हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

धेरै शंका र भ्रमले लाग्छ मनोरोग !

shyness_2134220b

चितवन । चितवन दिव्यनगरकी ४५ वर्षीया एक महिलाको आँगनमा चिप्लिएर हात भाँचियो । त्यसपछि उनले झारफुक गरेर झाँक्रीले भनेको पत्याएर जडीबुटीका लहराले बाँधेर राखिन् । त्यसपछि उनले नमस्कार गर्दा हात लुकाउने, पछौराले छोप्ने, कुनै कार्यक्रम गर्दा नजाने गर्न थालिन् । एकाएक उनको जीवनमा परिवर्तन आयो । पहिले हँसिली ती महिला पछि बोल्नै छाडिन् । एक त आर्थिक अवस्था कमजोर अर्काे भाँचिएको हातमा लहरा बाँधेकाले जिस्काउला भन्ने डर उनमा पैदा भयो ।

त्यसैले लुकेर हिँड्न थालिन्, स्थानीय मनोविमर्शकर्ता आरती विकले भन्नु भयो, “हाम्रो त वरिपरि नै पर्न छाडिन् ।” यो कुरा आरतीले गाउँमा बनेको मनोसामाजिक सहयोग समितिमा राखिन् । समूहमा सिकेको कुरा लागू गर्न केही महिला तम्सिए । बाटो काट्ने बेलामा उनको घरमा पस्ने नबोले पनि बोलाउने गर्नुपर्छ भनेर केही महिला कस्सिए । त्यो क्रम केही दिन चल्यो । बिस्तारै गाउँलेले उनलाई नजिक बनाए । त्यसपछि उनी खुल्न थालिन् । हात देखाउने भइन् । “हात लामो समय सफा नगर्दा मयलले भरिएको र हात नै बाँगोजस्तो भइरहेको रहेछ”, मनोसामाजिक परामर्शदाता राधा अर्यालले भन्नु भयो ।

उनलाई हामीले नै पैसा उठाएर उपचार गरायौँ । अहिले उनको जीवन पुनः पुरानै अवस्थामा आएको छ । “त्यो दिदीलाई देख्दा मनमा शान्ति पाएपछि त्यसै चमक देखिँदो रहेछ भन्ने लाग्छ”, आरतीले भन्नु भयो । गाउँकै ६५ वर्षीया वृद्धले श्रीमती कोहीसँग बोल्दा पनि झगडा हुने अवस्था आयो । अर्कैसँग लागि भनेर रिस गर्न थाले । श्रीमानले हेराउन जाँदा झाँक्रीले फुकेको सुपारी खुवाउन सल्लाह दिएछन् । तर नमान्दा परिवारमा कलह बढ्यो । श्रीमानकै भनाइअनुसार फुकेको सुपारी दिन मनोविमर्शकर्ता तयार भए । “तर त्यो सुपारीमा कुनै विषादी पनि हुन सक्छ भनेर हामीले सुपारी परिवर्तन गरेर खान दियौँ त्यसपछि सबै समस्या हल भयो,” आरतीले भन्नु भयो । उनको मनको सन्तोषका लागि सुपारी दिनुपरेको स्थानीयवासी बताउँछन् ।

यसरी गाउँमा आठ वटा समूहका १८० जना स्थानीयवासीलाई मनोविमर्श सेवा दिइएको थियो । त्यसमध्ये ११ जनामा समस्या देखिएको मनोविमर्शकर्ता राधा अर्यालले बताउनुभयो । सात जनाको गाउँमा मनोसामाजिक सहयोग समितिमार्फत समस्या समाधान भयो । अन्य चार जनालाई अलि गम्भीर भएकाले उपचारका लागि सिफारिस गरिएको स्थानीयवासी टीकाप्रसाद अधिकारीले बताउनु भयो । टिपिओ नेपालले स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा गाउँमा गम्भीर मनोरोगीको उपचार गर्ने र सेवा दिने गर्दै आएको छ । अन्य सामान्य मनोरोग गाउँलेले नै समाधान गर्ने गरेका छन् ।

अहिले झगडा प¥यो भने गाउँले चौकी जाँदैनन् , पहिले समितिमा आउँछन् । स्थानीयवासी टीकाप्रसाद अधिकारी मानिसमा उब्जने भ्रमले मनोसामाजिक समस्या हुने बताउनु हुन्छ । बेलामै यस्ता विषयमा ध्यान दिए मनोरोग नलाग्ने चिकित्सकले बताएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution