हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

मदानीमा बिनाको रातो घर

madani

काठमाडौं, वैशाख १४ :साहित्यकार बिना तामाङ “सुनगाभा”ले आइतवार दाङको मदानीमा दर्शक/स्रोतामाझ आफ्नो सिर्जनाको रातो घर ठड्याइन् । साहित्य समूह नेपाल, दाङ र आव्हानको आयोजनामा भएको “मदानी मन्थन”मा साहित्यकार बिनाको कवितासङ्ग्रह ‘रातो घर’ ठडिएको हो ।

समकालीन नेपाली कविता लेखनको क्षेत्रमा चर्चित हस्ताक्षर बिना २०३७ सालमा मकवानपुरको हेटौडा नगरपालिका– ९ मा जन्मिएकी हुन् । शिक्षण पेशामा आवद्ध भए पनि नेपाली साहित्यिक फाँटमा उनको लोभलाग्दो क्रियाशीलता देख्न सकिन्छ । यसअघि नै “छुकी” शीर्षकको कथासङ्ग्रह २०६९ सालमै पाठकमाझ पस्किएकी बिनाको दोस्रो कृति हो– रातो घर ।

तामाङ डाजाङको सहसचिव, विश्व साहित्य महासंघ नेपाल शाखाकी महासचिव, तामाङ साहित्य एकेडेमीको प्राज्ञ सदस्य तथा बाग्द्वार साहित्य समाज बुढानीलकण्ठको कोषाध्यक्षको भूमिकामा उत्तिकै क्रियाशील बिना समाजशास्त्रमा स्नातकोत्तर छिन् । द ह्वाइट जोन नेपालले आयोजना गरेको विश्वव्यापी अनलाइन कविता प्रतियोगिता २०१२ मा तृतीय पुरस्कार हात पारेकी बिनाले बहुभाषिक राष्ट्रिय कविता गोष्ठी २०७० मा सर्वोत्कृष्ट पुरस्कार पनि जितिसकेकी छन् ।

साहित्यकार बिना तामाङ “सुनगाभा”को कविता वाचनबाट प्रारम्भ भएको कार्यक्रममा दाङका प्रतिभाशाली कविद्वय नवीन अभिलाषी र घनश्याम अस्तित्वले रातो घरकै कविताहरु वाचन गरेका थिए । त्यसपछि स्वयम् बिनाले “रातो घर”का केही कविता वाचन गरेकी थिइन् । लगत्तै समीक्षक राजेन्द्र गौतमले “रातो घर” कवितासङ्ग्रहमाथि टिप्पणी गरेका थिए ।

समीक्षक गौतमले यान्त्रिकताले थिचेको वर्तमानमा कवयित्री बिना प्रकृतिको ओत लाग्न पुगेको बताउँदै अधिकांश कविताले स्वपहिचान खोजेको औंल्याएका थिए । तामाङ जातिका विम्व र प्रतीकहरु स्वभाविकरुपमा कवितामा आएको चर्चा गर्दै तिनले कृतिलाई कोही साँघुरो बनाएको हुनसक्ने अन्दाज गरेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution