बेहुलाले नहरमा हामफालेर आत्महत्या
वैशाख ११ (एजेन्सी ) : सयौं जन्ती अघिपछि लगाउँदै बेहुली लिन हिँडेका एक बेहुलाले नहरमा हामफालेर आत्महत्या गरेका छन् ।
भारतको पञ्जाव प्रान्तस्थित लुधियाना शहरको मोडल टाउनमा जन्ती लिएर हिँडेका बेहुलाले नहरमा हामफालेर आत्महत्या गरेका हुन् ।
गाडीमा सवार उनले आफूलाई अचानक उल्टी आएको भन्दै ओर्लिएर सयौं जन्तीले हेर्दा हेर्दै नहरमा हामफालेका थिए । बेहुलाले नहरमा हामफालेपछि जन्तीमा रुवाबासी मच्चिएको थियो । अचानक नहरमा हामफालेका उनी क्षणभरमै डुबे अनि ज्यान पनि गयो ।
समाचार अनुसार लुधियानको शिवपुरीमा बस्दै आएका २४ वर्षीय मोहित शुक्रबार घरबाट अन्मिएर जन्तीसहित बेहुलीको घर हिँडेका थिए ।
उनको परिवारले मोहितलाई धुमधामसँग अन्माएर दुलही लिन पठाएका थिए । पञ्जावकको दुगरीसँगै जोडिएको लगती सिंघ्वा नहर नजिकै बेहुला मोहितले कार रोक्न लगाएका थिए । आफूलाई उल्टी आएको भन्दै बेहुलाले गाडी रोकाएपछि अन्य जन्ती पनि रोकेका थिए ।
अचानक मोहितले आफंनो पगरी र शेरवानी कारमा नै उतारेर दौडँदै नहरमा हामफालेका थिए । मोहितले हामफालेको नहरबाट बिहे हुने स्थान केबल ५ सय मिटर पर थियो । मोहितले आत्महत्या गर्नुको कारणबारे केही खुलेको छैन ।
गोताखोरले मोहितको शव नहरबाट निकाले । पुलिसले मोहितको आत्महत्याको कारणबारे अनुसन्धानमा जुटेको छ। प्रारम्भिक जानकारी अनुसार परिवारवाले आफ्नो इच्छाविपरित बिहे गराइदिन खोजेका आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।