हेडलाईन

प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न        

पाखण्ड शैली नअपनाउने निर्णय गरेका हौं – नयाँ शक्ति संगठन विभाग प्रमुख देवेन्द्र पौडेल

Devendra Poudel
० नयाँ पार्टी घोषणा गर्ने तयारीमा हुनुहुन्छ, कस्तो बन्दैछ नयाा पार्टी ?

–खासगरी देशको समग्र आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा जस्तो गत्यावरोध देखिएको छ, त्यसलाई चिर्न नयाा भिजनसहित अघि बढ्ने संकल्प गरेका छौं । अहिले कुनै पनि पार्टीले अभ्यास नगरेको भिन्न शैली, संस्कार र विचारसहितको पार्टी बनाएर देशलाई निकास दिने तयारीमा जोडतोडका साथ लागिरहेका छौं ।

० वैचारिक रुपमा यो पार्टी कस्तो हुन्छ भन्नेमा तपाईंहरू नै अलमलमा परेको हो कि जस्तो देखिन्छ । यो पार्टी डेमोक्रयाटिक हुन्छ कि कम्युनिष्ट ?

–यसमा हामी प्रष्ट छौं, अब घोषणा हुन लागेको हाम्रो पार्टी समाजवादी (डेमोक्र्याटिक) हुन्छ । समाजवाद सबैले लागू गर्ने विचार, सिद्धान्त र दृष्टिकोण हो । वामलोकतान्त्रिक समाजवाद उन्मुख वैचारिक धरातल यसको हुनेछ । र, यसका कार्यक्रम सुशासन र संवृद्धितिर लक्षित हुनेछन् ।

० जीवनको अधिक समय कम्युनिष्ट विचारको रखबारी गर्नमै खर्च गर्नुभयो । तर, अहिले कम्युनिष्ट विचार नै त्यागेर नयाा पार्टी बनाउादै हुनुहुन्छ । यस्तो निष्कर्षमा कसरी पुग्नुभयो ?

–वैचारिक हिसाबले हामीले राम्रा कुरा छाडेका छैनौं, अहिले पनि अवलम्बन गरेका छौं, भोलि पनि गर्नेछौं । कार्यक्रमका हिसाबले परिस्थिति फेरिएको र देश लोकतन्त्रसंगै संघीय मोडलमा प्रवेश गरेकाले अब नयाा ढंगले अघि बढ्नुको विकल्प छैन । सुशासन र संवृद्धिको बाटो हिंड्नका लागि कुनै वाद र सिद्धान्तको पछि नलागेर नितान्त वैकल्पिक धारा खााचो हुन्छ, हामी यही सोच राखेर अगाडि बढ्न लागिरहेका छौं । हामी डेमोक्र्याटिक र कम्युनिष्ट दुवै धाराका राम्रा कुरा ग्रहण गर्छौं । नेपाललाई परिवर्तन गर्न वर्तमान पार्टीले नसकेकाले हामीले नयाा पार्टी गठन गरेर नयाा बाटो लिएका हौं ।

० तपाईंहरूकै कुरा पत्याएर हिजो धेरै युद्धमा होमिए, कति मारिए, कति घाइते शरीर लिएर युद्धको निसानी बोकेर अहिले पनि हिंड्दै छन् । तपाईंहरूकै कुरा पत्याएर युद्धमा होमिएकाहरूलाई यो कदम धोकापूर्ण भएन र ?

–विल्कुलै यस्तो होइन । यसलाई यसरी हेर्नु पनि हुादैन । हामीले विगतमा हाम्रा कुरा पत्याएर युद्धमा लागेकाहरूलाई धोका दिएका छैनौं, यस्तो कल्पनासम्म पनि हामी गर्न सक्दैनौं । धोका दिन त परको कुरा हामी यस्तो सोच्न पनि सक्दैनौं । खासमा कुरा के हो भने संवृद्ध समाजमा पुग्ने, साम्यवादी लक्ष्यमा पुग्ने समाजवाद सहित भन्ने माक्र्सको व्याख्या थियो । यसो भन्नुको अर्थ मानिसले मानिसमाथि गर्ने सबै प्रकारका अन्याय, अत्याचार, शोषण, उत्पीडनको अन्त्य गर्ने भन्ने हो । नेपालको विशेषतामा वर्गीय, जातीय क्षेत्रीय लिंगीय उत्पीडनको अन्य गर्नेगरी राज्यलाई एउटा अग्रगामी पुनसंरचना गर्ने भन्ने हाम्रो लक्ष्य थियो, त्यो हामीले छाडेका छैनौं । खाली नाम मात्र कम्युनिष्ट गने कामचाहिं आफ्नै गर्ने तर, कम्युनिष्ट विचारकै बद्नाम गर्ने जुन संस्कार देखिएको छ, हामीलाई त्यस्तो गर्नु उचित नलागेर त्यस्तो पाखण्ड शैली नअपनाउने निर्णय गरेका हौं । कम्युनिष्टको नाममा बदनाम गर्न नचाहेका हौं । हिजोका साथीहरूलाई धोका दिएको छाडेका छैनौं, बरु जे भन्छौं त्यही गर्छौं, हिजोका साथीहरूलाई अझै समेटेर अघि बढ्छौं ।

० कतिपयले बाबुरामले विदेशीको इशारामा पार्टी फुटाए , यो प्रायोजित छ भनिरहेका छन् नि ?

यो विल्कुल निराधार, झुटो र बेइमानीपूर्ण प्रचारबाहेक केही होइन । यसमा कुनै सत्यता छैन । जहाासम्म पार्टी फुटाइयो भन्ने कुरा छ, यो पनि होइन । फुटको श्रृंखलालाई निरन्तरता दिएर हामीले पार्टी बनाउन खोजेका होइनौं । हामीले विभिन्न व्यक्ति–व्यक्तित्व र विशेषता भएका व्यक्तिहरूसंग छलफल गरेर नयाा ढंगले पार्टी बनाउन खोजेका मात्रै हौं । यसमा सबै प्रष्ट हुन जरुरी छ ।

० २०७३ वैशाख १ मा नयाा पार्टी घोषणाको कुरा थियो । तर, फेरि केही पर सारिएको भनिएको छ, कहिले घोषणा हुन्छ तपाईंहरूको पार्टी ?

–जेठ ३०, ३१ र ३२ गते हामी नयाा पार्टी घोषणा गर्दैछौं ।

० तपाईहरू भित्रै विवाद बढेकाले नयाा पार्टी घोषणा ढिलाई भएको हो कि अरु नै कारण छन् ?

–यस्तो होइन । केही तयारी पूरा नभएकाले मात्रै हामीले वैशाख १ गते नयाा पार्टी घोषणा नगरेका हौं । विचार, संगठन र कार्यक्रमका रुपरेखा सहित देशका ७५ वटै जिल्ला र गाविसहरूमा प्रारम्भिक संगठनात्मक संरचना सहित घोषणा गर्ने योजना थियो । तर, योजना पूरा नभएकाले केही पर सारेको मात्रै हो, विवाद बढेर होइन ।

० हिजो आज नयाा शक्ति निर्माण अभियान के मा व्यस्त छ ?

–हामी अहिले देशव्यापी संगठन निर्माण र आधार बनाउने अभियानमा छौं । यसका साथै केही रचनात्मक कामसहित अघि बढ्दैछौं । वैशाख १२ गते भूकम्पस्मृति सभा गर्दैछौं काठमाडौंमा । जनतासंग सम्बन्धित कार्यक्रम पनि गर्दैछौं । मूलत: हामी संगठन विस्तार र सदस्यता वितरणको काममा बढी केन्द्रित छौं ।

० देश दौडाहामा हुनुहुन्छ, माहोल कस्तो पाउनु भएको छ ?

–जनताको उत्साहजनक समर्थन सहानुभूति रहेको हामीले पाएका छौं । देशभरका जनताले वैकल्पिक राजनीतिक धारको खााचो महसुस गरेको हामीले अभियानका क्रममा भेटेका छौं । हामीले सोचेभन्दा राम्रो माहोल बन्दै छ, नयाा शक्तिको । ठाउा खाली छ र इमान्तारिता सहित काम गर्नुभयो भने अवसर दिन्छौं भनेर ठूलो हिस्साले भनेका छन् ।

० एमाओवादीबाहेकका पार्टीबाट आएनन्, यो एमाओवादीकै फाटोकपी नै भयो भन्ने पनि छन् नि ?

–विल्कुल होइन । हाम्रो केन्द्रीय अन्तरिम परिषद्को सचिवालय हेर्नुभयो भने पनि धेरै कुरा थाहा हुन्छ । बहुसंख्यक गैरमाओवादीबाट आएका छन् । कतिपय जिल्लामा बनेका कमिटीको संरचनाले नि यसको जवाफ दिन्छ ।

० नयाा शक्तिले पूर्वप्रशासकलाई बढी नै महत्व दिए जस्तो देखिन्छ । जोस, जाागर मरेका हिजो असफल भएका पूर्वप्रशासकबाट नयाा शक्तिले बढी अपेक्षा गरेको हो ?

–पूर्वप्रशासक आउन नपाउने भन्ने हामीले कहीाकतै बनाएका छैनौं । अनुभवबाट खारिएका र सुशासन र संवृद्धिका लागि त्यस्ता मान्छेहरूको खााचो भएकाले हामीले समेटेका मात्र हौं ।

० अब संगै युद्ध लडेकाहरूले त मिलेर केही गर्न सक्नु भएन । अब नौतिर मुख फर्किएका खिचडी पाराका लोभीपापीहरूलाई भेला पारेर देशलाई संवृद्धि दिन्छौं भनेर तपाईंहरूले भनिरहनुभएको कुलाई जनताले कसरी पत्याउलान् ?

–यो खिचडी होइन । वैचारिक रुपमा कसरी जाने भनेर हामीले आधारभूत डकुमेन्ट त बनाएका छैनौं । तर, सुशासन र संवृद्धिसहितको समाजवादमा पुग्ने भन्ने कुरामा सहमत भएकाहरू नै हाम्रो अभियानमा लामबद्ध हुनुभएको छ । मोटामोटी त्यही वरिपरी रहेर प्रतिवेदन पनि बनाउादैछौं । खिचडी भयो र नौतिर मुख फर्किएका भए भन्नु बिल्कुल सही होइन ।

० तपाईंहरूको अभियानमा हाइप्रोफाइलका नेता पनि आउादैछन् भनेर हल्ला गरियो । तर, त्यस्ता कोही पनि आएनन् । के नयाा शक्तिलाई नपत्याइएको हो ?

–त्यस्तो होइन । विभिन्न पक्षहरूसंग अहिले पनि छलफल चल्दै छ । कतिपय कुराहरू टुंग्याउन देशव्यापी अभियानमा हिंड्दा भ्याइएको छैन । धेरै व्यक्तिसंग कुरा भइरहेको छ । निकट भविष्यमै थुप्रै हाइप्रोफाइलकै व्यक्ति–व्यक्तित्व नयाा शक्तिमा सहभागी हुादै जाने छन् ।

० नयाँ शक्ति पहिलो शक्ति बन्ने तपाईंहरूको दाबीलाई कतिपयले हावादारी भनेका छन् । तपाईंहरूले दाबी गरेजस्तै पहिलो शक्ति बन्ने आधार के छ ?

–खासगरी हामीले १ लाख संस्थापक सदस्य हुनेगरी पार्टी घोषणा गर्दैछौं । नेपालको इतिहासमा कुनै पनि पार्टीले यतिधेरै सदस्य बनाएर पार्टी घोषणा गरेका छैनन् । अहिले हामीले करिब ७४ जिल्लामा अन्तरिम संरचना निर्माण गरिसकेका छौं । यसका साथसाथै गाउा, नगर र वडाहरूमा पनि त्यो संरचना बनाउने भन्ने भएकाले यसैलाई आधार मानेर हामीले यस्तो प्रक्षेपण गरेका हौं ।

० दाबी त गर्नुभयो, तर, के छ र तपाईंहरूसंग यतिधेरै मानिस आकर्षित गर्न सक्ने खुबी ?

–देशको बाटो सुशासन र संवृद्धिको बाटो हो । थुप्रै विचार र वादको एकेडेमिक बहस गर्न सकिएला तर, जनतालाई जीवनमा परिवर्तन चाहिएको छ । रोजगारी चाहिएको छ, परक्यापिटा इनकमको अभिवृद्धि चाहिएको छ । त्योबाटो हामीले लिएका छौं, तर अरु रानीतिक दल यो कुरामा कुहिराका काग जस्तै बनिरहेका छन् । त्यसैले जनताले हामीलाई साथ दिन्छन् भन्नेमा हामी विश्वास छौं ।

० तर, नयाँ पार्टी गठन हुनु पूर्व नै विवाद बढेको भ्वाङ परेको कुरा आइरहेको छ ?

–यो बिल्कुलै होइन । अलीअली केही विषयमा आन्तरिक छलफल र बहस मात्रै भएका हुन् । आन्तरिक छलफललाई बुझ्दै नबुझी विवाद भनिएको मात्र हो । हाम्रो पार्टीमा बाहिर आएजस्तो केही पनि विवाद छैन । विवादरहित ढंगले हामी अघि बढिरहेका छौं ।

० त्रिविमा प्राध्यापक संगठन बनाइएको विषयलाई लिएर रामेश्वर खनाल र मुमाराम खनालले विरोध गर्दै यसले पार्टी नबन्दै विघटन हुने चुनौती दिनु भयो नि ?

–उहााहरूसंग सौहार्दपूर्ण ढंगले यो विषयमा छलफल भएको छ । अली नयाा ढंगले संगठन निर्माण गर्ने भन्ने कुरा उहााहरूको हो । यसलाई विवादभन्दा पनि बहसका रुपमा लिनुपर्छ ।

० माओवादी छाड्नु भयो , कस्तो महसुस गरिरहनु भएको छ ?

–माओवादी आन्दोलनले एउटा कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । परिवर्तन पनि यसकै बलमा भयो । तर, अब अहिले हामी नयाा कोर्षमा परिवर्तन गरेका छौं, त्यही बाटो, त्यही शैली र त्यही निरन्तरताले अब देशका समस्या सम्बोधन गर्न सक्दैनन् । त्यसैले हामी नयाा बाटो रोज्न बाध्य भएका हौं । हामीले लिएको बाटो नै देशका समस्या समाधानका लागि उपयुक्त भएकाले मैले व्यक्तिगत रुपमा फरक अनुभूति गरेको छु । फरक संगत गर्दा रमाइलो लागिरहेको छ ।

० एमाओवादीका नेताहरूसंग भेटघाट हुन्छन् कि हुादैनन ? भेटमा कस्ता कुरा हुन्छन् ?

–भइराख्छ । कुनै कसैप्रति पूर्वाग्रह छैनौं । फोन र भेटघाट भइराख्छ । टुटफुट भएर गएका साथीहरूलाई मिलाएर जान पाएको भए राम्रो हुन्थ्यो भनेर उहााहरूले भन्नुहुन्छ । मैले अब नयाा ढंगले जानुको विकल्प नभएकाले यो अभियानमा लामबद्ध हुन आग्रह गर्ने गरेको छु ।

० एमाओवादी र प्रचण्डलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

–व्यक्तिगत रुपमा म प्रचण्डको सम्मान गर्छु । किनभने उहाँको र मेरो कहिल्यै नराम्रो भएन । इतिहासमा उहाँले निर्वाह गरेको भूमिकाप्रति म सदाशयता प्रकट गर्न चाहन्छु । पार्टीमा रहुन्जेलसम्म सहयोग गरेकाले व्यक्तिगत सहानूभूति अहिले पनि छ ।

० एमाओवादीको भविष्य के होला ?

–एमाओवादीका बारेमा अहिले टिप्पणी गर्नुु त्यति उचित छैन । जुन बाटो एमाओवादीले लिइरहेको छ, त्यो जनताको समस्या समाधान गर्ने बाटो होइन । उहााहरूले ट्रयाक चेन्ज गर्नु भएन भने उहााहरूले देशको नेतृत्व गर्न सक्नु हुादैन । ट्रयाक चेन्ज गरेर सुशासन र संवृद्धिको बाटो लिएर आउनु भयो भने भोलिका दिनमा एमाओवादीसंग हाम्रो कार्यगत एकता पनि हुनसक्छ ।

० अहिलेको राष्ट्रिय राजनीतिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

–आर्थिक, सामाजिक, राजनीतिक रुपमा विकराल अवस्थामा छ मुलुक । कूटनीतिक सम्बन्ध बिग्रिएको छ । सरकारको डेलिभरी न्यून छ । विकास बजेट खर्च हुन सकेको छैन, भूकम्पपीडित च्यातिएको पालमूनि बसिरहेका छन् । उता, अन्तर्राष्ट्रिय दातृ राष्ट्रले गरेको सहयोग पनि सदुपयोग हुन सकिरहेको छैन । अभाव, महागी भ्रष्टाचार मौलाएको छ । राज्यको उपस्थिति हो कि होइन भन्ने महसुस जनताले गरिरहेका छन् । समग्रमा भन्नुपर्दा राज्यविहीनताको अनुभव हामीले गरिरहेका छौं ।

० मधेस फेरि पनि आन्दोलनको मूडमा छ । मधेस समस्या समाधानको सूत्र के होला ?

–बहुलतासहितको देश भएकाले सबै पक्षको अपनत्व हुनेगरी संविधान संशोधन गरेर समस्या समाधान गर्नुपर्दथ्यो । तर, समस्या समाधानमा सरकारले चासो नदिंदा स्वामित्व छुटेको अनुभव मधेस तराई थरुहटले गरेको महसुस गरेका छौं । सबै वर्ग जातिको छुटेका हकअधिकार सुनिश्चित गर्न समावेशी समानुपातिक र सहभागितामूलक लोकतन्त्रको मान्यता अनुरुप राज्यका विभिन्न निकायमा पहुाच र प्रतिनिधित्वका सुनिश्चितता हुने गरी संविधान संशोधन गरेर हल गर्नुपर्छ । गरिएन भने कहीा न कहीा अल्झिएको विषय भड्किएर आउने खतरा रहिरहन्छ । त्यो खतरा टार्न छुटेका विषय सम्बोधन गरेर जानु बुद्धिमानी हुन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution