हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

एनआरएन युएईले पनि खादा प्रयोग नगर्ने

khadaa

गत शुक्रबार युएईको अल एन मा एन आर एन युएई क्षेत्रीय समितिले आयोजना गरेको नव बर्ष साझमा कार्यक्रम संचालन गर्दै थिए गजलकार जे सागर । बिभिन्न अथितिहरुको आसनग्रह पश्चात बिशेष अतिथिमा बोलाईएको थियो गैर आवाशीय नेपाली संघ एन आर एन युएईका अध्यक्ष सुदिप कार्कीलाई । कार्कीको नाम उद्घोष संगै उद्घोषक सागरले एन आर एन युएईले अतिथिको सत्कारमा प्रयोग गरिने खादालाई प्रयोग नगर्ने जानकारी स्टेजबाट गराईरहेका थिए, त्यहि अनुसार अध्यक्ष कार्कीले पनि स्वयमसेविका महिलाहरुले खादा पहिराउन खोज्दा खादा ग्रहण गर्न मानेन् र ब्याज मात्र ग्रहण गरे ।

उनि संगै एन आर एन युएईका युवा प्रतिनिधि निश्चल दाहाल पनि बिना खादा अतिथि आसन ग्रहणमा बसेका थिए ।बौद धर्मका लामा गुरुहरुले शुद्द, चोखो, पवित्र र उच्च सम्मानले हेरिने यो खादालाई एन आर एन युएईले प्रयोग नगर्ने जानकारी गराई लगतै युएईमा रहेका नेपालीहरुको सामाजिक संजालमा तरंग आएको छ । खादा भनेको चौडाईमा अन्दाजी चार पाँच अम्बल र लम्बाइमा अन्दाजी डेढ दुई हात सम्मको हुन्छ । तिब्बतीयन बौद धर्म अनुसार 4 teachingहरु निङ्गमा,गेलुक्पा,कग्युपा,सक्यापामा चढाउने खादाको बिकाश भएको हो । यो सिल्क मलमल कपडाबाट बनेको पहेलो,सेतो र बिभिन्न रंगमा बौद्ध मन्त्र सहितको छापेको कपडा उपहार हो । खास गरि मान्छे जन्मिएर शुद्द चोखाई सकेपछि,बिहे,ब्रतबन्ध,छेवार,पास्नी,बिदाइ,स्वागत र कहिँ कतै मृतु पछी पनि कसैको सम्मानमा प्रयोग हुने यो खादा पछिल्लो समय भने बिभिन्न राजनैतिक पाटीका नेताहरुको सम्मानमा ,सामाजिक संघसस्थाका प्रतिनिधिहरुको सम्मानमा प्रयोग हुदै आएको छ ।

युएईमा रहेको एन आर एनले बौद धर्मको प्रबित्र बस्त्र खादालाई एकाएक युएईबाट नलगाउने जानकारी गराए लगतै शेर्पा किदुग युएईका अध्यक्ष पासांग शेर्पा खादाको बहिस्कार गर्ने र खादा प्रयोग नगर्ने समाजसेबीहरुलाई शेर्पा किदुग युएईको कुनै पनि कार्यक्रमहरुमा अतिथिको रुपमा निमन्त्रणा नगरिने घोषणा आफ्नो फेसबुक पेजबाट गर्नु भएको छ ।

शेर्पाको कडा फेसबुक स्टाटस आए पछि एन आर एन युएईका सल्लाहकार एबम साहित्यकार निमेष गिरिले एन आर एन युएई एबम कुनै व्यक्ति र सस्थाले खादालाई बहिस्कार र तिरस्कार नगरेको भनेर प्रस्ट्याएका छन् । गिरीले सामाजिक कार्यक्रममा खादा, माला,ब्याजको सदुपयोग भन्दा पनि दुरुपयोग बढी भएको कारण खादा र ब्याजको प्रयोगमा हुने खर्चलाई जम्मा गर्ने हो भने एक बिधार्थीको लागि बर्ष भरिकालागि कापी,कलम सहयोग गर्न सकिने भनेर टिपणी गरेका छन ।

हुन् त् युएईमा समय सापेक्ष बिभिन्न बिषयहरुमा सामाजिक संजाल गर्मागर्मी हुनु कुनै नौलो कुरो होइन । गत शुक्रबार यता पुन खादाको बहसलाई लिएर युएईको सामाजिक संजाल एकाएक गर्मगर्मि बढेको छ ।

एन आर एन युएईले सामाजिक कार्यक्रमहरुमा सम्मानको लागी प्रयोग हुने खादाको मान मर्यादा बुझेर अतिरन्जित प्रयोग नगर्ने भनी रहदा यता नेपाल आदिबासी जनजाती महासंघ युएईका अध्यक्ष डी आर गुरुङले भने प्रयोग नगर्ने सबैलाई छुट छ तर घोषणा गर्नु र अरुलाई पनि आव्हान गर्नुको अर्थ त्यसको मर्यादा र धार्मिक पवित्रतालाई अवमुल्यन गर्नु हो” भनेर आफ्नो धारणा राख्छन । गुरुङ युएईका जल्दाबल्दा र निडर स्वभावका सामाजिककर्मी एबम जनजाती नेता हुन् । जनजाती नेता गुरुङले खादा कसैले प्रयोग नगर्न पाउछ तर सार्बजनिक रुपमा अरुलाई पनि प्रयोग नगर्न आव्हान गर्ने छुट कसैलाई हुँदैन l त्यस्तो कार्यले बौद्ध धर्म विरुद्धको लबिङ् गरेको हो कि भन्ने आशंका पैदा हुन सक्छ भनेर हामी लाई प्रतिक्रया दिए ।

एन आर एन युएईको पछिल्लो खादा प्रयोग बारे सामाजिक संजालको बहस ताती रहदा उता एन आर एन आइ सी सी सदस्य गोपाल कडेलले भने आफ्नो फेसबुक पेजमा एनआरएनकर्मी के गरुन भन्ने चाहन्छन यिनीहरु ? भनेर दिशाबिहिन प्रस्न गरेका छन् l कडेलले आफ्नो वालबाट अनावस्यक खर्च कम गर्न खादा प्रयोग नगरौ भन्दा पनि बिबादित हुने ,मानवतस्करी बन्द गरौ भन्दा पनि बिबादित हुने र सबै समस्याको सावधानमा जुटौ भन्दा पनि छलफलमा उपस्थित नहुनेहरु लाई कि त आफु गर्नु नत्र काम गर्नेहरुको बिचमा तगारो नबन्न सुझाब दिएका छन् ।

हुन त् कसैको सम्मानमा प्रयोग हुने खादा युएईमा मात्र नभएर देश विदेशमा पनि बिबादित बनि रहन्छ l केहि समय पहिले नेपाली चलचित्र बिन्दास -३ कि नायिका शुभेच्छा थापाको फोटो सुटको बिषयलाई लिएर निकै बिबादित भएको खादा विवाद पछि नायिकाले अन्जानमा भएको गल्ति भनि माफी मागे पश्चात सावधान भएको थियो ।

आसा गरौ , युएईमा तातीरहेको बौद धर्मको सम्मानमा प्रयोग हुने बस्त्र खादाको बिषय पनि कुनै धार्मिक र निष्ठाको भाबले गलत दुस्प्रचार नभई युएईमा हुने सामाजिक सस्थाहरुको खर्च कम गर्ने सोच र परिपाटीको विकासमा आधारित रहोस्  । रमेश खड्का काशी @ मोफासल |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution