हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

नयाँ शक्ति नेपालका क्रियाशील अभियन्ताहरुका लागि यस्ता छन् : आचारसंहिता

म नयाँ शक्ति,नेपालको अभियन्ता हुँ । म नेपाली राजनीतिमा परिवर्तन चाहन्छु.। यसकालागि म आफैंबाट परिवर्तनको सुरुवात गर्दछु । त्यसैले म निम्न आचारसंहिता पालना गर्न प्रतिवद्ध छु :

१. नेपालमा भएका ऐतिहासिक राजनीतिक उपलव्धीहरुको म हृदयदेखि नै सम्मान गर्दछु ।
२. यसकालागि महान शहीदहरुको योगदानको स्मरण गर्दै उहाँहरुको जीवन उत्सर्गको मूल्य र मान्यताबाट सदैव प्रेरित भइरहने छु । म शहीदको सपना पूरा गर्न प्रतिवद्ध छु ।
३. म हरेक मान्छेको सार्वभौमिक स्वतन्त्रतालाई सम्मान गर्दछु । म मानवअधिकारको विश्वव्यापी मान्यताबाट निर्देशित भई नयाँशक्तिको राजनीतिक अभियानमा संलग्न हुनेछु ।
४. म राजनीतिलाई अस्वस्थ विरोध, गालीगलौज र ध्वंसबाट नभई सकारात्मक पहल, आपसी सम्मान र प्रतिस्पर्धाबाट सु–सज्जित गर्न चाहन्छु । मेरो राजनीतिक संलग्नता उच्च नैतिक आचरण र राजनीतिक निष्ठाबाट परिलक्षित हुनेछ ।
५. म सामाजिक न्याय, सकारात्मक विभेद र समानुपातिक समावेशी सिद्धान्तमा बिश्वास गर्दै अगाडि बढ्न तयार छु ।
६. म शान्तिपूर्ण अभियान, सुशासन, पारदर्शिता, जवाफदेहिता र विधिको शासनप्रति प्रतिवद्ध छु ।
७. म नेपाली समाजको विविधताहरु हाम्रा अमूल्य निधि र सम्पन्नताका आधार हुन भन्ने कुरालाई स्वीकार गर्दै विविधतामा एकता, सामाजिक सद्भाव र भाईचारा बृद्धिकालागि क्रियाशील हुनेछु ।
८. म सबै भाषा, धर्म, सम्प्रदाय र संस्कृतिको सम्मान गर्दछु । फरक जाति, धर्म, लिङ्ग, वर्ण, विचार, संस्कृति र रंगका आधारमा म कसैप्रति भेदभाव गर्नेछैन ।
९. म सदैव सकारात्मक सोचबाट काम गर्नेछु । म हमेशा समयको पालना गर्नेछु ।
१०. म आफ्नो जीवनशैली सरल, शिष्टतापूर्ण र विनयशील बनाउनेछु । म व्यक्तिगत जीवन, राजनीतिक अभियान तथा संगठनका गतिविधिहरु धेरै खर्चिला र तडकभडकपूर्ण बनाउनेछैन ।
११. म परिवर्तनको सुरुवात आफैंबाट गर्न चाहन्छु । म नयाँ भए अरु नयाँ हुन्छन् र नयाँ शक्ति बन्छ भन्ने कुरामा म विश्वस्त छु ।
१२. म श्रमको सम्मान गर्दछु । विना श्रमको कमाई खानु हुँदैन भन्ने मान्यता राख्दछु । आफू कुनै न कुनै श्रममा नियमित सहभागी हुनेछु ।
१३. मेरो लागि राजनीति पेशा नभई सेवा हुनेछ । म जीविकोपार्जनको लागि छुट्टै पेशा, व्यवसाय वा आयआर्जनको व्यवस्था गर्नेछु । म व्यक्तिगत स्वार्थ बाझिने गतिविधि गर्नेछैन ।
१४. म सबैका आर्थिक, सामाजिक तथा राजनीतिक अधिकारहरुको सम्मान र दण्डहीनताको अन्त्यकालागि प्रतिवद्ध र सक्रिय रहनेछु ।
१५. म महिला हिंसा, बालश्रमशोषण, जातीय छुवाछुत, आर्थिक शोषण, बालविवाह, दाईजो, वहुविवाह, भ्रष्टाचार, स्थानीय स्रोत साधनको दुरुपयोग, करछली, सरकारी सम्पत्तिको अपचलन कहिल्यै गर्नेछैन । यस्ता बिषयमा शून्यसहनशीलता अपनाउनेछु ।
१६. म जे बोल्छु त्यसलाई पूरा गर्न क्रियाशील हुनेछु ।
१७. म जबर्जस्ती चन्दा संकलन गर्नेछैन । आममानिसको सद्भावस्वरुप प्राप्त स्रोतसाधनलाई व्यक्तिगत प्रयोजनमा खर्च गर्नेछैन ।
१८. म आफ्ना सम्पूर्ण आर्थिक, राजनीतिक तथा सामाजिक गतिविधिहरु जनमुखी, पारदर्शी र उत्तरदायी बनाउनेछु ।
२०. म सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीबाट निर्देशित हुनेछु । कहिल्यै पनि गुटगत गतिविधिमा लाग्नेछैन । पार्टी निर्णयहरु पूरा गर्न प्रतिवद्ध हुनेछु । आफ्ना विचारहरु निर्धक्कसाथ राख्नेछु ।
२१. म पराजयमा आत्तिने र विजयमा उत्ताउलो हुनेछैन । सबै अवस्थामा जनतासँग एकाकार हुनेछु ।
२२. म आफ्नो जीवनलाई जनताको निरन्तर निगरानीमा राख्न तयार छु । म सुन्न, सिक्न र नयाँ विचारहरु प्रयोग गर्न सदैव जागरुक हुनेछु ।
२३. म पर्यावरणमा प्रतिकूल असर पर्ने कुनै पनि नीतिगत तथा व्यवहारिक गतिविधि गर्नेछैन ।
२४. म हाम्रो आफ्नै स्रोत र उर्जावान श्रमशक्तिमार्फत राष्ट्रिय समृद्धि सम्भव छ भन्ने कुरामा विश्वास गर्दछु । यसमा म गौरव गर्छु र क्रियाशील हुनेछु ।
२५. म आफ्नो राष्ट्रिय गौरव, स्वाभिमान, एकता र पहिचानलाई सदैव उँचो बनाउनेछु । म छिमेकी मुलुकहरुप्रति पञ्चशीलका आधारमा सर्वस्वीकार्य मूल्य, मान्यता र सिद्धान्तसहित मित्रवत रहनेछु ।
२६. म अन्तरपार्टी लोकतन्त्र, पार्टीभित्र सदस्यको सर्वोच्चता र स्वतन्त्रतालाई कहिल्यै अवमूल्यन गर्नेछैन ।
२७. म नयाँ शक्ति, नेपाल मार्फत स्वाधीन, समावेशी, सदाचारपूर्ण, समृद्ध र सुशासित नेपाल बनाउन सदैव प्रतिवद्ध छु ।
२८. म फरक विचार सुन्न तयार रहनेछु । आफ्ना विचारहरु शिष्टतापूर्वक राख्नेछु ।
२९. म आफू बदलिन, सिक्न र अगाडि बढ्न तयार रहनेछु ।
३०. म समूहमा संलग्न हुन, सामूहिक भावनाको सम्मान गर्न र नयाँ शक्ति निर्माण अभियानमा सामूहिक लक्ष्यकालागि क्रियाशील हुन प्रतिवद्ध रहनेछु ।

२०७२ माघ २३

– अन्तरिम केन्द्रीय परिषद्
नयाँ शक्ति नेपाल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution