हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सिजोफ्रेनिया रोगबाट ग्रसित महिलाले बालकका अंग काटेपछि…..

चीनकी एक महिलाले आफ्नो निन्द्रा भंग गरेको भन्दै एक बालकको औला लगायत अन्य अंगहरु काटिदिएकी छिन् । उनको स्वाभावलाई गम्भीर स्वास्थ्य समस्यासँग जोडिएको छ । लिउ नाम गरेकी ती महिला सिजोफ्रेनियाबाट गस्रित भएको बताइन्छ । सिजोफ्रेनिया एक प्रकारको मानसिक रोग हो,जसमा बिरामी भ्रम र कल्पनामा मात्र बाँच्ने गर्छ । ती महिला साङदोङ गाउँको आफ्नो भतिजाको घरमा सुतिरहेकै बेला एक छिमेकीको बच्चा उनको कोठामा पुग्दा सो घटना भएको थियो ।

सिआओमिङ नाम गरेका बच्चाको आवाजबाट आक्रोशित भएकी ती महिलाले बच्चालाई कोठाबाट बाहिर निकालेर ढोका लगाइन् । त्यपछि फेरी ती बालक पुन कोठाभित्र छिरेर खेल्न थाले । बालकले फेरि हल्ला गरेपछि लिउ निकै आक्रोशित भई किचनमा प्रयोग हुने चक्कु र कैची निकालेर सो बालकका औला, टाउको, अनुहार, लिंग र शरिरका अन्य महत्वपूर्ण अंग काटिदिइन् ।

घटनापछि भागेकी उनलाई प्रहरीले उनको गाउँबाट पक्राउ गरेको पिपुल्स डेलीले जनाएको छ । जिआओमिङका छिमेकीले भने, ‘हामीले महिलालाई चिन्दैनौं । तर, बच्चाका हजुरबाबा र हजुरआमाको कसैसँग रिसइबी छैनन् ।

महिलामा सिजोफ्रेनियाको समस्या भएको महिलाका आफन्त जनहरुले जनाएका छन् । पिडितका बाबु झोउका अनुसार बालकका अधिकांश औलाहरु गिडिएका छन् । उनको लिंग पनि पूर्ण रुपमा काटिएको छ । चिन्ताजनक अवस्थामा रहेका जिआओमिङ लाई चीनको एक अस्पतालमा उपचार गरिएको छ । उनको लिंग र औलालाई पुनः जोड्न नसकिएको प्राप्त समाचारमा जनाइएको छ ।

यसैबीच बच्चालाई आक्रमण गर्ने महिलालाई १० वर्ष जेल सजाय तोक्नुपर्ने बेइजिङका वकिल हान सिअओले बताए ।

के हो सिजोफ्रेनिया रोग ?

सिजोफ्रेनिया एक प्रकारको मानसिक रोग हो । जसका कारण लाखौ मानिस प्रभावित छन् । सिजोफ्रिेनिया भएका मानिसहरुको सोच विग्रेको हुन्छ । उनीहरु जीवनभर भ्रममा बाँचेका छन् । रोगिले जहिले पनि आफ्ना बारेमा अरुले के सोचेका होलान् भनेर कल्पनामा मात्र बाच्ने गर्छन् । डिप्रेसनमा पूर्ण रुपमा नकरात्मक सोच आए जस्तै सिजोफ्रेनियाका रोगी जहिले पनि पूर्ण रुपमा भ्रममा रहन्छन् । रिस उठेपछि उनीहरुले नियन्त्रण गर्न सक्दैनन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर २ रकोड ४० लाख मानिस यो रोगको शिकार भएका छन् । सिजोफ्रेनियाको कुनै एउटा कारण छैन । वातावरणीय र वंशानुगत कारणले पनि यो रोग लाग्छ । त्यसबाहेक स्नायु गडबढीले पनि यो रोग लाग्छ । पुरुषहरुमा १० देखि २५ वर्षको उमेरमा देखिन्छ भने महिलामा २५देदि ३५ वर्षमा यो रोगको लक्षण देखिन्छ ।

सिजोफ्रेनियाका लक्षण

-भ्रम र गलत सोच
-अवास्तविक घटना वा कल्पनाका कारण वास्तविकतालाई छुट्याउन नसक्नु ।
-अनियमित र परिवर्तित स्वभाव
-भावनाहरुलाई नियन्त्रण गर्न नसक्नु
-स्पष्टसँग सोच्न नसक्नु
-बोल्दाखेरी समस्या हुनु
-अरुले आफूलाई विर्गाछन् भन्ने मात्र सोच हुनु

सिजोफ्रेनियाको रोगको खासै समाधान छैन । बिरामीको मानसिक अवस्थाको परीक्षण वा वृहत् क्लिनिकल परीक्षणका आधारमा यो रोगको उपचार गरिन्छ । सिजोफ्रेनियाका बिरामीलाई औषधी खुवाएर पूर्ण रुपमा निको पार्न सकिदैन तर परमार्श लगायतका मनोवैज्ञानिक विधिद्वारा यस रोगबाट केही हदसम्म मुक्ति पाउन सकिन्छ । – एजेन्सी 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution