हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

ताम्बा संस्कृतिमा : सिन्दुरले तामाङ समुदायमा विवाहको मान्यता हुदैन

 DSC_0102 copy

अर्जुन पाख्रिन तामाङ

सिंगो इतिहासका साँक्षि झै भएर मानव उत्पति र प्रकृतिका विषयमा बोल्न सक्ने वक्तालाई ताम्बा भन्ने प्रचलन रहिआएको छ । हिमाल पर्वतदेखि समुन्द्र सम्मका विषयलाई आदिम धर्म र सृष्टिका विषयमा ताम्बाले भन्न सक्ने भएर नै उनीहरु इतिहासका साक्षि हुन् भन्दा फरक पर्दैन ।

DSC05354सन्दर्भलाई यसरी सुरुवात गरौं, नेपालमा बसोबास गर्ने समुदाय र भाषी धेरै छन् । यी समूदायको विषयमा इतिहास बोल्न सक्ने कमै मात्रैमा पाइन्छ । यस्ता व्यक्तिहरुलाई हामि इतिहास वेत्ता वा इतिहासकार भन्ने गर्छौ । यस्तै बोन्बो÷धामि परम्परामा आधारित फरक संस्कृतिका वेत्ता हुन् ताम्बा (डम्फुरे) ।

डम्फू एक विशिष्ट बाजा हो । डम्फू बजाउनका लागि पनि विधि र विद्यान हुन्छ । डम्फूका विषयमा इतिहास बोल्न सक्ने व्यक्तित्वलाई तामाङ समूदायमा डम्फूरे अर्थात ताम्बा भन्ने गर्छौ । उनिहरुले इतिहासका विषयलाई डम्फू बजार प्रस्तुत गर्ने गरिन्छ । यही डम्फू र ताम्बा नभएमा तामाङ समुदायमा सामाजिक कामहरु (विवाह) नहुने अगुवाहरु बताउँछन् । यो मौलिक तथा साँस्कृति परम्परा हो ।

ताम्बा/ चोहोले स्यालगार पोङ (माटोको घैटोमा छ्याङ) सगुन लिएर केटी माग्ने चलन थियो र छ । ताम्बाले नै तामाङ समुदायमा वैवाहिक कार्यगरिदिने तामाङ समूदायको लामो इतिहास रहेको ताम्बाहरुको भनाई छ । ताम्बा नभएमा तामाङ समुदायमा विवाह अधुरो हुने मान्यता छ । ताम्बाले जल जमिन हावा पानी र देवता र मान्छेको उत्पतिका विषयमा गीतका प्रस्तुत गरेर शुभकार्य आरम्भ गर्ने गरेका छन् । 

ताम्बाले बजाउने डम्फमा रहेको छाला, राउण्डका काठ, ३२ वटा किलाको आफ्नै ऐतिहासिक पाटो रहेका छन् । प्राचिन कालमा पेङदोर्जे नाम गरेका म्हेम्हेले वनमा शिकार खेल्ने क्रममा मृग मारेर छाला घाममा सुकाए पछि  कोइराला काठको घेरो बनाएर छन् । यही क्रममा बाँस काटेर सानो– सानो ३२ वटा किला बनाएर कोइरालको काठमा छाला ठोकेर डम्फू बनाएको इतिहास पाइन्छ ।

पेङदोङर्जेले बजाएर हेर्दा ताक धुइ धुइ को आवाज आए पछि वनका सबै जनावर, देवि, देवता खुसी भएर नाचेको ताम्बा काइतेन ह्वाइरिमठिम पुस्तक (२०१६ सन्तविर पाख्रिन) पाइन्छ । डम्फू बजाउँदा डाँफे चरी नाचेको दृश्यबाट प्रभावित भएर पेङदोर्जे म्हेम्हेदेखिनै घुमेर नाच्ने किवंदन्ती पाइन्छ । डाफे चराको सम्मानका लागी प्राचिन समयदेखिनै डम्फूको माथि चरा राख्ने गरेको ताम्बाहरु बताउँछन् । सुरुवातको समयमा डम्फूलाई डम्बा भन्ने पनि भनाई छ ।

ताम्बाहरुहको अनुसार ३२ वटा किला ३२ कोटी देवि देवताको स्वरुपका साथै ३२ लक्ष्यणले युक्त रहेको विश्वास छ । सोहि समयदेखि तामाङ समुदायमा डम्फूको प्रयोग हुदै आएको अध्ययन तथा अनुसन्धानकर्ता डा मुक्तसिं थोकर बताउँछन् । अहिले पुर्वमेचिदेखि पश्चिम महाकालिसम्मका तामाङ समूदायले यो डम्फूलाई सामाजिक कार्यमा उपयोग गर्न थालेका छन् । जानी नजानि डम्फू प्रयोगमा ल्याए पनि यस्को इतिहासका कैरनहरु भने कमैले मात्र ल्याउँने गरेका छन् । गत हप्ता दोलखा शैलुङका ताम्बाहरु पुर्वाञ्चलको धनकुटा हिलेमा सेबु (बेहुला) लिएर जाँदा पनि ताम्बा विधि र विद्यानबाट विवाह गरियो ।

तामाङ समुदायमा विवाह गर्दा सिन्दुर हालिदैन । पछिल्लो समयमा संस्कृतिमा विचल आएपछि यदाकदा सिन्दुर हाल्ने गरिएको पाइन्छ । ताम्बाहरुले भने ‘सिन्दुर सिउँदोमा हाल्दैमा तामाङ समुदायमा विवाहको मान्यता हुदैन । हामी यो संस्कृतिलाई मान्न सक्दैनौं ।’ तामाङ समूदायमा सिन्दुर सिउँदोमा हाल्ने रिमठिम (संस्कृति) नभएको ताम्बा चन्द्रबहादुर मोक्तान बताउँछन् ।

तामाङ संस्कृति हेर्दा सुन्दा अच्चम लाग्न सक्छ । यहाँ ‘आठदाम’, ‘बाह्र दाम’, ‘चारदाम’ भन्ने प्रचलन छ । विशेषगरी चारदाम, चारदामभित्र दुधेउली (आमा भाग), बुढेउली (बुवाको भाग), माइती, मावली, बुढि मावलीलाई भेटि चढाउने गरीन्छ । यसका लागि जति वटा भेटि छ । सोही अनुसार पोङ (सगुन), साथै खोलाको माछा, कुखुराको भाले, नाङलोमा चामलको भातको डल्लासँगै खुकुरी राख्ने चलन छ । यहाँ दुवै पक्षका ताम्बा, गान्बा(अगुवा), बोन्बो (झाँक्रि) लामा राखेर माइती पक्षका ताम्बाले चारदामको विषय उठान गर्दछ ।

DSC_0307 copy

ताम्बाले यसो भन्छ ‘ १२ तामाङ १८ जातका सात गाउँका ताम्बा, घान्बा, लामा भन्द्र भलादमि साक्षि राखेर फलानोको छोरो फलानोकी छोरीसँग आजको दिनबाट यसरी विवाह भएको छ । यो कुरा उत्तर हिमालका डाँफे चरीले पनि सुन्यो । दक्षिण समुन्द्रमा रहेको माछाले पनि सुन्यो है ।’ भनेपछि अघि राखेको सगुन माइती, मावलीले उठाएर छ्योद छ्योद भन्ने संस्कृति छ । फेरी ताम्बाले भन्छ ‘आजबाट फलानाको छोरी फलानाको बुहारी, फलनाको छोरा फलानोको जुवाइ भयो ताम्बा गान्बा रेम्बोछे भने पछि फेरी सगुन उचालेर छ्यो छ्योद गर्ने परम्परा छ ।

अन्तमा, सबैले सुन्नु भयो नी भन्दै ‘ गान्बा, गान्सुम, मावली, माइती, हाम्रो फलानो कुलको चेलीलाई आजको दिनबाट फलानो कुलमा सर्ने गरी दिएकाछौं । सबैको साक्षिमा रगत, मासु सबै सो कुलमा मिल्यो तर यसरी चेली दिए पनि चेलीको हाड भने दिएका छैनौ है रेम्बोछे गर्दा ‘लास्सो’ भन्ने चलन छ । अघि नाङलोमा राखेको भातको डल्लो बेहुलीको दाजुभाईले काटन्े चलन छ । यसरी चारदाम भए पछि आमा, माइती, मावली, ताम्बा, गान्बा, लामा, बोन्बोलाई भेटि र सगुन दिने चलन छ ।

केटापक्षका ताम्बाले केटी पक्षका ताम्बालाई चारदाम सकिए पछि बेहेली लानै अनुमति माग्छ । अनुमति दिनभन्दा अघि विभिन्न अड्को फड्को थाप्ने चलन छ । अन्तमा माटोको भाँडामा सगुन पोङमा (कोको– म्हेन्दो), टोटालाको फूल, धुपौरोमा धुप राखेर ताम्बाले कुल देवताहरुलाई साङ सेर्गेम गर्दै ताम्बाहरुलाई हाद्र्धिकता पुर्वक विदा माग्दै साइनोले फेरी जुरेमा डम्फू लिएर आस्याङ सम्दिको आगँनमा आउँने बचन दिन्छन् ।

प्रसंग : किन हाड बाँकि राखेको भन्ने सन्दर्भमा ताम्बाहरुले भने ‘सबै कुरा हामीले सुम्पिए पनि भोलिका दिनमा छोरी विते पछि माइतिको उपस्थिति विना लास चलाउन नपाउने शर्त प्राचिनकालमा राखेकाले अहिले पनि सोही संस्कृति रहेको छ ।’ यसो भए पछि आफ्नो चेली के भएर मृत्यु भएको भन्ने माइतीले जानकारी पाउँछ ।

अहिले पनि तामाङ संस्कृतिमा छोरी चेली मर्दा माइती विना लास चलाउन पाइदैन । माइती टाढा भएको खण्डमा आफ्नो स्वागे दाजुभाइलाई माइति बनाए लास चलाउने संस्कृति तामाङ समुदायमा छ । यसैले ताम्बा संस्कृति तामाङ समुदायमा जीवन्त भएको ताम्बाहरु बताउँछन् ।

नोट : अन्यथा नलागेमा केही ठाउहरुमा भने विवाह संस्कृति फरक रहेको पाइन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution