हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

पत्रकार जगत नेपालको ‘बिपी–महेन्द्र टकराव’ नामक पुस्तक सार्वजनिक

book

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले पत्रकार जगत नेपालको ‘पहिलो संसद्ः बिपी–महेन्द्र टकराव’ नामक पुस्तक व्यवस्थापिका–संसद् भवनमा आयोजित समारोहमा सार्वजनिक गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनी ‘आफ्नै कुरा’ र ‘सदन, सत्ता र सडकमा नेपाली काँग्रेस’ नामक पुस्तक प्रकाशित गरिसक्नुभएका पत्रकार नेपालको यो तेस्रो कृति हो ।

सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले इतिहासको एउटा कालखण्डका बारेमा लेखिएको यो पुस्तकले वर्तमानको विश्लेषण र भविश्यका लागि मार्गनिर्देश गरेको बताउनुभयो । उहाँले राष्ट्र, राष्ट्रियता र देशभक्तिका बारेमा जतिकुरा गरे पनि सबै समुदायलाई संविधानमा समेट्न नसकिएको उल्लेख गर्नुभयो । डा यादवले भन्नुभयो– “मधेस र पहाडलाई जोडेर अघि बढ्नसके हामी वास्तविक राष्ट्रवादी बन्न सक्छाँै, यो पनि इतिहासको एउटा कालखण्ड हो ।” उहाँले मधेसको समस्या समाधान नहुनु पीडा भए पनि तीन करोड नेपालीको भावनाबमोजिम यो संविधान जारी गरेको बताउनुभयो ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जनताको भावनाअनुसार संविधान संशोधन गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– “छिमेकी मुलुक भारतले जारी गरेको संविधान १२२ पटक संशोधन गरिसकेर पनि जनभावना समेट्न अझ प्रयत्न गर्दै छ भने हामीले पाँच वर्ष आठ महिना लगाएर बनाएको संविधान एकपटक मात्र संशोधन भएको छ । यसलाई समयसापेक्ष बनाउँदै लैजान सकिन्छ ।”

पहिलो संसद् एकपटक आधा घन्टाका लागि बहिस्कार भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो– “लामो समयसम्म संसद् बहिस्कार हुुनु राम्रो होइन, हिजो नेकपा(एमाले), नेपाली काँग्रेस, एमाओवादीलगायतले संसद् अवरुद्ध गर्न जे–जस्तो गरे त्यो बेठीक भयो ।”

अर्का पूर्वसभामुख दमननाथ ढुङ्गानाले बिपीको कूटनीतिक पक्ष राम्रो भएको भन्दै उहाँको राजनीतिक कलाको प्रशांसा समेत गर्नुभयो ।उहाँले राजतन्त्रको जरा अझै विद्यमान रहेकाले हामी सुरक्षित छाँै भन्न नसकिनेतर्फ पुस्तकले सङ्केत गरेको र विगतका अन्दोलनमा जनताको त्यागलाई वर्तमान संविधानले समेट्न नसकेको उल्लेख गर्नुभयो ।

प्राध्यापक लोकराज बरालले पृथ्वीनारायण शाहदेखि अहिलेसम्म आइपुग्दा नेपालको इतिहास कुनै तार्किक दृष्टिले अघि नबढी एक ठाउँबाट अर्को ठाउँमा उफ्रेर फड्को मारेको टिप्पणी गर्नुभयो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution