हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

लुम्विनीवासी संयुक्त राष्ट्र संघका महासचिव मुन र भारतीय प्रधानमन्त्रीको प्रतिक्षामा

lumbinui

बुद्ध ज्यन्तीको तयारी बारे जानकारीदिदै लुम्विनी विकास कोषका पदाधिकारी एवं सुरक्षाकर्मी

अर्जुन तामाङ

भैरहवा : लुम्विनीवासी संयुक्त राष्ट्र संघका महासचिव मुन र भारतीय प्रधानमन्त्रीको प्रतिक्षामा रहेका छन् । लुम्बिनी विकास कोषले आसन्न २५६० औँ अन्तराष्ट्रिय बुद्ध जयन्तीको अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति लगायत युरोपीयन युनिन र एशिया महादेशमा रहेका २२ देशका विशिष्ट, कुटनीतिक व्यक्तित्व एवं संस्कृति मन्त्रीहरुलाई निमन्त्रणा पत्र पठाईसकेको उनीहरुको स्वागतको प्रतिक्षामा रहेको कोषका सदस्य सचिव अजितमान तामाङले जानकारीदिए । ‘पत्रहरु पठाएका छौं । तर उताबाट त्यसको जवाफ आइसकेको छैन् ।’ सचिव तामाङले भने । को–को आउछन भन्ने निश्चित केहि दिनमा हुने उनले जानकारीदिए ।

बौद्ध सम्मेलन यहि जेठ ६, ७ र ८ गते तीनदिनसम्म हुनेछ । पहिलो र दास्रो दिन काठमाण्डौंमा र तेस्रो दिन लुम्बिनीमा विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । कोषले बुद्ध जयन्तीमा लुम्बिनी आउने पाहुनाहरुलाई लुम्बिनीका साथै बुद्धसँग सम्बन्धित तिलौराकोट, देवदह र रामग्राम पनि अवलोकन गराउने र जसका लागि एककरोड रकम विनियोजन गरेको छ । काठमाण्डौं संचालन गरिने दुईदिने कार्यक्रमको खर्च सवै नेपाल सरकारले व्यहोर्ने सहमती भएको सचिवले पत्रकार सम्मेलनमा वताए ।

जेठ ८ गते लुम्विनीमा बुद्ध जयन्तीमा सहभागी हुने विशिष्ट व्यक्तित्व एवं पाहुनाहरुलाई जेठ ९ गते बुद्धको क्रिडास्थल दरवार त्यागेको ठाऊ कपिलवस्तुको तिलौराकोट, गेरु वस्त्र धारण गरेको स्थल निग्रोधाराम कुदान, जेठ १० र ११ गते बुद्धको मामा घर रुपन्देही देवदह र नवलपरासी रामग्रामको स्थलगत अवलोकन गराइने योजना छ ।

विगतभन्दा कोष एवं नेपाल सरकारले विशेष रुपमा बुद्ध जयन्ती मनाउन गइरहेकोले अघिला वर्षहरुको भन्दा धेरै बढी रकम विनियोजन भएको उनले बताए । गतवर्षहरुमा कोषले बुद्धजयन्तीका अवसरमा २५देखि ३० लाख रुपैयाँ खर्च गर्ने गर्दथ्यो ।

बुद्ध जयन्ती भव्य र सभ्य रुपमा संचालन गर्नका लागि विभिन्न समितिहरु समेत गठन गरिसकेको र सबै समितिले जिम्मेवारीपूर्ण ढंगले काम गरिरहेको कोषका उपाध्यक्ष सिद्धार्थ महर्जनले बताए । लुम्बिनी क्षेत्रमा सरसफाइ, रंगरोगन लगायतका कामहरु तिव्रगतिमा भइरहेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution