यार्सागुम्वा संकलन गर्न गाउँलेहरु हिमाल तिर , गाँउ नै सुनसान
बैसाख १३ गते । बझाङका अधिकाशं गाँउका स्थानिय बासी यार्सागुम्वा संकलन गर्न सैपाल हिमाल तिर लागे पछि गाँउ नै सुनसान भएका छन् । जिल्लाको उत्तरी क्षेत्रका गाबिसका गाँउ गाँउ बाट स्थानिय बासिन्दाहरु यार्सा संकलन गर्न गए पछि गाँउहरु सुनसान भएका हुन् ।
छोटो समयमा लाखौको आम्दानी हुने भएपछि दुध चुसाउने बाल बालिका सहित लिएर केटा केटी यूवा बृद्घ सहित यार्सा टिप्न लेक तिर गएका छन् । दौतिचौरका गोरख बोहराले गाँउका सबै यार्सा गुम्बा टिप्न लेक तिर हिडेपछि गाँउमा असक्त बृद्घहरु मात्र गाँउमा रहेको बताउनु भयो । वहाँले मोबाईलको नेटवर्क नलाग्ने हिमाल तिर गाँउमा केही ठूलो घटनाहरु घटेपनि स्थानिय एफएम बाट खबर गरि बोलाउनु पर्ने अबस्था आएको समेत बताउनु भयो । जिल्लाको उत्तरी क्षेत्रका काडा , सुर्मा,दौलिचौर ,दहबगर,मेलबिसौना, धमेना, रिलु ,दातोला लगाएतका एक दर्जन भन्दा बढी गाबिसका बासिन्दाहरु यार्सा संकलन गर्न हिमालतिर जाने गर्दछन् । वच्चा देखी ६० वर्ष नाघेका मानिसहरु पनि छोटो समयमा धेरै कमाई हुने आशा गर्दै यार्सागुम्वा खोज्न गएको सुर्मा गाबिसका स्थानिय बासी पुस्कल बोहराले बताउनु भयो । बैसाख देखि साउन सम्म यार्स संकलन गर्ने उपयुक्त समय भएकाले यो सिजनमा खानेकुरा बस्नका लागी पाल लिएर हजारौको सख्यामा यार्सा संकलनका लागी लेक तिर गएको बताउनु भयो ।
ग्रामिण भेगमा घर को सुरक्षाका साथै वस्तुभाउ पाल्नका लागी वसेका प्रति परिबार १ जना मानिस वाहेका अरु गाउमा नहुने गरेको स्थानियबासी वहाले बताउनु भयो । बोहराले गत बर्ष यार्साको दर ओरालो लागे पछि स्थानिय स्तरमा निरास छाएको भए पनि यस बर्ष भने यार्साको दर बढन सक्ने र मलग्य आम्दानी हुने आसामा गाँउ रित्तिएको छ ।यस जिल्ला बाट यार्सा टिप्नका लागी प्राय मानिस हरु काडा गाबिसको राईढुङ्गे,सुर्मा सरोबर क्षेत्र, उरै क्षेत्र, रक्षा हिमाल , गोल्डेन हिमाल र सैपाल हिमाल र सुर्मा गाबिसको कुण्ड, धनसेरी ,पार्छि र सरोबर क्षेत्रमा तिर जाने गर्दछन् । हिमाल तिर जानका लागी बाटो घाटो राम्रो नहुदा बर्षेनी दुई चार जनाले ज्यान गुमाउने गरेका छन् । हिमाल तिर लुटपाट चारी डकैती र चोरी सिकारका घटनाहरु बढदै गए पछि प्रहरीको सुरक्षा सहित यस बर्ष पनि दहबगर गाबिस र काडा गाबिसका प्रहरीको दुई वटा टोली खटाईने तयारी भई रहेको प्रहरी नायब उपरिक्षक लक्ष्मी राज अधिकारीले बताउनु भयो । वहाले यसका लागी आबस्यक तयारी भई रहेको समेत जानकारी दिनु भयो । बिगत बर्षमा प्रति केजी १८ लाख पर्ने यार्साको गत बर्ष ८ लाखमा झरेको थियो ।
-शैलेन्द्र रोकाया, बझाङ