हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

वास्तुशास्त्र अनुसार बेडरूमको सजावट यसरी गर्नुहोस्

Bedroom

काठमाडौं । वास्तु विज्ञानका अनुसार घर या सयनकक्ष अर्थात् बेडरूम वास्तुदोषमुक्त भएमा सबै समस्या समाधान हुन्छन् । खासगरी पतिपत्नीको बीचमा हुने प्रेमको कमी र पैसाका कारण परिवारमा हुने स-साना विवादको समाधानका लागि वास्तु विज्ञान अनुसार दोषमुक्त हुनु आवश्यक हुन् । यसकारण आफ्नो जीवनलाई खुसी र रोमाञ्चक बनाउनका लागि बेडरूममा वास्तुका केही यस्ता कुराहरुलाई ध्यान दिनु जरूरी हुन्छ । थाहा पाऔ कसरी आफ्नो बेडरूमलाई वास्तु अनुसार दोषमुक्त बनाउने ?

– विवाहित जोडीले आफ्नो बेडरूममा एउटामात्र डस्ना राख्नुपर्छ र सधै एउटा मात्र बेडको प्रयोग गर्नुपर्छ । बेड, बेडसिट र डस्ना अलग-अलग प्रयोग गर्दा यसले सम्बन्धमा पनि दुरी बढाउने गर्छ ।

– आफू सुत्ने बेडमुनी कुनै पनि इलेक्ट्रिक सामान राख्नु हुँदैन । यसले सम्बन्ध खराब गर्ने मात्र नभई आर्थिक समस्यालाई पनि बढाउने गर्छ । यसले पति-पत्नीबीच धनसम्पत्तिलाई लिएर मनमुटाव हुने सम्भावना हुन्छ ।

– सकेसम्म बेडरूममा ऐना राख्नु हुँदैन । ऐनाको परावर्तन बेडमा हुनाले स्वास्थ्यमा प्रतिकूल असर पर्छ । यसले पति पत्नीमध्ये एकको स्वास्थ्यमा प्रतिकूल असर गर्ने गर्छ । यसले सम्बन्धमा दूरी बढाउन थाल्छ र जीवनमा प्रेमको कमी हुन जान्छ ।

– धेरै मानिसले आफ्नो बेडरूमलाई सजाउनका लागि बेडरूममा विरूवा राख्ने गर्छन् । तर, वास्तु विज्ञानका अनुसार बेडरूममा विरूवा लगाउनाले स्वास्थ्य र धनको नोक्सान गर्ने गर्छ र सम्बन्धमा पनि उतार-चढाव ल्याउने गर्छ ।

– बेडरूममा प्रकाशको व्यवस्था पनि विचार गर्नुपर्छ । प्रकाश सिधा पलंगमा नपरोस् भन्ने ख्याल गर्नुपर्छ । प्रकाश सधै पछाडि या बायाँबाट आउनुपर्छ ।

– पलंगको अगाडिको ढोकामा  प्रेमको प्रतिक कुनै चीजको तस्विर राख्नुपर्छ ।

– वास्तु विज्ञानका अनुसार बेडरूममा पानीको फोहोरा या पानीसँग सम्बन्धित कुनै पनि पेन्टिङ्ग गर्नु हुँदैन । यसले सम्बन्धमा उतार चढाव ल्याउनुका साथै स्वास्थ्य र धनका लागि फाइदाजनक हुँदैन ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution