मकाउमा किराँत राई यायोख्या गठन
मकाउ – प्रवासी भुमि मकाउमा बसोवास गर्ने किराँत राईहरु संगठित हुँदै मकाउ स्थित भेनिसियन होटलको क्याफेडेको रेष्टुरेन्टमा १८ अप्रिल २०१६ मा बसेको भेलाले राई समुदायको भाषा , धर्म ,लिपी ,कला तथा संस्कृतिलाई जगेर्ना गर्ने मुख्य उद्धेश्यका साथ किराँत राई यायोख्या मकाउ गठन गरेको छ |
भिम कुमार राईको अध्यक्षतामा गठित १३ सदस्यीय तदर्थ समितिमा उपाध्यक्ष-रत्नमणी राई र प्रदिप कुमार राई,महासचिव-मंगल राई ,सचिव नवीन राई,कोषाध्यक्ष-श्रीमती मोनिका राई (लिम्वु ) ,सदस्यहरूमा धर्म राज राई ,धन कुमार राई,केशव राई,प्रज्वल राई,गंगा राई ,अजय राई र भूपेन्द्र राई रहेका छन्।
संस्थाका महासचिव मंगल राईले मकाउमा पीडामा परेका नेपालीहरूको हक हितका लागि सधै भरी संस्था लागि पर्ने र मकाउमा रहेका अरू नेपाली संघ संस्थाहरूसंग सहकार्य गरी अगाडी बढ्ने बताउनु भयो |