हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

उत्तर कोरियाले फेरि आणविक परीक्षण गर्दैछ–दक्षिण कोरियाली राष्ट्रपति

nk
सोल, वैशाख १४ गते। दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाले फेरि पनि अर्को पटक आणविक परीक्षण गर्ने तयारी पूरा गरेको बताउनुभएको छ ।

उत्तर कोरियाले पुनःअर्को ब्यालेस्टिक परीक्षण गर्ने तयारी गरिरहेको आशङ्का यसअघि पनि त्यहाँका सञ्चारमाध्यमले व्यक्त गरेका थिए ।

यसअघि पनि उत्तरको यस्तो आशङ्काका कारण राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन निर्देशन दिनुभएको समाचारमा जनाइएको थियो ।

उत्तर कोरियाले पुनः अर्को शक्तिशाली आणविक परीक्षण गर्नसक्ने सङ्केत प्राप्त भएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । ती सञ्चारले दिएको जानकारीअनुसार उत्तर कोरियाले शुक्रबारै यस्तो परीक्षण गर्ने जनाएका छन् ।

गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्को मध्यमदुरीको परीक्षण गर्न लागेको सूचना प्राप्त भएको दक्षिण कोरियाली राष्ट्रपति हाइले मङ्गलबार सोलमा जम्मा भएका सम्पदकहरुसँग बताउनुभयो ।

उत्तर कोरियाले अब अर्को पाँचौ पटक आणविक परीक्षण गर्ने तयारी पूरा गरेको सूचना आफूले पाएको बताउनुभयो ।

उत्तर कोरियाका विरुद्धमा पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले नै लगाएको नाकाबन्दीका विरुद्ध फेरि उसले केही हप्तामात्र अघि अर्को परीक्षण गरेको थियो ।

उत्तर कोरियाले दुई हप्तामात्र अघि पनि यस्तै व्यालेस्टिक परीक्षण गरेको र त्यसअघिको तयारी थाहा पाएको भन्दै यतिखेर पनि उसले गरेको तयारीको बारेमा थाहा भएको सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले अर्को व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ ।

गत महिना मात्र अघि संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो ।

पछिल्लो समयमा उत्तर कोरियाले एकपछि अर्कोगरी क्षेप्यास्त्र परीक्षण गर्दै गएपछि यसका कारण उत्तर र दक्षिण कोरियाकाबीचमा निकै ठूलो तिक्तता छाएको बताइन्छ ।

यस परीक्षणका कारण कोरियाली प्रायद्वीपमा नै ठूलो तनाव उत्पन्न हुदै आएको छ । यसले गर्दा विश्वको क्षेत्रीय राजनीतिमा पनि नयाँ ढङ्गले सोच्न थालिएका समाचारहरु प्राप्त भइरहेका छन् । रासस÷एएफपी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution