सरकारका मन्त्रीहरुको भ्रष्टहरुसँग साँठगाँठ – एमालेका बरिष्ठ नेता माधव नेपाल
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधव नेपालले अहिलेको सरकारका मन्त्रीहरुको भ्रष्टहरुसँग साँठगाँठ रहेको आरोप लगाएका छन् ।
नेता नेपालले भनेका छन्, सरकारले केही गर्न सकेको छैन । प्रधानमन्त्रीजीले जनताका यी कुरा सुन्नुपर्यो र सुधार गर्न के गर्ने हो गर्नुपर्छ । तर प्रधानमन्त्रीले सर्वप्रथम आफ्ना वरिपरि भएका मानिसको अनुहारचाहिँ राम्रोसँग हेर्नुपर्यो । सरकारका मान्छेहरुको साँठगाँठ भ्रष्टहरुसँग पक्कै छ, धेरैले ठानेका छन् । मलाई पनि त्यस्तै लाग्छ ।
नेता नेपालले मन्त्रीहरुतिर संकेत गर्दै यस्तो आरोप लगाएका छन–‘दुनियाँले देखिरहेका छन् कि खास खास ब्यापारीहरु कुनै मन्त्री विशेषको निवासमा चक्कर लगाइरहेका हुन्छन् । बेडरुममा तिनले प्रवेश पाइरहेका हुन्छन् । यो कस्तो सम्बन्ध हो ? कतै उनीहरु आर्थिक पार्टनर भएका त होइनन् ?