गायक तथा संगीतकार अम्बर गुरुङ फेरि अस्पताल भर्ना
काठमाडौं– गायक तथा संगीतकार अम्बर गुरुङ फेरि अस्पताल भर्ना भएका छन्। गत महिना भारतको मेदान्त अस्पतालमा दुईमहिनाको उपचारपछि स्वदेश फर्केका गायक गुरुङ आरामको क्रममा अस्वस्थ भएकापछि ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारार्थ बिहीबार भर्ना भएका हुन्।
अस्पतालको पाँच सय १ नम्बर बेडमा रहेको गायक गुरुङलाई पानी र पोषणको कमी भएपछि अस्पतालमा उपचार गर्नु परेको चिकित्सक डा.विजेश खनालले बताए । ‘शरिर शिथिल छ बुबाको,’ उनले भने,’त्यसमाथि खानाप्रति अरुचिले थप शिथिल बनायो ।’ चिकित्सकको हेरचाहमा अहिले उनलाई दुईपोका रगत,सलाईन पानीमा भिटामिन मिलाएर खुवाईएको उनका छोरा राजुले जनाए ।