भूकम्पमा भाग्यले बाँचेका उज्यालो अनुहार (फोटो फिचर )
शब्द/तस्विर अर्जुन पाख्रिन तामाङ
काठमाडौं, वैशाख १२ : नेपाली भित्तेपात्रोमा वैशाख १२ गते नभइ दिए हुन्थ्यो ।
आज भन्दा ३६५ दिन अघि भूकम्प गएको दिन । यस पछिको पराकम्प र २९ गते फेरी सोहि गतिमा भूकम्प दोहोरीए पछि घर छोडेर खुल्ला चउर र ठाउँ त्रिपालको नयाँ बस्तिको रुपमा रुपान्तरण भयो ।
करिव ९ हजार नेपालीको ज्यान लिने गरी आएको भूकम्पले कसैको मन थामिएन । कयौंको सपनाहरु सपनामा नै विलाए । कयौं घरबार विहिन, कयौं परिवार विहिन, कयौं टुहुरा, कयौं सडकमा आए । विश्व सम्पदामा सुचिकृत सम्पदाहरु सधैका लागि भत्किए ।
आज ठिक १ वर्ष भयो वैशाख १२ गते । अझै त्रसित र शसकित छन् । कतै भूकम्प आइहाल्ने होकी ?? यसैले भन्ने गरेका छन् वैशाख १२ गते नेपाली पात्रोमा नभए हुन्थ्यो ।
भूकम्प गए पछि कयौ बालबालिका आमा बुबासँगै सडकमा आए । कयौं बालबालिका घरभित्रै च्यापिएर मरे । कति बालबालिका पुरिएको ठाउँमा नै भेटिएन । यही बालबालिकाको सम्झनामा कयौं आमाहरु रोइरहेका छन् । आँखामा आशु र सम्झनामा बाँच्ने कोमल हृद्वयका आमाहरुको मनमा भगवानले बाँच्ने दृढता दिन सकनु ।
भूकम्पको समय रेखामा आफन्तसँगै भाग्यले बाँचेका त्रसित मुन्द्राका केही बालबालिकाहरुको तिस्वर लिएका छन् :