विप्लब (माओवादी) का विद्यार्थीले काठमाडौँ जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो सहित हातपात
काठमाडौँ, वैशाख १५ गते । विद्यार्थीको एक समूहले काठमाडौँ जिल्ला शिक्षा अधिकारी शङ्कर गौतमलाई आज कार्यालयमा दुव्र्यवहार गरेको छ ।
कार्यालय आएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारी सम्बद्ध ती विद्यार्थी कार्यकर्ताले विवाद झिकी गौतमलाई कालोमोसोसहित हातपातको प्रयास गरेका थिए । सो सङ्गठनका अध्यक्ष पूर्णसिंह बराइलीले पूर्वयोजनाअनुसार घटना नभएको र यसबारे आफूहरुले थप कुरा बुझिरहेको बताउनुभयो ।
जिशिअ गौतमले राज्यको जिम्मेवारी लिई जनताको सेवा गर्न बस्दा तराईका जिल्लामा गोलीको समेत धम्की खेपेको जनाउँदै यस घटनालाई आफूले सामान्यरुपमा लिएको प्रतिक्रिया दिनुभयो । रासस