हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

कार्यालयमा तालाबन्दीका कारण लुम्बिनी विकास कोषको काम ठप्प


भैरहवा, वैशाख ११ गते । ज्यालादारी कर्मचारीलाई करारमा नियुक्ती गर्नुपर्ने र कारार कर्मचारीहरुलाई स्थायी प्रकृयामा लैजानु पर्ने आफ्ना मागहरु पुरा नभएको भन्दै लुम्बिनी विकास कोषका कर्मचारीहरुले कोषको कार्यालयमा तालाबन्दी गरेका छन् ।

कर्मचारीको तालाबन्दी र धर्नाका कारण बुद्ध जन्मस्थलको संरक्षण र संवद्र्धनको जिम्मा पाएको लुम्बिनी विकास कोषको सम्पूर्ण काम ठप्प भएको छ । यसअघि पनि महिनौ आन्दोलनमा उत्रेर कर्मचारीहरुले काम ठप्प पारेपछि गएको माघ महिनामा व्यवस्थापिका संसदले कर्मचारीहरुको मागलाई कानुनी प्रकृया पुरा गरेर करारलाई स्थायी र ज्यालादारीमा बढुवा गर्न र अन्य थप करार र ज्यालादारी कर्मचारी नियुक्त नगर्न निर्देशन दिएको थियो ।

मन्त्रालय र संसदको निर्णय विपरीत लुम्बिनी विकास कोषका पदाधिकारीहरुले आफ्ना मान्छेहरु नियुक्ती गरेको तर पूराना कर्मचारीहरुको मागलाई सम्बोधन नगरेकाले पुनः आन्दोलनमा उत्रिएको संघर्षरत कर्मचारीहरुले बताएका छन् ।

यसैबीच, लुम्बिनी साँस्कृतिक नगरपालिकाका कर्मचारीहरुलाई रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीले सेवाग्राहीहरुलाई पारदर्शी ढंगबाट कामकाज गर्न निर्देशन दिनुभएको छ । उहाँले सेवाग्राहीहरुले दिएको उजुरीको आधारमा कर्मचारीहरु चारकिल्ला प्रमाणित गर्दा नगदी रसीद नकाटिएको छडके जाँचपडतालको भेटिएको भन्दै सो निर्देशन दिनुभएको हो ।

स्थानीय विकास अधिकारी सुवेदीले लुम्बिनी सांस्कृतिक नगरपालिकाका निमित्त कार्यालय प्रमुख बनारसी प्रसाद हरिजन लगायत सम्पूर्ण कर्मचारीहरुलाई जनताले तिरेको तिरोबाट तलबभत्ता खाएका कर्मचारीहरुले आफ्नो काम कर्तब्यको पालना बिहान १० बजेदेखि साँझ ५ बजे सम्म काम गर्नुका साथै बिलभौचर चुस्तदुरुस्त समेत राख्न निर्देशन दिएको बताउनुभयो । यद्यपि कर्मचारीहरुले सर्वसाधारण सेवाग्राहीसँग लिएको चारकिल्ला प्रमाणित रकमको रसीद नकाटी खल्तीमा राख्ने गरेको गुनासोको आधारमा जिबिसको छडकेपछि केही सुधार आउने अपेक्षा गरिएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution