हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

चीनले बनायो ३० मिनेटमै संसार ध्वस्त पार्ने शक्तिशाली मिसाईल,अमेरिकाको आपत्ति

banayo

वैशाख ११ (एजेन्सी ) : चीनले विश्वकै सबैभन्दा शक्तिशाली र लामो दुरीसम्म मार हान्न सक्ने दोङफेङ्ग- ४१ नामको मिसाईलको सफल परीक्षण गरेको छ। सो मिसाईलले ३० मिनेटमै १४ हजार किलोमिटरसम्म सजिलै हमला गर्न सक्ने जनाईएको छ ।

यो मिसाइबाट एकसाथ १० वटा आणविक हतियार प्रहार गर्न सकिन्छ । दक्षिण चीन सागरलाई लिएर चलिरहेको तीब्र विवादका बीच यस परीक्षणबाट अमेरिका र चीनबीचको तनाव अझै बढ्ने जनाईएको छ । अमेरिकी रक्षामन्त्रालय पेन्टागनस्थित अधिकृतहरुले यस मिसाईलको परीक्षण गरेको घटनालाई लिएर तीव्र असन्तुष्टी जनाएको छ ।

कस्तो छ त मिसाईल ?

यो मिसाइलबाट यूरोपदेखि अमेरिकाका कुनै पनि सहरमा चीनले सजिलै धावा बोल्न सक्षम हुनेछ । यो मिसाइल ३० मिनेटमा १४ हजार किलोमिटरसम्मको दुरीमा विध्वंश मच्चाउन सक्षम रहेको छ । पेन्टागनलाई उधृत गर्दै ‘वासिङ्गटन फ्री बीकन ‘नामको वेबसाइटले जनाए अनुसार अमेरिकन स्याटलाइट र क्षेत्रीय सेन्सरले चीनको मिसाइल परीक्षणका क्रममा आणविक हतियारलाई डिटेक्ट गरेको हो ।
चीनको यो मिसाइल ब्यालेस्टिक मिसाइल जेएल-२ भन्दा सयौं गुणा खतारनाक भएकाले यो परीक्षणलाई अमेरिकाले आफूमाथिको ठूलो खतराकारुपमा लिएको छ ।

अघिल्लो साल ६ अगस्तमा चीनले दुई डमी परमाणु हतियारसहित डीएफ-४१ मिसालइलको परीक्षण गरेको थियो ।
समाचार अनुसार अघिल्लो साल ५ डिसेम्बरमा चीनले डीएफ-४१ लाई रेलबाट सफल परीक्षण गर्न सफल भएको थियो ।
चीनका राष्ट्रपति सी जिनपिङ्गले अहिले देशमाथि पूरै आफ्नो नियण्त्रण जमाएका छन् । बिहीबार उनले आफूलाई चिनियाँ सेनाको कमान्डर इन चीफ पनि घोषित गरेका छन् ।

यो घोषणापछि उनी चीनका अहिलेसम्मका शक्तिशाली नेता बन्न सफल भएका छन् । बुधवार र बिहीबार गुरुवार उनी पहिलो पटक सैन्य पोशाकमा जनतासामू उपस्थित भएका थिए । चीनले गत आइतबार पहिलो पटक दक्षिण चीन सागरको विवादित द्वीपमाथि सैन्य विमान अवतरण गराएको थियो । जनवरीमा पहिलो पटक यहाँ यात्रुवाहक जहाज उडानको सफल परीक्षण गरिएको थियो ।

दक्षिण चीन सागरमाथि गस्ती गरिरहेको एक सैन्य लडाकू फेयरी क्रस रीफमाथि अवतरण भएको खबर सार्वजनिक भएपछि चीनसँग अमेरिकार र उसका सहयोगी राष्ट्रबीच तनाव झनै बढेको छ । दक्षिण चीन सागरमा कृत्रिम पूर्वाधार बनाइरहेका तीन मजदुर विरामी परेपछि चीनले उनीहरुको उद्धार गर्न भन्दै सैन्य जहाज अवतरण गराएको थियो ।

सैन्य जहाजबाट उद्धार गरि उनीहरुलाई उपचारका लागि हेनान द्वीपमा पुर्याइएको थियो । यो द्वीपमा अवतरण भएको एक लडाकू विमानको तस्बिर पनि चिनियाँ सञ्चारमाध्यममा सार्वजनिक भएको छ । अमेरिकासहित उसका सहयात्री राष्ट्रलाई चीनले यो कृत्रिम द्वीपमा लडाकू जहाजको बेस बनाउला भन्ने चिन्ताले थप सताएको जनाईएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution