्यक्ष तथा सल्लाहकार सम्म रहेर दोहामा लामो समय राजनीतिक क्षेत्रमा उदाएका बरिस्ट समाज सेवी स्याङजा चापाकोट ६ का  रामु बस्याल जनप्रगतिशील मंचबाट राजीनाम दिंदै नयाँ शक्तिमा प्रवेश गन्रु भएको छ |

भौतिक जगतलाई प्रधान मान्ने र संसारका सबै बस्तुलाई  निरन्तर गतिशिलता  र परिवर्तनशिलतामा बुज्ने दंदात्मक तथा भौतिकबादी चिन्तन प्रणालीलाई  प्रमुख बैचारिक आदार मानेको पुर्बमावोबादी बरिस्ट नेता तथा पुर्ब प्रधानमन्त्री डाक्टर बाबुराम भटराई द्वारा  प्रतिवादित ५ “स” (सोधिनता र सार्बभौम सत्ता, समुन्नत समाजबाद, समतामुलक सम्रिद्दी, सुशासन र सदाचार, समानुपातिक समाबेशी र सहभागितामुलक लोकतन्त्र) नै अहिलेको  आवश्यकता र देश निर्माण  गर्ने आधार हो |  समतामुलक समृद्धि गर्दै सम्मुन्नत समाजबादको आधारशिला खडा गर्ने महान अभियानमा लाग्ने प्रण गर्दै नयाँशक्ति नेपालमा प्रवेश गरेको बस्यालले बताउनु भएको छ | कतारको सनैया स्थित ग्रिन रेस्टुरेन्टको हलमा बैसाख १६  भएको नयाँ शक्ति  कतारको विशेष भेलाले वहाँलाई  स्वागत गरेको थियो । उक्त भेलाको अध्यक्षता नयाँ शक्ति  नेपाल अन्तरिम केन्द्रीय परिषद  सदस्य तथा कतारका संयोजक  बि.बि खराल रोशनले गर्नु भएको थियो भने नयाँ शक्ति  कतारका प्रबक्ता ध्रुब क्षेत्री (देबकोटा ) ले संचालन गरेका थिए |

उक्त भेलामा नयाँ शक्ति कतारका उप-समयोजक लाल भट्ट ,दोहा क्षेत्रका संयोजक  हिमाल बिश्वकर्मा , दलीत समाज कतारका सह-संयोजक  कृष्णा परिवार , सनैया क्षेत्रका संयोजक  सतीश बाबु पाठकले कतारको राजनीतिक अबस्था र नेपालमा नयाँ शक्ति  किन भन्ने  बारेमा उपस्थितलाई जानकारी दिदै आफ्नो मन्तब्य राख्नु भएको थियो | उक्त भेलामा नब प्रवेश गर्नु भएका बस्यालले एमाओवादीको वैचारिक लाइन क्लियर नभएको र एकीकृत माओबादी पार्टीले आफ्नो भुमिकामा रहेर जति  सक्दो जनजिबिकाका सबालमा जनपक्षीय काम गर्नुको साटो पार्टीका मन्त्रीहरु जनता र पार्टीको लागि भन्दा ब्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेको र पार्टी सत्ताको खेल वरिपरि लागेकोले पार्टीको भबिस्य नै अन्धकारमय  हुँदै गईरहेको  लगायत नेतामा आएको स्खलन, व्यक्तिवादी  रबैया र भ्रष्ट्राचारमा लिप्त पार्टीका नेताको हाबी भएकाले कोहि पनि सक्षम र देशलाई बिकाशबादमा लैजानुपर्छ भन्नेहरु एमावोबादीमा अट्न नसकेको बिस्तृत गर्दै अहिलेको अबस्थामा यो पार्टी एमावोबादीबाट अब देशको परिवर्तन र सम्ब्रिधि तीर जान सकिन्न भन्ने ठहर गरि, बर्तमान परिस्तिथिमा डा : बाबुराम भटराईले लिएको बिचार बिना देशको मुहार फेर्ने अर्को कुनै वैकल्पिक सकक्ति नभएकोले आफू नयाँ शक्ति  नेपालमा प्रबेश गरेको बताउनु भयो ।

k

k2

k4






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution