हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मासु, दूध र अन्डा खानयोग्य छ कि छैन,सोच्नु भएको छ ?

egg meat milk

काठमाडौँ, वैशाख १६ गते । के तपाईंले खानका लागि ठिक्क पारेको मासु, दूध तथा अन्डा खान योग्य छ कि छैन, कहिल्यै सोच्नु भएको छ ?

यदि छैन भने होस् गर्नुस् त्यस्तो खानेकुराले तपाँई बिरामी पनि हुन सक्नुहुन्छ । चिकित्सकका अनुसार बिरामी भएका पशुपन्छीको उपचार गरेर स्वस्थ भएपछि मात्र ती वस्तुको मासु, अन्डा वा दूध खानका लागि प्रयोग गर्नुपर्छ ।

पशु विकास विभाग, केन्द्रीय पशु चिकित्सालयका अनुसार पशु बिरामी भएमा सर्वप्रथम त्यसको उपचार गर्नुपर्छ । उपचार गरेको पशुपन्छीमा प्रयोग भएको औषधिको प्रभाव शरीरमा समाप्त भएको भोलिपल्ट मात्र त्यो वस्तुभाउ काट्नुपर्छ । यो सन्देश हरेक कृषक वा व्यवसायीसम्म पु¥याउनुपर्छ ।

नेपालमा पशु उत्पादनमा विकास गर्ने तथा सहर तथा गाउँलाई स्वस्थ बनाउने उद्देश्यले विसं १९७० मा स्थापित सो चिकित्सालयमा घरपालुवा जनावर तथा व्यावसायिक ढङ्गले सञ्चालन गरेका कृषकमा आफ्ना गाईभैँसी, कुकुर आदि बिरामी भएमा उपचार गर्नुपर्छ भन्ने चेतना वृद्धि भएको छ र ती वस्तुभाउको उपचार गर्ने प्रमुख केन्द्रका रुपमा विकास भइरहेको छ ।

रासससँग कुरा गर्दै सो चिकित्सालयका वरिष्ठ चिकित्सक डा अवधेश झाले चिकित्सालयमा विशेषगरी जिउँदो गाई, भैँसी, बाख्रा, बङ्गुर, चरा, कुकुर, बिरालो सम्मको उपचार हुने जानकारी दिनुभयो । रु १० को टिकट काट्नासाथ पशु तथा चराचुरुङ्गीको उपचार हुने भएकाले यहाँको सेवा कृषकका लागि करिब निःशुल्कजस्तै विभागले सेवा प्रदान गरिरहेको उहाँको भनाइ थियो ।

सरदर दैनिक ४० देखि ५० वटासम्म बिरामी वस्तुभाउ उपचारका लागि ल्याउने गरिएको र कहिलेकहीँ १०५ सम्म पुग्ने गरेको चिकित्सालयको भनाइ छ । झाले भन्नुभयो–“बिरामी पशुपन्छीलाई दिइने खोप तथा औषधिको असर पशुमा दुईदेखि ३० दिनसम्म हुने गर्दछ । पशुमा औषधिको प्रभाव रहेसम्म उसको मासु, दूध तथा अन्डा प्रयोग गर्नु हुँदैन । औषधिको प्रभाव समाप्त भई वस्तु स्वस्थ भएको वा औषधिको प्रभाव समाप्त भएको भोलिपल्ट मात्र ती पशुपन्छी काटनुपर्छ । चिकित्सकको भाषामा त्यस अवधिलाई ‘विथड्र पिरिएड’ भनिन्छ ।

नेपालमा औषधि दिएको दुई दिनमा नै मासुका लागि काट्ने वा दूध बिक्री गर्ने व्यवसायी पनि बढ्दै गएका छन् । यसले मानिसमा रोग–ब्याधी फैलाउने खतरा हुन्छ ।

सो चिकित्सालयका अनुसार सरकारले अतिसङ्क्रमित कुखुरालाई मात्र बर्डफ्लुका रुपमा मान्यता दिने गरेको छ । न्यून सङ्क्रमित कुखुरालाई बर्डफ्लुका रुपमा लिइँदैन । न्यून सङ्क्रमित कुखुरा पनि पछि गएर अतिसङ्क्रमित हुने खतरा हुन्छ । कुखुराको खोरैपिच्छे न्यून सङ्क्रमित भएको हुन्छ । न्यून सङ्क्रमण नभएको खोर भेट्नै सकिँदैन ।

सरकारले पोल्ट्रीमा काम गर्ने किसानलाई आफ्नो वस्तुभाउको रोग पहिचान राम्रोसँग गरिदिने, बिरामी पशुलाई औषधिको प्रयोग भइसकेको पशुको मासु, दुध, अन्डा यति दिनसम्म नखानु र अरूलाई पनि नखुवाउनु भनेर स्पष्ट जानकारी दिएमा स्वस्थ मासु, माछा, अन्डाको उत्पादन भई कृषि पेसा विस्तार हुने उहाँको तर्क छ ।

कृषि प्रधान मुलुक नेपालमा गाउँघरमा कृषि तथा पशुपालन मुख्य पेसा भए पनि राजधानी काठमाडौँसहित मुख्यमुख्य सहरमा व्यावसायिक पशुपालन गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको तथा तराईका कृषकमा वस्तुभाउ बिरामी भएपछि उपचार गर्नुपर्छ भन्ने जनधारणा बलियो हुँदै गएको डा झाले जानकारी दिनुभयो ।

उहाँले घरपालुवा कुकुरलाई मात्र रोग नलागोस् भनेर ती कुकुरलाई कोरोना नामक औषधि, मानिस र ती कुकुर दुवैलाई रोग नलागोस् भनेर डीएचपीपीटीआई नामक औषधि दिइने गरिएको बताउनुभयो ।

त्यस्तै, गाईवस्तुलाई जुकाको पनि औषधि दिने गरिएको उहाँले जानकारी दिनुभयो । गाई भैँसी तथा बाख्रा र कुखुरालाई एन्टिबायोटिक औषधि दिने गरिएको उहाँको भनाइ थियो । कृषक पशुको उपचार गर्न आउने मानिसको सङ्ख्या बढ्दै गएको तथा चिकित्सालय तथा विभागलाई समय सुहाउँदो विकास एवम् विस्तार गर्नका लागि सरकारले विभाग बसेको पुरानो भवनलाई भत्काई नयाँ भवन निर्माण गर्ने तथा विस्तार गर्ने योजना अगाडि बढिसकेको उहाँले बताउनुभयो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution