भारतले आज राति ८ वजेवाटै घोषित रुपमै नाका सिल गर्ने
काठमाडौं, असोज १५ । अघोषित रुपमा नाकाबन्दी गर्दै आएको भारतले आज राति ८ वजेवाटै घोषित रुपमै नाका सिल गर्ने भएको छ । भारतको पश्चिम बंगालमा भोली ग्राम पंञ्चायत र नगरपालिका निर्वाचनका कारण भरे राति आठ बजे बाट भारतले नेपाल –भारत नाका सिल गर्न लागेको हो । भारतीय सुरक्षा अधिकारीका अनुसार आज राति ८ वजेवाटै बोर्डर सिल गरेर पर्सी बिहान मात्रै खोलिने छ । मतदानका बेला हुनसक्ने अवाञ्छित घुसपैठ रोक्न सिल गर्नु परेको भारतले जनाएको छ ।