हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

पैसा धेरै तिरे काम र कमाई राम्रो हुन्छ भनेर ठग्दैछन मेनपावर व्यवसायी

mn

नवलपरासी ।वैशाख १६ – सरकारले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गरेपछि नवलपरासी गैंडाकोट ७ गैरीका लक्ष्मीनारायण सापकोटा थोरै पैसामा विदेश जान पाईने भो भनेर फुरुङ्ग हुनुभयो । परिवारको आर्थिक अवस्था कमजोर थियो । त्यसैले एकपटक विदेश नगई हुँदैन भन्ने लागेपछि विदेश जाने निर्णयमा पुगेका लक्ष्मीनारायणको भेट बुटवलका प्रकाश गौतमसँग भएपछि कतार जाने पक्का भयो । अनि प्रक्रिया सुरु भयो काठमाडौंको मदरल्याण्ड म्यानपावरबाट ।

म्यानपावरमा कुरा हुँदा फ्रि भिसा फ्रि टिकटकै कुरा भएको थियो । तर भिसा आएपछि एजेन्टले भने ९० हजार मागे । ‘तर मैले ९० हजार त सरकारले तोके भन्दा धेरै भयो भन्दै तिर्न मानिन’ लक्ष्मीनारायणले भन्नुभयो । तर त्यतिबेला व्यवसायीले थोरै पैसामा काम नराम्रो हुने तर धेरै पैसा तिरेर गए राम्रो काम भनेर लोभ देखाए । तर भिषामा लेवरको काम भनेपछि उहाँ दोधारमा पर्नुभयो । तर म्यानपावरले तीन महिना काम सिकाउँछ अनि त्यसपछि पैसा त कमाई झनै राम्रो हुन्छ भन्दै आफनै कुरामा लोभ्याए ।

यति भन्दा पनि विदेश नजाने अडानबाट पछि हट्नुभएको थिएन । त्यसैले विदेश जानुको सट्टा पासपोर्ट नै फिर्ता मागिरहनुभएको थियो म्यानपावरसँग । तर एजेन्टले भिषा क्यान्सिल गरे वापत रकम लाग्ने बताए । त्यसपछि त विदेश गएपनि, नगएपनि पैसा खर्च हुने नै भएपछि उहाँले ९० हजार नै तिरेर जाने निधो गर्नुभयो । म्यानपावरले धेरै पटक एउटै कुरा दोहो¥याएपछि लक्ष्मीनारायणलाई पनि धेरै पैसा तिरे राम्रै काम पाईन्छ कि भन्ने लागेर पैसा बुझाउनुभयो अनि कात्तिक १८ गते कतारका लागि उड्नुभयो ।

नेपालबाट उहाँलाई वायरिङका लागि भनेर पठाइएको थियो । एक महिनासम्म त भनेकै काम पाउनुभयो उहाँले । तर त्यसपछि भने उहाँलाई ग्यास प्लान्टमा काम पठाइयो । एक त फ्रि भिसा फ्रि टिकट लागु भएपछि पनि ९० हजार तिरेर कतार जानुप¥यो अनि एक महिनामै भनिएको भन्दा निक्कै खतरा मोलेर गर्नुपर्ने काम । भन्न्हुन्छ ‘त्यहाँ गएपछि भनेको काम पनि पाइएन तलब झन थौरै थियो । खान बस्न त थियो, तर राम्रो थिएन ।’
ग्यास प्लान्टमा काम गर्दा उहाँ २० फिट जमिन मुनीसम्म अक्सिजन लिएर जानुभयो । ‘यदि काम गर्दा एक छिन ढिलो भयो भने अक्सिजन सकिन पनि सक्थ्यो , यदि त्यसो भइदिएको भए त ……….’ यसअघि केहि कामदारले त्यसरी नै ज्यान गुमाएको खवर सुनाउँदै लक्ष्मीनारायणले आफनो कामको जोखिम सुनाउनुभयो । त्यसपछि भने उहाँले विदेश बसेर काम गर्ने भन्दा पनि घर फर्किने सोच बनाएर घरमा दाईलाई फोन गर्नुभयो । भाइको अवस्था बुझेपछि दाजु परमानन्द सापकोटा सहयोग माग्दै कावासोतीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा पुग्नुभयो ।

केन्द्रले सहयोग गरेपछि लक्ष्मीनारायण गएको फागुनमा नेपाल फर्किनुभएको छ । नेपाल आएपछि भनेको काम नपाएर फर्किनुपरेको भन्दै उहाँले क्षतिपूर्तिका लागि निवेदन पनि हाल्नुभयो । अनि त्यही निवेदनका आधारमा ५५ हजार क्षतिपूर्ति पनि पाउनुभयो ।

विदेशमा हण्डर खाएर फर्किएपछि लक्ष्मीनारायणले पुरानै काम थाल्नुभएको छ । उहाँ विदेश जानु अघि वायरिङकै काम गर्नुहुन्थ्यो । त्यहि भएर विदेश पनि त्यही कामका लागि जानुभयो तर विदेश सोच जस्तो भएन । भन्नुहुन्छ ‘सीप थियो तर फापेन त्यही भएर अहिले नेपालमै आफनो सीप प्रयोग गर्दैछु ।’ अहिले उहाँ गाउँकै घरहरुमा वायरिङको काम गर्नुहुन्छ अनि महिनाको १५ देखि २० हजार कमाउनुहुन्छ ।

नेपालमा गर्दै गरेको काम छोडेर विदेश गएका लक्ष्मीनारायणले आफूले मात्रै पाठ सिक्नुभएन, एजेण्टका चिल्ला कुरा पत्याएर विदेश जान ठिक्क परेकाहरुलाई पनि पाठ सिकाउनुभएको छ । उहाँ भन्नुहुन्छ ‘फ्रि भिसा फ्रि टिकट लागु भएपनि म्यानपावरले धेरै पैसा नतिरे राम्रो काम पाइँदैन भनेर ठगिरहेका रहेछन त्यसैले सचेत हुनुहोला ।@प्रेम क्षेत्री/उजायालो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution