नेपाल तामाङ घेदुङ इजरायलको दोस्रो अधिवेशन मे महिनामा,नेतृत्वको लागि घम्साघम्सी !
नेपाल तामाङ घेदुङ,इजरायलको दोस्रो अधिवेशन आउँदो २० मे २०१६ (शुक्रबार) बेलुका ६ बजे देखि तेलअविब शहरस्थित यशोदामाला स्ट्रीट – २० मा रहेको हलमा “सम्पूर्ण तामाङ एक हौ , प्रदेश नं.३ ताम्सालिङ स्वायत्त प्रदेश स्थापना गरौं” भन्ने मूल नारा सहित भव्यताको साथ गर्ने भएको छ |
संस्थाको सदस्यता बन्न बाँकी रहेका इजरायलवासी तामाङ जोजो आले र नाना आङहरुलाई संस्थाको नयाँ सदस्यता लिनु हुना र पुराना सदस्यहरुलाई अनिवार्य रुपमा नबिकरण गर्नु हुनाको लागि सबैलाई आव्हान गरेको छ | साथै अधिवेशनलाई सभ्य र भव्यताको साथ सफल पार्न इजरायलवासी सम्पूर्ण तामाङ जोजो आले र नाना आङहरुलाई छुट्टी मिलाउनु भई सहभागीको लागि हार्दिक अनुरोध गरेको छ |
नयाँ नेतृत्वको लागि “घम्साघम्सी” छ की भन्ने सवालमा संस्थाका अध्यक्ष बी बी लामा तामाङले “त्यस्तो घम्साघम्सी होला जस्तो नलागेको र सर्वसम्मतिका साथ नयाँ कार्यसमिति चयन गर्नमा आफुले समन्वय भूमिका निभाउदै सघाउने” तामाङअनलाइन संग बताउनु भयो |