नयाँ शक्ति नेपाल द्वारा बसन्तपुर दरबार क्षेत्रमा सरसफाइ सम्पन्न

नयाँ शक्ति नेपालले पछिल्ला हरेक शनिबार नियमित गर्दै आएको क्लिन काठमाडौं ग्रीन काठमाडौं’ अभियान अन्तर्गतको सरसफाइ कार्यक्रम यो पटक आइतबार बिहान सम्पन्न गरिएको छ।
आज बैशाख १२, महाभूकम्पको एक बर्ष पूरा भएको दिन। भूकम्पमा दिवंगत हुनेहरूको सम्झनामा समृति सभासँगै सरसफाइ कार्यक्रम पनि गर्ने निर्णय अनुसार यो पटक शनिबारको सरसफाइ कार्यक्रम आइतबार गरिएको हो।
क्लिन काठमाडाैं ग्रिन काठमाडाैं अभियानका संयोजक गंगा श्रेष्ठको नेतृत्वमा सफाइ अभियान भएको हो।राजधानीको बसन्तपुरस्थित जुद्ध शालिक आगाडी स्मृति सभा सम्पन्न गरि त्यहाँबाटै सरसफाइ सुरू गरिएको थियो। बसन्तपुर दरबार परिसर क्षेत्रमा सरसफाइ सम्पन्न गरिएको छ।
स्मृति सभा कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईसहित नयाँ शक्ति अभियान्ताहरूको उपस्थिति थियो। सभा सम्पन्न पछिको सरसफाइमा अभियान्ता एवं शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति थियो।