हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सखुवासभामा चौरी चराउँदै, बार्षिक २५ लाख आम्दानी

DSC_0046

खाँदबारी डेटलाइन

संखुवासभाको नुनढाकी–९ का ४३ वर्षीय मिङमा छिरिङ शेर्पाको दैनिकी ८० वटा चौरीको हेरचाहा गर्दै बित्छ । ५० माउ याक छ बाँकी बाछा र याकको गोरु छ । पुर्ख देखिनै चौरी पालन गर्दै आएका शेर्पाले बार्षिक २५ लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताए । दुई छोरा तीन छोरी र श्रीमतीलाई यसै पेशाबाट जुगारा चलाउदै घरघरेडी जोडजाम गरेको मिङमाले बताए । ठुली छोरी दावाकी शेर्पाले प्रमाणपत्र तह उर्तिण गरीन भने छोरा डण्डुले यसै बर्ष एसएलसी दिएका छन् भने बाँकी छोराछोरी विद्यालय पढ्न जाने गर्छन । उनी आफु निरक्षर रहेता पनि चौरीपालनबाटै गरेको आम्दानीले छोराछोरी पढाउने र परिवारको गुजारा चलाउदै आएका बताउछन् ।

DSC_0009

एउटा याकको मुल्य ४० हजार देखि ८० हजार सम्म पर्न आउछ । बार्षिक २५ लाख बढी याक बिक्री गरी आम्दानी गर्ने गरेको बताउछन् । उनी वार्षीक दुई सय किलोग्राम छुर्पी र घिउ उत्पादन गर्ने गरेको बताए । एक किलोग्राम छुर्पी सात सय रुपैयाँमा बिक्री हुन्छ । चरन वापत वार्षीक ८० हजार सम्म खर्चेरी (चरण वापतको शुल्क) किपटवाला लिम्बुहरुलाई बुझाउने गरेको र बाँकी रहेको रकम खुद आम्दानी हुने गर्छ । गुफापोखरी,झ्याउपोखरी,म्यान्छेयमधाप, चुर्चुरे,खोरङगा, गुफा, सुके खर्क मुख्य चौरी र याकको चरन क्षेत्र हो ।

उनी जस्तै थुदामा फुज्युङ भोटे ७० वटा याक छ भने दाजुभाई च्युङदाक लामाको ६० , कान्छा लामाको ६० र ङवाङ लुण्डुक भोटेको ६० वटा याक छन् । यि परिवारको पुर्खेली पेशानै चौरी पालन हो । बार्षिक रुपमा यि परिवारले खर्च र परिवारलाई गुजारा चलाएर पनि २० लाख बढी आम्दानी गर्ने गरेको स्थानीय अगुवा छिरिङ लामाले बताए । याकको मुल्य तिव्वतमा एक लाख ५० हजार सम्ममा बिक्री हुने गर्छ । बारी जोत्न र भारी बोक्न तिव्वतमा प्रयोग गर्ने गरेकाले यसको माग बढी हुने गरेको कान्छा लामाले बताए ।

चिनियाँ गोरु र याकको माउ(डि) लाई मिश्रण गरी जन्मिएको बच्च एक लाख भन्दा माथिको मुल्यमा बिक्री हुने गरेकाले यो व्यवसाय गर्न उनीहरु आर्कषित भएका छन् । अर्को व्यवसायमा गाई र याकको क्रस गरी जन्माइएको जोमु बिषेश गरी दुध उत्पादनका लागि पालिने भएकाले थप आम्दानीको श्रोत बनेको हो । जोमु दुध उत्पादनको लागि बढी प्रयोग हुने गर्छ भने याक भारी बोक्न र जोत्न प्रयोग गरिन्छ । नुनढाकी–९ गुफापोखरीका पेम्वा छिरिङको ७०, कासाङ भोटेको ७० र सण्डुक लामाको ५० जोमु पालेर दुध उत्पादन गर्दै आएका छन् । यि परिवारले दुधबाट छुर्पी, घिउ उत्पादन गरी अन्तराष्ट्रिय बजारसम्म बिक्री गर्ने गरेका छन् । मुख्य पेशानै बनाएका यि लामा परिवारले राम्रो आम्दानी लिन थाले पछि अरुले पनि चौरी र याक पालन पेशामा आकर्षित भएका छन् ।

DSC_0049

यता चरण अभाव र किपट प्रथाले पेशा संकटमा परेकोले संरक्षणमा चासो दिनु पर्ने स्थानीय अगुवा छिरिङ लामाको माग छ । पशुसेवा कार्यालय,कृषि बिकास कार्यालय र जिल्ला बिकास समितिको कार्यालयले पनि यो लोपन्मुख पेशाको रुपमा चौरीपालन पेशा भएकाले थप संरक्षण गर्न र चौरीपालनका लागि नयाँ कार्याक्रम ल्याउनु पर्ने माग गरेका छन् । मुख्य गरी हिमाली क्षेत्रमा गर्दै आएको यो पेशा हाल मकालु र गुफापोखरी क्षेत्रमा मात्र सिमित रहेका छन् । केही बर्ष अघि सम्म सय बढी परिवारले पाल्दै आएको चौरीपालन हाल २० परिवारमा मात्र सिमित रहेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution