हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

के हो बाहुन बाद ?

arunbrl

अरूण बराल

‘बाहुनबाद’ शब्दको प्रयोग यतिबेला अत्यधिक भइरहेको छ । ‘बाहुनबाद’को पयार्यवाची शब्दका रुपमा ‘ब्राह्मणबाद’ पनि भन्ने गरिएको छ । बिशेषगरी जनजाति र दलित आन्दोलनमा यो शब्दलाई बढी प्रयोग गर्ने गरिएको छ । नेकपा माओबादीले पनि ‘बाहुनबाद’ शब्दलाई प्रयोगमा ल्याएको छ । तर बाहुनबाद (ब्राह्मणबाद) शब्दको अर्थ र त्यसको क्षेत्र के हो ? यसको उचित ढंगबाट परिभाषा नहुँदा ‘बाहुनबाद’को अर्थलाई गलत ढंगले बुझ्ने र अपबख्या गर्ने खतरा पनि बढिरहेको छ । ‘बाहुनबाद’लाई ठिक ढंगले नबुझ्दा सबैभन्दा बढी त बाहुन नै आत्तिएका र डराएका छन् । ‘बाहुनबाद’भनेको बाहुन जातिकै बिरोध हो भन्ने भ्रम कतिपयलाई परिरहेको छ । यसै कारणले गर्दा पनि ‘बाहुनबाद’को सही ढंगबाट परिभाषा एबं ब्याख्या गरिन आबश्यक छ ।

शाब्दिक अर्थ :

पं.कुलचन्द्र गौतमकृत् अमरकोशमा ब्राह्मणलाई ‘चार बर्णमध्ये एकको नाम’ भनिएको छ । (पं कुलचन्द्र गौतम पृ-१४३) त्यसैगरी, सोही अमरकोशमा ‘ब्राह्मण’का ६ वटा प्रर्यायवाची अर्थ दिइएको छ । ती हुन- द्धिजाति , अग्रजन्मा ,भूदेव , वाडव , विप्र र ब्राह्मण । उही अमरकोशमा ब्राह्मण र ‘पण्डित’लाई अलिक फरक किसिमले अथ्र्याइएको छ । ‘पण्डित’का डेढदर्जन पर्यायवाची शब्द उल्लेख गर्दै भनिएको छ – बिद्धवान , बिपश्रित , द्धोषज्ञ ,सन् ,सुधी ,कोबिद ,बुध ,धीर , मनिषी , ज्ञ ,प्राज्ञ , संख्यावान् ,पण्डित , कबि ,धीमान ,सूरि , कृती , क्रृष्टि , लब्धबर्ण बिचक्षण ,दूरदर्शी र दीर्धदर्शी (उही पृ-१४४)

उपर्युक्त शब्द अर्थहरुलाइ हेर्दा ती अत्यन्तै पक्षपातपूर्ण देखिन्छन् । पण्डितलाई त्यतिधेरै बिभूषण लगाईएका भए पनि यतिबेला आफूलाई पण्डित बनाउनेहरुमा कत्तिको बिद्धता छ भन्ने कुरा लोकलाई थाहा भएकै कुरा हो । तर, सबै ब्राह्मण पण्डित हैनन् भन्ने कुरा चांहि अमरकोशले प्रस्ट पार्दछ । ब्राह्मण भनेको चार बर्ण मध्ये एक जातिको प्रतिनिधि मात्र हो भन्ने कुराको प्रमाण यसबाट मिल्छ । ब्राह्मणले आफूलाई ज्ञानी पण्डित वा बंशानुगत हिसाबले प्राज्ञ वा श्रेष्ठ ठान्नु भ्रम मात्र हो भन्ने पनि यहिबाट पुष्टि हुन्छ ।

बाहुनबादको परिभाषा:

ब्राह्मणबाद भनेको एउटा दृष्टिकोण हो, दर्शन हो । यस दर्शनमा अरुलाई होच्याएर तल्लो दर्जामा दासत्व र प्रभुतवबादी प्रचलन कायम राख्दै कुनै एक जातिबिशेषलाई मात्र जन्मदै ठुलो र पूजनीय भनी उपल्लो तहमा राखिन्छ । -डोरबहादुर बिष्ट

हाल बेपत्ता अबस्थामा रहेका नेपालका चर्चिर्त तिहासकार एबं समाजशास्त्री डोरबहादुर बिष्ट नै तयस्ता उल्लेखनीय ब्यक्ति हुन् , जस्ले बाहुनबाद र नेपाली समाजमा यसले पारेको कुप्रभावका बारेमा बिषद् ब्याख्या गरेका छन् । बिष्टले ‘भागबाद र बिकास’उबं ‘नेपालका जनता’ नामक आफ्ना प्रशिद्ध दुई कृतिमा बाहुनबादको राम्रो बिश्लेषण गरेका छन् , जुन किताब नेपालका सबै बाहुन – क्षेत्रीले गहिरिएर अध्ययन गर्न आबश्यक छ ।

डोरबहादुर बिष्टले एउटा छुट्टै प्रसंगमा बाहुनबादको बिषयमा भनेका छन् – ‘मुलुकमा बिध्धमान असमानता, कुरीति जातिय भेदभाव , उचच – नीचको कारण देश बिकासमा अबरोध खडा भएको छ । यो साम्प्रदायिताले जन्मदै ब्राह्मण जात ठुलो र पूजनीय हुने अबैज्ञानिक परम्परा रहेको छ । अर्थात् प्रतिभा , सीप ,बिद्धता कलाको आधारमा नभई यहाँ जातजातिको आधारान मूल्यांकन हुने गरेको छ । यस्ता गलत प्रबृत्तिको प्रतिकार गर्नेहरु माथि साम्प्रादायिक भनेर ब्राह्मणबादी हरुले आरोप लगाउदै आईरहेका छन् ।

सतीले सराप गरेको देशमा न्याय र समानताको निमित्त आवाज बुल्न्द गर्नेहरु अन्यायीहरुको दृष्टिमा सह्य किन हुन्थ्यो र ? हुन त ब्राह्मणबादका आलोचक , न्यायप्रेमी ब्राह्मणहरु पनि यहाँ नभएका होइनन् । तर, अहिले आएर आदिबासी जनजाति संगठित भएर आफ्ना जायज सवाल प्रति सजग हुन थालेका छन् । यस कुराले समेत कट्टरपन्थी , अतिपन्थीहरुको निमित्त असह्य हुन पुगेको छ ।

उनीहरुले हाल नेपालमा क्रिश्चियन धर्म हाबी भयो , हिन्दुधर्ममाथि कुठाराघात भयो भन्न थालेका छन् । तर, नेपालका अन्य जनजातीय मौलिक धर्म सस्कार , सस्कृतिमाथी ऐतिहासिक काल देखि नै हिन्दुधर्मले एकछत्र दमन गर्दै आएको कुरा चै किन देख्दैनन् ? किन बोल्दैनन् ? प्रश्नवाचक चिह्न आफ्नै ठाउमा रहेको छ । (हेर्नुस , गोपाल छांगछा राई , ब्राह्मणबाद बिरुद्ध हाम्रो संघर्ष , छहारा प्रकाशन)

आफूले अघिसारेको बाहुनबादी बिचारको निन्दा गरेको भन्दै बिष्टले डा. डिपी भण्डारीको खरो आलोचना गरेका छन् । डा. भण्डारीको कडा खण्डन् गर्दै बिष्ट सोही प्रसंगमा भन्छन् – ब्राह्मण र ब्राह्मणबाद जस्तो जुन गलत ब्याख्या अहिले प्रचारमा आउन थालेको छ , त्यो अत्यन्तै निराशाजनक छ । यो भनाइ डा. दुर्गाप्रसाद भण्डारीको हो । उनले हिन्दुधर्म र संस्कृतिको बिरोध एक नयाँ ब्यापार भनी एक दैनिक समचारपत्रमा एउटा बिचारोत्तेजक लेख छपाएका छन् । उपर्युक्त हरफ त्यहीँ बाट लिएको हो । हिन्दुधर्म र संस्कृतिको बिरोध तथा ब्यापार हो भने के हिन्दुधर्म र संस्कृतिको समर्थनचाँहि ब्यापार ठहरिन्न र ? पशुपतिका भट्ट के गर्छन ? घाम जस्तै छर्लग छ । डा. दुर्गाप्रसाद भण्डारी ज्यू आफै ब्राह्मण भएकाले उनको ह्दयमा ब्राह्मणबादको नकरात्मक पक्षको खण्डन – मण्डनले चोट पुगेको रहेछ ।

यहाँ गरिँदै आएको ब्राह्मणबादको बिरोध भनेको बेद , गीता ,रामायण ,महाभारत आदि ग्रन्थको र कुनै ब्राह्मणजातिको बिरोध होइन । ब्रह्मणबादको बिरोध भनेको रुढीबाद ,अबैज्ञानिक – अभौतिक कर्मकाण्ड,अन्धबिश्वासको बिरोध हो । ‘मनुस्मृति’मा उठाइएका छुवाछुत जातपात जस्ता अति नै संकीण र अमानबीय प्रचलनको बिरोध हो । ब्राह्मणबादको बिरोध एउटा कानुन मात्रको बिरोध भने अबश्य होइन ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution