हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

जर्मनमा नयाँ शक्ति गठन,डा.भट्टराईले स्काइपबाट सम्बोधन

naya shakti5

जर्मन–  नयाँ शक्ति नेपालको जर्मनमा अन्तरिम परिषद् गठन भएको छ । शनिबार जर्मनीको फैंकफर्टस्थित ग्योथे विश्वविद्यालयमा सम्पन्न भेलाले पवन लामिछानेको संयोजकत्वमा २३ सदस्यीय नयाँ शक्ति जर्मनी परिषद्को गठन भएको हो ।

भेलालाई नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले स्काइपमार्फत सम्बोधन गरेका थिए । जर्मनका बर्लिन, ह्यामवर्ग, म्युनिख, क्लोनलगायतका शहरहरुबाट जम्मा भएका प्रवासी नेपालीको भेलाबाट संयोजकमा निर्वाचित भएका लामिछानेले नेपालको विकास र समृद्धिको अभिभारा नयाँ शक्तिले उठाउने बताए ।  ‘माक्र्सले फ्रेन्च समाजवाद, बेलायती अर्थशास्त्र तथा जर्मन दर्शनशास्त्रको मिश्रणबाट तत्कालीन कालखण्डलाई माक्र्सवादको विकास गरेका थिए,’ उनले भने, ‘नेपालमा पनि विकसित अवस्थाको संश्लेषण राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभवको आधारमा नयाँ शक्तिको जन्म भएको छ ।’

नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य भोला काफ्लेको आतिथ्यमा सम्पन्न भेलाद्वारा निर्वाचित परिषदका सदस्यहरुमा सानुभाइ अधिकारी, मोहम्मद जावेर अख्तर, घनश्याम कुँवर, विनय विस्ट, महेश श्रेष्ठ, शेर राई, टोपलाल पाण्डे, गोकर्णपुरुष ढकाल रहेका छन् । यसैगरी  प्रभातकिरण गेलाल, लिला अधिकारी, निरेश ढकाल, रविन्द्र उप्रेती, भानुभक्त खरेल, समिरकुमार श्रेष्ठ, कृष्ण घिमिरे, थप प्रकाश छन्त्याल, सिमल धिमाल र रविन महर्जन परिषद सदस्य चयन भएका छन् । परिषदका अन्य सदस्यहरुमा जीवन ढकाल, ललित सिंह, धर्मराज रानाभाट रहेका संयोजक लामिछानेले जानकारी दिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution