हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मोबाइलमा राख्नैपर्ने यी १० एप्सहरु

viber
गुगलको प्लेस्टोर तथा एप्पलको एपस्टोरमा गरेर ३० लाख भन्दा धेरै मोबाइल एप्सहरु छन् । सबैले, सबै एप्स चलाउन सम्भव छैन । स्थान, भाषा, रुची आदि विविध कारणले सबै एप्सहरुको आफ्नै महत्व र आफ्नै किसिमका प्रयोगकर्ताहरु छन् । आजको यस ब्लगमा भने, एन्ड्रोइड र आइफोनमा राख्नैपर्ने १० एपहरुको चर्चा गर्दैछौँ ।

१) हाम्रो नेपाली किबोर्ड – नेपाली लेख्न चाहनेहरुको पहिलो रोजाइ ‘हाम्रो किबोर्ड’ बन्ने गरेको छ । दश लाख भन्दा बढि पटक डाउनलोड भएको हाम्रो किबोर्ड, एन्ड्रोइड २.२ भर्सन देखि माथिका सबै एन्ड्रोइडफोनहरुमा चल्छ । नेपाली लेख्नका लागि गुगलको किबोर्ड देखि लिएर अन्य दर्जनौँ किबोर्डहरु प्लस्टोरमा उपलब्ध छन् तर हाम्रो किबोर्डमा फरक फरक ३ प्रकारले लेख्न मिल्ने कारण सबैको रोजाइमा परेको हो । एउटै किबोर्डबाट, नेपाली ट्रान्सिलिरेसन, रोमन युनिकोड, नेपाली युनिकोडमा लेख्न मिल्छ । नेपाली टाइप आउने र नआउने दुबैका लागि यो एप उपयोगी छ । नेपाली टाइप आउनेले नेपाली युनिकोड प्रयोग गर्न सक्छन् भने, मदन पुरस्कार पुस्तकालयले बनाएको रोमन नेपाली किबोर्डमा हात बसेकाले, रोमन नेपाली युनिकोड लेआउट छान्न सक्छन्, त्यस्तै गुगल ट्रान्सिलिरेसनमा हात बसेकाले रोमन टाइप गर्दै नेपालीमा लेख्न सक्छन् नेपाली ट्रान्सिलिरेसन लेआउट मार्फत । यसका साथै, यस किबोर्डमा ईमोजी र थिमहरु पनि राखिएको छ । हाम्रो किबोर्ड एन्ड्रोइडको लागि गुगल प्लेस्टोरमा निशुल्क उपलब्ध छ ।

२) हाम्रो पात्रो – हामीलाई दैनिक चाहिने हरेक कुराहरु, हाम्रो पात्रोमा राखिएको छ । नेपाली पात्रोको रुपमा सुरु भएको हाम्रो पात्रोमा अहिले राशिफल हेर्ने देखि लिएर रेडियोसम्म सुन्न सकिने सुविधा छ। हाम्रो पात्रो राखेपछि, समाचार, लोडसेडिङ, रेडियो, नेपाली शब्दकोष आदिका लागि विभिन्न एपहरु राख्नुपर्ने समस्याबाट छुटकारा पाइन्छ । १० लाख भन्दा धेरै पटक डाउनलोड भएको हाम्रो पात्रो एन्ड्रोइड र आईओएस (आईफोन) मा उपलब्ध छ ।

३) ई सेवा – नेपालमा अनलाइन कारोबार गर्नको लागि ई‍ सेवा – “मोबाइल वालेट” अत्यन्त उपयोगी एप हो । रिचार्ज कार्ड किन्न पसल धाउनुपर्ने, टेलिफोन तथा इन्टरनेटको बिल तिर्न सम्बन्धित अफिस पुग्नुपर्ने, बस तथा प्लेनको टिकट खरिद गर्न ट्राभल एजेन्सी धाउनुपर्ने, आदि झन्झटिलो कामहरुलाई ईसेवाले सरल र सहज बनाइदिएको छ। ई-सेवा मार्फत घरै बसी बसी माथि उल्लेख गरिएको कुराहरु मोबाइलबाट नै गर्न सकिन्छ । आफ्नो बैंकको अनलाईन बैंकिङ मार्फत वा ईसेवा काउन्टर मार्फत ईसेवामा पैसा ट्रान्सफर गर्न सकिन्छ, त्यसपछि ई-सेवा मार्फत अन्य सेवा लिनसकिन्छ । हिजोआज केही अनलाइन स्टोरबाट आफूलाई चाहिएको सामान पनि ईसेवा मार्फत खरिद गर्न सकिन्छ । ई सेवा एप् गुगल प्लेस्टोर तथा एप्पल स्टोरमा उपलब्ध छ ।

४) गुगल फोटो – सबैको हात हातमा क्यामेरा छ, हामीमध्ये अधिकांशको बानी फोटो खिचिहाल्नेछ । फोटो त खिच्छौँ तर मोबाइलमा ती सबै फोटोहरु सँधै जोगाएर राख्न सम्भव हुँदैन । गुगल’ले यसको विकल्प निकालिदिएकोछ, गुगल फोटो मार्फत । गुगल फोटोमा फ्रि’मा ‘अनलिमिटेड’ फोटोहरु राख्न सकिन्छ। तपाईले खिचेको फोटोहरु, गुगल’ले सुरक्षित सँग राखिदिन्छ, यतिमात्र होइन, तपाईका फोटोहरु गुगल’ले अटोमेटिक भिडियो, नयाँ फोटो आदि बनाइदिन्छ । यसका साथै गुगल फोटोमा आफ्ना फोटोहरु सम्पादन गर्न सकिन्छ । गुगल फोटोमा आफ्ना फोटोहरु सर्च गर्ने सुविधा पनि छ । गुगल फोटो, एप स्टोर र प्लेस्टोरमा उपलब्ध छ ।

५) एनलोकेट – तपाई काठमाडौँमा हुनुहुन्छ भने, तपाईका लागि एनलोकेट उपयोगी एप हो । एनलोकेट – लोकल सर्च इन्जिन हो, जहाँ हामीलाई दिनहुँ आवश्यक पर्ने ठाउँहरुको जानकारी राखिएको छ। एटिएम, बैक, पेट्रोल पम्प, स्कुल, कलेज, हस्पिटल, सरकार कार्यालय आदि कता छन् भनेर खोज्नुपर्यो भने, एनलोकट गर्न सकिन्छ । एनलोकेटले, तपाईको लोकेशन हेरेर, तपाईको वरिपरिका कुराहरु तपाईलाई म्यापमा देखाइदिन्छ । एनलोकेटमा, हस्पिटल र डाक्टरको समय तालिका समेत उपलब्ध छ । एनलोकेट गुगल प्लेस्टोर र एप्पल एप् स्टोरमा उपलब्ध छ ।

nlocate

६) यल्लो नेपाल – काठमाडौँका खानाका पारखीहरुका लागि यल्लो नेपाल अत्यन्तै उपयोगी एप् हो । यल्लो एपमा कहाँ, के खाने भनेर सर्च गर्न सकिन्छ । एल्लो’ले तपाईको लोकेशन अनुसार तपाईको नजिकमा रहेका रेष्टुरेन्ट देखाउँछ । गत बर्ष गुगलले आयोजना गरेको गुगल स्टोरिज कम्पिटिसनको बिजेता समेत रहेको यो एपमा खाना खाने ठाउँ बाहेक, कहाँ पार्टि छ, कहाँ लाइभ म्युजिक छ, कहाँ डिस्काउन्ट छ आदि भन्ने कुराहरु पनि हेर्न मिल्छ । यल्लो एप प्लेस्टोरमा उपलब्ध छ ।

७) क्यामेरा ३६० – मोबाइलबाट धेरै फोटो खिचिन्छ, तर मोबाइल क्यामेरा’का कारण फोटो राम्रो आउँदैन भनेर चिन्तित हुनेका लागि क्यामेरा ३६० उपयोगी छ । क्यामेरा ३६० एपमा विभिन्न फिल्टरहरु राखिएकाछन्, आफूलाई मन परेको फिल्टर र मोडमा यसबाट फोटो खिच्न सकिन्छ, साथै खिचिएको फोटोहरु सजिलै सोसल मिडियामा सेयर पनि गर्न सकिन्छ । यसका साथै, यस क्यामेराले अनलाइन फोटो स्टोरेज पनि उपलब्ध गराउँदै आएकोछ । क्यामेरा ३६० प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

८) गुगल किप – बाटोमा हिँड्दा केही देखियो, गाडीमा यात्रा गर्दा गर्दै केही सम्झियो, केही कुराहरु टिप्न मनलाग्दा गुगल किप प्रयोग गर्नुस् । गुगलकिपमा गर्नुपर्नेकाम को लिस्ट र रिमाइन्डर पनि राख्न मिल्छ । गुगल किपमा लेखिएका कुराहरु, डेस्कटप बेवबाट पनि हेर्नमिल्न छ । गुगल किप प्लेस्टोर र एपस्टोरमा उपलब्ध छ ।

९) भी एल सी प्लेयर – डेस्कटपको पपुलर भिडियो प्लेयर भिएलसी एन्ड्रोइडमा उपलब्ध छ । मोबाइलमा चलचित्र तथा गित हेर्नेहरुको लागि भिएलसी राख्नै पर्ने एप हो, प्राय: मोबाइलमा पहिले नै राखिएर आउनले प्लेयरहरुले सबै किसिमका फाइल प्ले गर्न सक्दैनन् । मोबाइलमा राखेका हरेक प्रकारका भिडियो र अडियो फाईललाई भिएलसी प्लेयर मार्फत हेर्न तथा सुन्न सकिन्छ । भिएलसी प्लेयर गुगल प्लेस्टोर र एप्पल एपस्टोरमा उपलब्ध छ ।

१०) भाईबर – च्याट गर्नेहरुका लागि भाईबर अत्यावश्यक एप हो । हिजोआज मोबाइल प्रयोगकर्ताहरु माझ, एसएमएस भन्दा भाइबर म्यासेज लोकप्रिय हुँदै छ । भाइबरबाट अर्को भाइबर भएको फोनमा फ्रिमा फोन र भिडियो कल गर्न मिल्ने सुविधा छ । नेपालमा फेसबुक म्यासेन्जर पछि, अत्याधिक प्रयोग हुने एप भाइबर हो । भाइबर एन्ड्रोइड र आइफोन दुवैमा उपलब्ध छ।

(युवामञ्चको असोज अंकमा प्रकाशित)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution