हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

नेवाःपत्रकार राष्ट्रिय दबूःको दोस्रो अधिवेशन शुरु,सूचना तथा सञ्चारमन्त्री राई द्वारा उद्घाटन

नेवा

काठमाडौँ, वैशाख ११ गते। सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मुलुकको समग्र विकास निर्माण तथा जनताको सरोकारका विषयलाई सञ्चारमाध्यमले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

नेवाःपत्रकार राष्ट्रिय दबूःको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री राईले नेपाल धार्मिक, सांस्कृतिक, भौगोलिक, पुरातात्विक, ऐतिहासिक विविधताको जगमा उभिएको हुँदा नेवाः पत्रकारले पनि देशको स्वतन्त्रता र सामाजिक सद्भाव कायम गरी राजनीति स्थिरता ल्याउने कार्यमा सहयोग गर्नुपर्ने बताउनुभयो । नेपालका सबै भाषा, संस्कृति, मौलिक परम्पराको रक्षा गर्नुपर्नेमा जोड दिँदै उहाँले मुलुकलाई अगााडि बढाउने सन्दर्भमा सबैको साथ सहयोगको अपेक्षा गर्नुभयो ।

एक प्रसङ्गमा उहाँले भन्नुभयो, “सङ्घीय संरचनाको निर्वाचन निकट भविष्यमा हुँदैछ, संविधानअनुसार स्थानीय निकायको निर्वाचन गर्न गाउँ, क्षेत्र, नगरपालिकाको सीमाङ्कन हुन्छ ।”

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले मुलुक सङ्क्रमणको अवस्थामा रहेको र देशको राष्ट्रियताप्रति चौतर्फी आक्रमण भइरहेका बेला मुलुकको अस्तित्व जोगाउन पत्रकार संवेदनशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले नेवाः दबूका पत्रकारले नेपालको पत्रकारितालाई दिशानिर्देश गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । नेपाल पत्रकार महासङ्घका सभापति डा महेन्द्र विष्टले सञ्चार क्षेत्रले अब विविधतायुक्त पत्रकारिताको विकास गरी विपन्न वर्ग र समुदायको समस्यालाई प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण आयोगका अध्यक्ष पोषण केसीले नेवारी भाषा र संस्कृति संरक्षणका लागि साना लगानीमा स्थापना भएका सञ्चार गृहलाई प्रवद्र्धन गर्न सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।

‘कीर्तिपुर सन्देश’का सम्पादक नजरराम महर्जनले मुलुकमा भएका सबै राजनीतिक आन्दोलन सफल बनाउन कीर्तिपुर क्षेत्र तथा त्यहाँका बासिन्दाको भूमिका रहे पनि विकास निर्माणका दृष्टिले त्यस क्षेत्र उपेक्षित रहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

पत्रकार राज्यलक्ष्मी शाक्य, दण्ड गुरुङ तथा अधिकारकर्मी नरेशवीर ताम्राकार लगायतले पत्रकारिता क्षेत्रको व्यावसायिक विकासमा दबुःले काम गर्नुपर्नेमा जोड दिनुभयो । दबुःका अध्यक्ष श्रीकृष्ण महजर्नले सबै भाषाको संरक्षण राज्यले समावेशी ढङ्गले गर्नुपर्ने माग गर्नुभयो ।

सभाअघि कीर्तिपुरको नयाँ बजारबाट विभिन्न सांस्कृतिक बाजागाजासहित पदयात्रा निकालिएको थियो । सहभागीले स्थानीय पाँगा दोबाटो, नगाउँ दोबाटो, थाना हुँदै बाघ भैरव नजिकै लायकुस्थित समारोहस्थलसम्म पदयात्रा गरेका थिए ।

सोही क्रममा मन्त्री राईले स्थानीय बाघभैरव मन्दिरको दर्शन गर्नुभएको थियो । उहाँले भूकम्पले त्यस मन्दिरमा पु¥याएको क्षति तथा भत्किएका संरचनाको निरीक्षण गर्नुभएको थियो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution