हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपालमा ऐतिहासिक युगको थालनी र बौद्ध धर्म संगसंगै

buddha

नेपालमा मानव वस्तीको विकास मानव सभ्यताको आरम्भदेखि नै भएको यहाँँको भूवनोटबाट झल्कन्छ । यहाँँको भौगोलिक अवस्थिति, अवशेष र प्राग्–ऐतिहासिक एवं प्राचीन स्मारकहरूका आधारमा नेपाल पौराणिककालदेखि नै धार्मिक र पवित्र देश हो । यो प्राकृतिक सुन्दरता र शान्त भूमिको रूपमा सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन, द्वापर युगमा मुक्तिसोपान र कलियुगमा नेपाल रहेको ऐतिहासिक तथ्य पाइन्छन् । नेपालको सर्वप्रथम उल्लेख ईशापूर्व ८०० देखि ६०० को अवधिमा लेखिएको मानिने अथर्व परिशिष्टमा भएको देखिन्छ । ऐतिहासिक कामरूप (आसाम), विदेह (मिथिला), उदुम्बर, अवन्ति (उज्जैन) र कैकेय देशहरूसँगै नेपाल देशको नाम पनि उल्लेख छ । महाभारत (वनपर्व), स्कन्द पुराण, गरुड पुराण र वराह पुराण आदिमा पनि नेपाल उल्लेख छ । अभिलेखको रूपमा लेख्य प्रमाण भीमार्जुनदेव र विष्णु गुप्तको लगन यंगाल धाराको अभिलेख (सन् ६४०) हो ।मानवको उत्पत्तिसँगै जोडिने धार्मिक एवं सांस्कृतिक परम्पराका बारेमा सबै धर्मका ज्ञाता एवं विज्ञहरूले आ–आफ्ना धर्मको इतिहासलाई प्राचीनतम मान्दछन् र सृष्टिका कुरालाई जोड्दछन् । नेपालमा हिन्दू र बौद्ध दुवैले आफ्नो धर्मको प्राचीनतालाई नेपालको उत्पत्तिसँगै जोडेको पाइन्छ ।

नेपालमा बौद्ध धर्मको इतिहासलाई यकिन गर्न त्यति सजिलो छैन । जसरी हिन्दू धर्मको इतिहास केलाउँदा उपत्यकाको तलाउ रुपका बारेमा जोडिए जस्तै बौद्ध मार्गीहरूले पनि बौद्ध धर्मको प्रचलनमा यही प्रसंग ल्याउँछन् । विशेषतः बौद्ध ग्रन्थमध्ये स्वयम्भू पुराण र वंशावलीहरूले काठमाडौं उपत्यकालाई जलमग्न पोखरीको रूपमा उल्लेख गर्दै महाचीनबाट आएका विद्वान् मञ्जुश्री बोधिसत्वले खड्गले चोभार पहाडलाई काटेर उपत्यकालाई सुख्खा एवं बस्नलायक बनाएको र स्वयम्भूको कथासँग यसलाई जोड्दछन् । यसको अर्थ बौद्ध धर्म नेपालमा ऐतिहासिक युगको थालनीदेखि नै शुरु भएको भन्ने देखिन्छ ।

कतिपय बौद्धमार्गीले वंशावली र धार्मिक इतिहासलगायतलाई स्रोत मानी नेपालमा गौतम बुद्ध वा शाक्यमुनि बुद्धभन्दा अगाडि विपश्वी, शिखी, विश्वभू, क्रकुच्छन्द, कनकमुनि, काश्यप बुद्धमध्ये कतिपय बुद्ध नेपालमा जन्मेका र उनीहरू नेपाल आएको कुरा उल्लेख गरिएको पाइन्छ । क्रकुच्छन्द र कनकमुनि नेपालकै कपिलवस्तुमा जन्मेका थिए भन्ने प्रमाण त्यहाँँ रहेका अशोक स्तम्भहरूले पनि पुष्टि गर्छन् । यसबाट नेपालमा बौद्ध धर्मको इतिहास गौतम बुद्धभन्दा धेरै अगाडिदेखि प्रचलनमा आएको स्वयम्भू र बैद्धनाथको इतिहासले पनि पुष्टि गर्दछ । यति हुँदाहुँदै पनि हाल नेपालमा प्रचलित बौद्ध धर्म र त्यसको प्राचीनताको इतिहास शाक्यमुनि बुद्धसँग नै जोडिएको छ । त्यस अघिको बौद्ध धर्म वा बौद्ध संस्कार र पद्धतिका बारेमा उल्लेख गर्ने आधार पनि देखिंदैन ।प्रचलित बौद्ध मत तथा केही वंशावलीमा शाक्यमुनि गौतम बुद्धभन्दा अगाडिका मानव बुद्धहरू विपश्वी, शिखि, विश्वभू, क्रकुच्छन्द आदिसँग स्वयम्भूको उत्पत्तिको प्रसंगलाई जोडिएकोे पाइन्छ । प्रथम मानव बुद्ध विपश्वीले नागदहमा कमल बीज रोपे, बीजबाट कमल पुष्प उत्पन्न भयो र त्यहीं स्वयम्भू अवतरित भए, त्यहीं स्वयम्भू महाचैत्य निर्माण भएको हो भन्ने स्वयम्भू पुराणको कथन रहेको छ ।

नेपालमा शैव र बौद्ध दुवै धर्म त्यस समयमा उत्तिकै लोकप्रिय सहिष्णुताका साथ अगाडि बढेको र कतिपय अवस्थामा मिश्रित भएको पनि पाइन्छ । यस सम्प्रदायलाई शिवबुद्धको नाम दिएको पनि पाइन्छ । इन्डोनेसियाको जावातिर पनि यस सम्प्रदायले जरा गाडेको देखिन्छ तर नेपालको र जावाको कुनै सम्बन्ध स्पष्ट नदेखिएकाले यस विषयमा केही विशेष भन्न सकिंदैन । शिवबुद्ध सम्प्रदाय तत्कालीन राजाहरूको धार्मिक सहिष्णुताको परिणामस्वरुप उत्पन्न भएको देखिन्छ । गोपाल राजवंशावलीले स्वयम्भू महाचैत्यको निर्माण गर्ने लिच्छवी राजा वृषदेवलाई देखाएको छ । उनी बौद्धधर्मप्रति बढी आस्था राख्ने शासक थिए । स्वयम्भूमा प्राप्त मानदेवकालीन अभिलेखमा पनि जग्गा गुठी राखेको उल्लेख छ । यो त्यहाँँ राखिएको प्राप्त पहिलो अभिलेख पनि हो ।

वंशावलीहरूमा अंशुवर्माभन्दा अघिका अनेक राजालाई पशुपति र चैत्यको संस्कार गर्ने अथवा केही चढाउने भनी वर्णन गरिएको छ, जसलाई धार्मिक सहिष्णुताको कोटिमा राख्न सकिन्छ । अंशुवर्माको समयदेखि शिवबुद्ध सम्प्रदाय स्पष्टरूपमा देखापर्न थालेको पाइन्छ । अंशुवर्माले आफ्नो शासनको पहिलो अभिलेख, जुन बुङ्मतीमा राखेका छन्, त्यसमा शीर्षभागमा बौद्ध चिन्ह धर्मचक्र र दुई हरिण राखेका छन् भने अभिलेख भागमा चाहिं आफ्नो पाशुपत उपाधि ‘भगवत्पशुपतिभट्टारकपादानुगृहीत’ उल्लेख गरेका छन् । त्यसैगरी अंशुवर्माको समयको अर्को अभिलेखमा “संसारका मुख्य गुरू भएका बुद्धलाई नमस्कार छ । यसबाट जुन पुण्य मैले पाएँ, त्यसबाट सारा जनताले बुद्धत्व प्राप्त गरून्…” भन्ने उल्लेख छ ।

विभिन्न समयमा विभिन्न शासक, श्रद्धालु भक्तजन, बौद्ध विद्वान्हरूले स्वयम्भूको पूजा–आजाका निमित्त गुठी राखेका, मर्मत सम्भार गरेका, जीर्णोद्धार गरेका तथ्यहरूबाट नेपालमा बौद्ध धर्मको पनि उत्तिकै प्रभाव रहेको थियो भन्ने देखिन्छ । मध्यकालको पूवार्धतिर शाक्य भिक्षु मैत्री चन्द्रलगायतका श्रद्धालुले चैत्यको जीर्णोद्धार गरेका थिए । सन् १०४१ तिर विक्रमशीला विद्यापीठका विद्वान् अतिश दिपंकर स्वयम्भू महाचैत्यको दर्शन गर्न आएका थिए । त्यस्तै तिब्बतका विद्वान धर्मस्वामी (चागलोत्सवा) पनि सन् १२२८ ताका स्वयम्भूमा आठ वर्ष बसेर बज्रयानसम्बन्धी शिक्षा लिएको बताइन्छ । यी प्रमाणबाट नेपालमा बौद्ध धर्म एधारौं र बाह्रौं शताब्दीतिर प्रसिद्ध रहेको र बौद्ध शिक्षाका लागि पनि प्रख्यात रहेको देखिन्छ ।
तेह्रौं शताब्दीको अन्त्यतिर बुद्धधर्ममा भारतमा केही उतार–चढाव आयो । त्यहाँँँ तुर्कीहरूद्वारा बौद्धधमावलम्बीमाथि रक्तपातपूर्ण दमन भयो, जसबाट धेरै भिक्षु यताउता लागे र धेरै नेपाल पनि आए । यही समयमा नेपालमा जयस्थिति मल्लले सामाजिक सुधार गरेको हुँदा बौद्ध भिक्षुहरू घर–व्यवहारमा जान बाध्य भए । पुरोहितवादी र चूडाकर्मको परम्परा बौद्ध धर्ममा देखा पर्न शुरु भयो । हुन त यहाँँ शुरुदेखि नै प्रशस्त विहार बनेका र भिक्षु–भिक्षुणी र तिनका संघहरू रहेको विभिन्न वंशावली र अभिलेखहरूबाट देखिन्छ । बौद्ध धर्मको प्रचारका लागि बौद्ध विद्वान्हरू नेपाल, भारत, तिब्बत र चीनसम्म आउने जाने गरेको पनि देखिन्छ । राजा नरेन्द्रदेवको बौद्धधर्मप्रतिको झुकावका बारेमा चिनियाँ यात्रीको वृतान्तमा पनि उल्लेख छ । राजा मानदेवका जिजुबाजे वृषदेव त कट्टर बौद्धमार्गी नै थिए । मध्यकालमा पनि त्यसले निरन्तरता पाएको थियो । विशेषगरी महायानी आचार्यहरू नेपालमा आउने र बस्ने गरेका कारण तिब्बतीहरू बौद्ध शिक्षाका लागि यहाँँ आउँथे । प्राचीन र प्रारम्भिक मध्यकालमा पाटन यसको केन्द्र नै बनेको थियो ।

पाटनको हिरण्यवर्ण, रुद्रवर्ण विहार, भक्तपुरको चतुब्र्रह्मा महाविहार र काठमाडौंको स्वयम्भू, बौद्धनाथ, श्रीघः विहार, इटुम्बहाल, विक्रमशील विहारलगायतका स्थान बौद्ध शिक्षाका केन्द्र थिए । यस समयमा बौद्ध कला र संस्कृतिको पनि व्यापक विकास भएको थियो । बज्रयान पनि भनिने तन्त्रयानको पनि नेपालमा प्रवेश भइसकेको कुरा त्यसबेलाका कला र संस्कृतिको परम्पराले देखाउँछन् । उपत्यका बाहिरका पश्चिमी खस मल्लहरूले पनि बौद्ध धर्मलाई भिœयाएका थिए । रिपु मल्लले चौधौं शताब्दीमा लुम्बिनी पुगेर अशोक स्तम्भमा आफ्नो नाम लेखेकोबाट पनि यसलाई पुष्टि गर्न सकिन्छ ।
मध्यकालमा नेपालको बौद्ध धर्मको प्रकृतिमा केही भिन्नता भने देखिन थाल्यो । विशेषतः नेपालको बौद्ध धर्ममा तन्त्रयानको प्रभाव बढ्दै आयो । हुन त सातौं शताब्दीमै ह्वेन साङले नेपालमा महायान सम्प्रदायको बढी विकास भएको कुरा उल्लेख गरेका छन् । महायानमा पछि तन्त्रको विकाससँगै बज्रयानको प्रभाव पनि नेपालमा त्यतिकै बढ्यो । मल्ल राजाहरू पनि तन्त्रमन्त्रमा बढी विश्वास गर्दथे, जुन कुरा भाषा वंशावलीमा पनि उल्लेख पाइन्छ । काठमाडौं, पाटन, भक्तपुर र उपत्यकावरपर फर्पिङ, साँखू, बज्रवाराहीलगायतका स्थान पनि बौद्ध धर्मका लागि चर्चित थिए । आधुनिककालमा भने नेपालमा बौद्धधर्मको इतिहास त्यति सुदृढ रहन सकेको देखिंदैन । शाह राजाहरूभन्दा पनि राणाहरूले यसको योगदानमा कुनै उल्लेख्य काम गरेनन् तर पनि नेपालमा हाल बौद्ध धर्मका मुख्य सम्प्रदाय पूर्ववत रूपमै प्रचलनमा छन् ।

गौतम बुद्धको परिनिर्वाणपछि बौद्ध धर्ममा थेरवाद, महायान र बज्रयान भनी मुख्य धार्मिक अभ्यास र मान्यता विकसित भए । यी तीनवटै मान्यतालाई नेपालमा उत्तिकै प्रथमिकता दिएको पाइन्छ ।

-डा. उद्धव पुरी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution