हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सम्भोग, उत्तेजना र आम मानिसमा भएको भ्रम

cp1

-डा सीपी सेडाई, नशा तथा मनोरोग विशेषज्ञ, चितवन मेडिकल कलेज

थुप्रै मानिस यौन समस्या लिएर अस्पताल या डाक्टरकहाँ आउँछन् । खासगरी सम्भोग इच्छामा कमी आउने, विर्य छिट्टै खस्ने, उत्साह नहुने, इच्छा बढी हुने, हस्तमैथुन गर्ने तथा निद्रामा स्खलन हुने समस्या लिएर । मानिसमा यौन उत्तेजना मनोवैज्ञानिक तरिकाबाट निस्कन्छ । जब यौनका बारेमा सोचिन्छ वा यौनक्रिया अगाडि हाम्रो सोचाइले मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीबाट उत्तेजनाको सुरुवात हुन्छ, तब हर्मोन सञ्चालन भई हाम्रो यौन अंगलाई उत्तेजित पारी पुरुष र महिलाका यौनांगबाट एक प्रकारको रस निस्कन्छ । जसले वंशाणुगत गुण सन्ततिमा सार्न सहयोग गर्छ र मानिसलाई उत्तेजित तथा आनन्दित बनाउँछ ।
सम्भोग इच्छा नहुने समस्या पुरुष तथा महिलामा हुने एक जटिल समस्या हो । सम्भोग इच्छा नहुँदा बाँझोपन पनि देखा पर्न सक्छ तर सम्भोग इच्छा हुँदैन भन्ने कतिपय बिरामी अन्य रोगबाट पनि अदृश्य रुपमा पीडित भइरहेका हुन्छन् । खासगरी डिप्रेसन रोगका कारण पनि सम्भोग इच्छामा कमी हुन्छ । हर्मोनको गडबडी, मानसिक तनावको कारण मुख्य हुन सक्छन् । सम्भोग मनको उत्तेजनामा सम्बन्धित हुने भएकाले खुसी हुँदा इच्छा बढ्ने र चिन्ता पर्दा इच्छा घट्ने हुन्छ ।

राम्रो कुरा देख्दा, सुन्दा, सिनेमाका कुरा मनमा आउँदा र प्रफुल्ल हुँदा मानिसको यौन उत्तेजना सकारात्मक हुन्छ र यौनक्रियामा बढी सक्षम देखिन्छन् । तर, तनावमा परेको वा अनेकौं जटिल समस्या दैनिक क्रियाकलापमा आउँदा यौन इच्छा एकाएक घट्छ । यौन इच्छामा उमेरको पनि ठूलो हात हुन्छ । वयस्कमा यौन इच्छा बढ्दै जान्छ भने उमेर ढल्किँदै जाँदा यौन इच्छा क्रमशः घट्दै जान्छ ।

अर्को प्रसंग यौनक्रियामा विर्य छिट्टै खस्ने समस्या लिएर धेरै बिरामी आउँछन् । सामान्यतयः पुरुषमा यौन उत्तेजना छिट्टै आउँछ भने महिलामा ढिलो । सफल यौनक्रियामा पुरुष र महिलाको उत्तेजना एकैचोटी हुनुपर्छ । विर्य छिट्टै खस्ने पुरुषको यौन उत्तेजना चाँडैै हराउँछ र महिलामा यौन उत्तेजना सुरु हुन नपाउँदै यौनक्रिया समाप्त हुन्छ । त्यसले गर्दा दम्पतीमा मतभेद आउन सक्छ । त्यसैले दुवैको उत्तेजना आउने उपाय सोच्नु जरुरी हुन्छ । खासगरी नवविवाहित दम्पतीमा यस्तो समस्या देखिन्छ ।

केही बिरामी यौन इच्छा बढी भएको लक्षण बताउँछन् । यस्ता मानिस कहिलेकाहीँ मनोरोगबाट पनि पीडित हुन सक्छन् । हाइपोमोर्निया तथा मेनिया रोग एवं यौन इच्छा बढ्ने रोगका कारण यस्तो भएको हुन्छ । यस्ता मानिसमा यौन इच्छा बढी हुन्छ र धान्न नसक्दा विभिन्न समस्या आउँछ । हाम्रो समाजमा हस्तमैथुन धेरैले गर्छन् तर गोप्य राखेका हुन्छन् ।

खासगरी हस्तमैथुनलाई गोप्य राख्दा किशोरावस्थामा एक मनोवैज्ञानिक असर देखा पर्छ र ‘मैले गल्ती गरेँ’ भन्ने पर्न जान्छ । त्यस्तै निद्रामा स्खलन हुने भयो र कमजोर भइयो भनेर पनि डाक्टरकहाँ आउँछन् । विर्य खस्दा रगतभन्दा खतरा हुन्छ भन्ने धारणाले गर्दा चिन्तित भई धातु रोग भनेर उपचार गर्न आउँछन् । यस बाहेक समलिंगी ९पुरुष–पुरुष र महिला–महिला० बीच यौनक्रिया गर्ने आदि समस्या भएका बिरामी पनि गोप्य रुपमा डाक्टरकहाँ आउँछन् ।
यौनक्रिया अत्यन्त गोप्य कुरा भएकाले आफ्नो समस्या लामो समयसम्म सहेर बस्ने बिरामी पनि धेरै छन् । रक्सी पिउने कतिपय बिरामी श्रीमतीलाई परपुरुषसँग हिँडेको दोष लगाउँछन् । यौन समस्या भएका बिरामी सर्जन, स्त्रीरोग विशेषज्ञ, प्रहरी चिकित्सक, छाला रोग विशेषज्ञदेखि मनोरोग विशेषज्ञसम्म पुगेका हुन्छन् । डिल्युजन रोगका बिरामी आफ्नो (श्रीमान्/श्रीमती) लाई शंका गर्दछन् । अनेकौं कुरा तथा प्रमाण जुटाउन खोजीनीति गर्छन् र शंकै–शंकामा डुबेका हुन्छन् ।

कति डिप्रेसन रोगका बिरामी मेरो रोग यौन रोग हो भन्दै उपाय खोज्दै हिँडेका हुन्छन् । मेनिया रोगका बिरामीमा यौन उत्तेजना बढी हुन्छ । यस्ता बिरामी उमेरै नपुगी विवाह गर्ने, बहुविवाह गर्ने वा वेश्यावृत्तिको अवस्थामा पनि पाइन सक्छ । सिजोफोर्नियाका बिरामीमा यौन उत्तेजना हुँदैन । उनीहरु यौनबारे अनेकौं गलत विश्वास लिई बसेका हुन्छन् ।

यौन मनोविज्ञानमा जान्नैपर्ने पक्ष

– यौन एक मनोवैज्ञानिक समस्या हो । मनलाई परिवर्तन गरी यौन इच्छा बढाउन र घटाउन सकिन्छ ।
– यौन अत्यन्त गोप्य राख्दा अनेकौं मनोवैज्ञानिक समस्या आउन सक्छ ।
– यौन समस्या पुरुष र महिला दुवैमा पाइन्छ ।
– यौनबारे वैज्ञानिक धारणा आवश्यक छ ।
– उपचार गरे यौन रोग निको हुन्छ ।
– यौन अंग र यसका कामबारे धेरै मानिसलाई जानकारी छैन ।
– प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार मानिसको हरेक गतिविधि यौनबाट सञ्चालित हुन्छ ।
– यौनबारे सम्झना गरिरहँदा मनको तनाव घट्छ ।
– महिलामा १२–१३ वर्ष र पुरुषमा १४–१५ वर्षदेखि यौन अंगको विकास सुरु हुन्छ ।
– विवाहपछि वंशज रक्षा गर्न वा सन्तान जन्माउन यौनक्रियाको महत्वपूर्ण भूमिका रहन्छ । यौनक्रियामा आनन्द नहुँदो हो त मानिसको वंश नै लोप हुन्थ्यो होला ।
– महिलामा यौन चाहना महिनावारीको चक्र अनुसार परिवर्तन भइरहन्छ तर पुरुषमा त्यस्तो हुँदैन । जति बेला पनि चाहना बढ्ने वा घट्ने हुन सक्छ ।
– सामान्यतया मन आनन्द हुन मानिसमा यौन चाहना बढ्ने र मनमा तनाव हुँदा यौन चाहना घट्ने हुन्छ ।
– यौन चाहना नहुँदा श्रीमान्–श्रीमती विवाह बन्धन टुटेको धेरै उदाहरण छन् । विवाह त भयो तर सँगै नसुत्ने दम्पतीमध्ये कुनै एकमा यौन चाहना नै नहुँदा छोडपत्र भएका घटना छन् ।
– यौनबारे जानकारी नहुँदा वा असुरक्षित यौन सम्पर्क गर्दा कतिपय मानिस एड्स, हेपाटाइटिस बी जस्ता रोगबाट पीडित हुन्छन् । त्यसैले सुरक्षित यौन सम्पर्क आवश्यक छ ।
– मानिसमा यौन चाहना उत्तेजनाबाट सुरु हुन्छ । मनमा सोचाइ लिँदा, फिल्मका दृश्यहरु सम्झँदा यौन चाहना बढ्छ र तत्काल यौन सम्पर्क गर्न सक्षम हुन्छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution