हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

यार्सा गुम्बा:यौनशक्तिबर्धक र सर्वगुणले सम्पन्न आधा जीव/आधा विरूवा

yarsagumba_hima

यार्सा गुम्बा एक बहुमुल्य जडिबुटि हो । लामा भाषामा यार्साको अर्थ आधाजीव र गुम्बाको अर्थ आधा विरूवा वा बुटी (हर्बस्भ) हुन्छ । विश्वमा अहिले सम्म Cordyceps वर्गमा पर्ने ढुसीहरू (sac fungus)का ६८० भन्दा बढी प्रजातीहरू पत्ता लागेका छन् । यी मध्ये सबैभन्दा परिचित ढुसी यार्चागुम्बालाई अंग्रेजीमा Caterpillar fungus भनिन्छ । यसको बैज्ञानिक नाम Cordyceps Sinensis हो । ल्याटीन शब्दहरू cord “club”, ceps “head” र चिनीयाँ भन्ने अर्थमा sinensisबाट यसको वैज्ञानिक नाम Cordyceps Sinensis राखिएको हो ।

यार्सागुम्बा नेपाल र तिब्बतको हिमाली भागमा पाईने एक प्रकारको बहुमुल्य जडीबुटी हो । यो समुन्द्र सतहबाट ३,००० मीटर देखी ६,००० मीटरको उचाईमा पाइन्छ । यसलाई तिब्बती भाषामा यार्साकुन्भु तथा यार्सागुन्बु भनिन्छ । जसमा ‘यार’को अर्थ बर्षा,’सा’को अर्थ घाँस र ‘कुन्भु’को अर्थ हिउँदे किरा अर्थात बर्षामा घाँस र हिउँदमा किरा भन्ने बुझिन्छ । यार्सागुम्बा एक प्रकारको झुसिलकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ । हिमाली भेगमा हिउँद सकिएपछि बैशाख तिर हिउँ पग्लन्छ र बिरुवाहरू उम्रिएर फूल फूल्न शुरु गर्छ, त्यही समयमा पुतलीहरूले फुल पार्न थाल्छन । सोहि पुतलिको लार्भा अवस्थामा रहेको झुसिलकिरा जमीन मुनि पुग्छ र उक्त झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ । यसको जमीन माथिको ढुसी च्याउ खैरो रंगको र जमीन मुनिको भाग पंहेलो रंगको हुन्छ । जमीन मुनिको भाग ४ मि. मि. मोटो र ४ से. मि. जति लामो तथा माथीको भाग मसिनो ५-६ से. मि. जति लामो हुन्छ ।

विश्वमा १००, चीनमा २१, भारतमा ७ र नेपालमा २ प्रजातिका यार्सागुम्बा पाइन्छन् । यसलाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न टनिकको रूपमा लिइएको छ । पुरुष नपुंसकता र अजीर्ण अपचमा स्थानीय कुखराको मासुमा र मृगौलाको रोगमा सुँगुरको मासुमा यसलाई पकाएर खाइन्छ । खोकी, दम, क्षयरोग, अनिद्रामा यसलाई चिनिया औषधी विधि अनुसार सेवन गरिन्छ । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा यो उपयोगी देखिएको छ । स्नायु सम्बन्धी रोग अनिद्रा मांशपेसीको दुखाई श्वासप्रश्वास सम्बन्धी रोगमा कोलेष्ट्रोल घटाउन रोग प्रतिरोधक क्षमता बढाउन यो उपयोगी छ । हाल यार्सागुम्बालाई चामल, चिया आदिमा मिसाएर बजारमा बिक्री वितरण भइरहेको छ ।

नेपालको हिमाली भेगमा पाइने यार्सागुम्वा प्रकृतिको अनुपम उपहार हो। यार्सागुम्वा सन् २००१ सम्म व्यपारिक प्रयोजनमा थिएन र मुल्यपनि थिएन। अहिले यसको मुल्य प्रतिकिलो दुईलाख सम्म पर्ने गरेको छ। अत्यान्त महङ्गो मुल्लमा बिक्री हुने यार्सागुम्बालाई नेपालमा येल्लो लिभिङ गोल्ड (अंग्रेजी:Yellow Living Gold) का रुपमा समेत पहिचान दिन थालिएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution