हेडलाईन

प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न        

दोलखा र तामाङ सन्दर्भ

dolakha
कुनै समय स्वतन्त्र राज्यको अस्तित्व बोकेको दोलखा नेपालको इतिहासमा महत्वपूर्ण मानिन्छ । नेपालको इतिहासमा दोलखा नलेखिए नेपालको इतिहास अधुरो रहन्छ । इतिहासबिद्ध :

प्रारम्भ

आदिम कालखण्डमा दोलखा भेकको प्राचिन बस्ती तामाकोशीको किनारै किनार सिन्धुली माढीसम्मको बस्तीलाई बुझने गरिन्थ्यो । तत्कालिन समयमा सुनकोशी र तामाकोशीको मध्यभूभको पहाडी प्रदेश दोलखा भन्ने गरिन्थ्यो । दोलखालाई प्राचिन कालमा अभयपुरको रुपमा शासकहरुले चिनाएका थिए । प्राप्त प्रमाणहरुको अध्ययन गर्ने हो भने यस भेकका पौराणिक संस्कृति, जनजीवनबारे बढी ज्ञान हासिल गर्न अझ बढी खोजी हुन आवश्यक छ ।

नेपाल विकासक्रमको सन्दर्भमा हेर्ने हो भने मध्यकालको अन्त्यतीर एक सामन्त शासित प्रदेश रहेको पाइन्छ । दोलखा मध्यकालकै उत्तरार्धमा एक शताब्दी एक स्वतन्त्र प्रदेशको रूपमा रहेको अभिलेख पाइन्छ । यस समयमा शासकले दोलखाको आर्थिक, साँस्कृतिक विकास गरेको पाइन्छ । तत्कालिन महाराजाधिराज पे्रमु ठाकुर कहलाउन पुगेका यहाँका शासकको विवाहसम्बन्ध सेन राजासँग जोडिएको पाइन्छ । यही विबाहका कारण कृष्णसेनका छोरा रूपनारायणदेव दोलखाका संयुक्त शासक हुन पेगेको दोलखाको इतिहासमा पाइन्छ । दोलखा पछि कान्तिपुरमा गाभियो ।

तत्कालीयन समयमा दोलखाको राजनैतिक इतिहास अध्ययन गर्नेक्रममा केन्द्र कान्तिपुर, दोलखाको सम्बन्ध, स्थानीय प्रशासनमा पञ्चको स्थान, मल्ल राजाहरूको सुरक्षाव्यवस्था आदिमा पनि प्राप्त सामग्रीहरूबाट प्रकाश पारेको पाइन्छ ।

इन्द्रसिंहदेवको समयदेखि बौद्व धर्म :

इन्द्र सिंहदेवको समयदेखि दोलखामा बौद्व धर्मको प्रचार भएको पाइन्छ । धार्मिक समन्वयको सन्दर्भमा आदीमकालदेखि मान्दै आएको र पाइन्छ ।बौद्धधर्मको विकास र विस्तार हुने क्रममा चिनीयहाँहरुले दोलखाको विभिन्न ठाउँमा गोन्पाहरु र गौतमबुद्धको प्रतिमाहरु बनाएको अभिलेखहरुमा पाइन्छ । इन्द्रसिंहदेवको समयमा नै बोद्ध धर्ममको प्रचार प्रसार भएको विभिन्न प्रमाणहरु देखिन्छ ।

दोलखामा बौद्ध धर्मको प्रभाव बढी फैलिएको कुरा अभिलेखहरू केलाएर हेर्दा स्पष्ट थाहा पाइन्छ । भोटसंग दोलखाको सम्बन्ध यसताका बढी रहेको हुनाले बौद्धधर्मको प्रचार बढेको पाइन्छ ।

धर्मधातु चैत्यको निर्माण :

इन्द्रसिंहदेवको भाई जयनारायणदेवले दोलखा लिस्तिटोलमा एक भव्य धर्मधातु चैत्य निर्माण गर्न लगाएको पाइन्छ । कस्ले किन बनाएको भन्ने पुष्टि गर्नका लागि शिलापत्र लेखाएको पाइन्छ । सो अभिलेखको माथिल्लो भाग खिइसकेको छ । बीचको भाग भने पढ्न सकिन्छ । त्यसबाट त्यसताका जयनारायणदेव बाहेक रायदेव, जितादेवहरूको पनि सयुंक्त शासन चलेको सो अभिलेखबाट पुष्टि हुन्छ ।

dolakha1

त्यस अभिलेखमा ‘महाराजधिराजश्रीइन्द्रसिंहदेव’ पनि लेखिएको छ । वि.स १६०६ देखिन्छ । भोटसंगको सम्बले गर्दा दोलखाका बौद्ध धर्मको प्रचार यस ताका बढी परेको सहजै अनुमान गर्न सकिन्छ । महायानी बौद्ध ग्रन्थमा ‘पञ्चरक्षा’ को महिमा ठूलो रहेको छ । पञ्चरक्षामा एक विद्या महामायूरी रहेको छ । जयनारायणदेव र उनकी रानीले माहामायूरी ब्रत बसेछन् | त्यसैको सँग गरी धर्मधातु चैत्य बनाइएको जनश्रुति पाइन्छ ।

सो स्तुपामा सुनका चक्रावली राजपरिवार र अरू भारदारले चढाएका हुन् । सो स्तूपको अभिलेखमा ‘ महामायुरी वर्तरपाव श्री जयनारायणदेव भार्या वित्तलभ्मी श्रीउभयस्य संसार नि ः सार सोयाव मोक्षकामनया धर्मधातु स्थापनादि याङ’ भनि लेखिएको छ ।

यसबाट उनीहरूका बौद्ध धर्मको प्रभाव परेको स्पष्ट हुन्छ । यस चैत्य बनाउनको लागि सहयोग गर्ने रानी वित्तलक्ष्मीको मृत्यु भए पछि उनलाई लख गरी ने.स.६७४ मा –वि.स १६११ मा ) जयनारायणले उमामहेश्वरको स्थापना गरेको पाइन्छ । यो कुरा तीन धाराको अभिलेखबाट प्रमाणित हुन्छ । सो अभिलेखमा उमामहेश्वरको स्थापनाबाट भएको पुण्यले दिवङ्गगत वित्तलक्ष्मीलाई सुखावती भुवन प्राप्त होस् भन्ने कामना गरिएको छ । महायान बौद्ध धर्मअनुसार अक्षोम्य बुद्व बस्ने भुवन ‘सुखावतीभुवन’ पर्याय हुन्छ ।

दोलखामा जनसाधारणले स्नान गर्ने, मुख धुने ढुङ्गेधारा पनि विविध देवताका सँगमस्थल जस्तै रहेको पाइन्छ । उदाहरणार्थ दोलखाको प्रसिद्ध तीनधारलाई देखाउन सकिन्छ । त्यहाँ एक कुनामा पशुपतिको मुत्र्ति अर्को कुनामा विष्णुको मुत्र्ति र बीचमा बुद्धमुत्र्ति रहेको छ । यसबाट दोलखाका शासक वर्ग बौद्धधर्मका भक्त थिए भन्ने तथ्यलाई प्रष्टगर्दछ । त्यतिमात्र नभएर दोलखामा रहेको त्रिपुरासुन्दरी, बालकुमारी वज्रयोगिनी आदि बौद्व तान्त्रिकहरूको सङ्गमस्थल रहेको यहाँका जानकारहरू बताउँछन् । यो सम्वत् ६६४ फाल्गुण कृष्ण प्रतिपदा उल्लेख गरिएको छ ।

राजकुल अभिलेख:

दोलखा बजारको तल्लो टोलमा पर्ने राजकुलको आसपासमा दुइवटा बौद्ध चैत्य रहेका छन् । तिनमध्ये एउटा चैत्यसँगै उक्लने सिंढीमा सुताएर राखेको ढुङ्गामा यो अभिलेख कुदिएको छ । यहाँ संवत ६३२ दिइएको छ ।

चैत्यका अभिलेख: 

दोलखा लिस्तिटोलसंगै पश्चिमपट्टि एउटा बौद्धस्तूप छ । सो स्तुपमा रहेका शिलापत्रमा यो अभिलेख कुदिएको छ । यो जिर्ण अवस्थामा छ यहाँ संवत् ६६९ उल्लेख गरिएको छ ।

वित्तलक्ष्मी:

जयनारायणदेवको कति रानी थिए भनेर कतै लेखिएको पाइदैन । तर चैत्य निर्माणको तथ्यलाई विश्लेषण गर्नेहो भने वित्तलक्ष्मीको नाम पछिको थर नखुलाएकाले वित्तलक्ष्मी तामाङनी हुनकी भन्ने आशंक गर्न सकिन्छ । यो तथ्य पुष्टि गर्नका लाथि अध्ययनको विषय बनेको छ ।

सामाजिक अवस्था:

दोलखाका पुराना कागतपत्रमा यहाँका बस्तीलाई दुई भागमा विभाजन गरिएको छ । विभाजन अनुसार एक देश र अर्को ग्राम । त्यसबेलाको परिभाषाअनुसार ‘देश’ भनेर दोलखाको मूल बस्तीलाई लक्ष्य गरिएको हो । ‘ग्राम’ भनी दोलखा इलाकामा पर्ने गाउँहरूलाई भनिएको हो । ’

भीमेश्वर भडारण्मा रहेको जितादेवहरूको अभिलेखमा दोलखा आसपासका जनताको चर्चा गर्दा मुख्य गरी तीन वर्गका चर्चा गरिएको छ । एक नेवारः दोस्रो ‘संज’ अर्थात भोटेवर्गः यसमा शेर्पा तामाङ, तेस्रो थामी । यस भेकका मूल बासिन्दा तीन थरी हुन् । यीबाहेक यस भेकमा सुनुवार समुदाय पनि थिए । खस मगरहरू पनि केही थिए । भट्, झा पनि केही थिए । उक्त कुरा तात्कालिक कागजपत्रहरूले पुष्टि गर्छ ।

-अर्जुन तामाङ
भिनपा ४, सोक्ला

email:[email protected]






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution