एमालेका ९८ नेता तथा कार्यकर्ता बाबुरामको नयाँ शक्तिमा

काठमाडौं – पार्टी परित्याग गरी ९८ जना नेकपा–एमालेका नेता तथा कार्यकर्ता डा. बाबुराम भट्टराईको नयाँ शक्ति अभियानमा लागेका छन् । शुक्रबार पार्टी मुख्यालयमा सामुहिक राजीनामा बुझाउँदै उनीहरु नयाँ शक्तिमा लाग्ने घोषणा गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालयमा बुझाइएको राजीनामामा पार्टी अध्यक्ष केपी शर्माको ओली नेतृत्वको सरकार ठगि, अवैध कमाउ धन्दामा लागेको आरोप लगाइएको छ । ‘नेकपा (एमाले) को अध्यक्ष केपी शर्मा (ओली) को नेतृत्वमा रहेको सरकाले “ठग, अवैध धन्दा गर र कमाउ” भन्ने आसायका साथ निमुखा नागरीकहरुको नाममा प्राप्त विश्व समुदाय र राष्ट्रिय मानविय संसाधन र आर्थीक सहयोगको कुनै तथ्यगत लेखा जोखा छैन् । मुठ्ठीभरका केही चरित्रहिनहरु सम्मलित यो सरकार गएको महाविपत्ती पूर्ण भूकम्पको प्रभावित नागरीहरुको पिडा ,दुःखलाई भजाउँदै सिमीत व्यक्तिहरुको कमाई धन्दा समेत तिब्र बढी रहेको छ,’ राजीनामामा भनिएको छ ।
अहिलेको सरकार हिमाल पहाड तराईको एकता, जातजाती भाषाभाषी बीचको मिलन र धार्मिक सहिष्णुताको एकताको साँङलो भत्काउन उद्दत रहेको आरोप लगाउँदै मुलुकलाई जातीय क्षेत्रिय र धार्मीक हिंसा भड्काउने र मुलुकलाई अस्थिरता तिर धकल्ने क्रियाकलापहरु भइरहेको राजीनामा पत्रमा उल्लेख छ । ओरालो तिर लागिरहेको अर्थतन्त्रलाई सुढृद गर्ने गरी छिटै नयाँ राजनीतिक शक्ति निर्माण गर्ने महान अभियानमा सामेल भएको उनीहरुले राजीनामा पत्रमा जानकारी दिएका छन् ।
यस्तो छ राजीनामाको पूर्ण पाठ
मिति : २०७२/०९/२४
आदरणिय अध्यक्ष ज्यू,
नेकपा (एमाले)
केन्द्रीय कार्यालय, धुम्बराही काठमाण्डौं ।
विषय : जानकारी सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा यति खेर हाम्रो मुलुक इतिहासको निकै गम्भिर र अण्ठेरो मोडमा उभिएको छ । यहि वर्षको वैशाख १२ गते शक्तिशाली भूकम्पले हाम्रा नेपाली आमा, बुवा, दाजुभाई तथा दिदी बहिनीहरुको जिवन नै गुमाउनुप¥यो भने कयौं नागरीकहरु घाइते जिवन विताउन बाध्य भइरहेको औषधि उपचार नपाएर छटपटीरहेको, लाखौ नागरीकहरुको ओत लाग्ने बास भत्किएको, स–साना स्कुलले बालबालिकाहरुको पाठशाला ध्वस्त भएको अवस्था, गाँस र कपाँसको अभावमा समेत आम भूकम्प प्रभावित नागरीकहरुको कठिन जीवनयापन भैरहेको घाम जत्तिकै आम नेपाली र विश्व समुदाय सामु छर्लङग नै छ । यस्तो विडम्वना पूर्ण परिस्थितीबाट मुलुक आक्रान्त भैरहँदा यसैको जगमा नेकपा (एमाले) को अध्यक्ष केपी शर्मा (ओली) को नेतृत्वमा रहेको सरकाले “ठग, अवैध धन्दा गर र कमाउ” भन्ने आसायका साथ निमुखा नागरीकहरुको नाममा प्राप्त विश्व समुदाय र राष्ट्रिय मानविय संसाधन र आर्थीक सहयोगको कुनै तथ्यगत लेखा जोखा छैन् । मुठ्ठीभरका केही चरित्रहिनहरु सम्मलित यो सरकार गएको महाविपत्ती पूर्ण भूकम्पको प्रभावित नागरीहरुको पिडा ,दुःखलाई भजाउँदै सिमीत व्यक्तिहरुको कमाई धन्दा समेत तिब्र बढी रहेको छ । यो वितरण स्वतन्त्र न्यायलय, संवैधानिक निकाय अखतियार् दुरुपयोग अनुसन्धान आयोगले समेत पटक–पटक तथ्यहरु सार्वजनिक गरेको हामी सबैमा सर्ववितितै छ । एवमप्रकार विभिन्न समयमा राज्यको चौथो अंग आम सञ्चार माध्यमहरुमा भूकम्प पिडीतहरुको राहतमा अपारदर्शिता र भ्रष्टचार भएको समाचार पनि सम्प्रेसन भएकै छन् । यिनै घटना क्रमहरुले हामी आधारभूत गरिब किसान मजदुर र श्रमजिवी वर्गका छोरा छोरीहरुलाई थप भाबुकता र स्तब्ध बनाएकै छ । साथै नयाँ ढंगबाट सोच्न बाध्य बनाएको छ ।
अध्यक्ष ज्यू,
अझ यो सरकार देशलाई जातिय, क्षेत्रिय, धार्मीक सद्भाव विरुद्धमा खुलेआम नेपाली जनतालाई चूनौती दिने गरी अघि बढिरहेको छ । मूलुकमा भौगोलिक, सांस्कृति सामाजिक र राज्य पहुँचबाट उत्पीडन, शोषण, अन्याय र विभेदमा परेका मघेशी, आदिवासी, जनजाती, महिला, मुस्लिम दलित र अल्पसंख्यक आम नागरीकहरुको सचेतपूर्ण संघर्षलाई उपेक्षा, हेला र घृणाको नजरले हेर्ने र सोही बमोजिम ब्याख्या गर्ने अनि आक्रमक रुपमा प्रस्तुत हुने यो सरकारको नियत नै बनेको छ । विदेशी प्रभुको निर्देशनमा सदियौँ वर्ष देखीको हिमाल पहाड तराईको एकता, जातजाती भाषाभाषी बिचको मिलन र धार्मिक सहिष्णुताको एकताको साँङलो भत्काएर मुलुकलाई जातीय क्षेत्रिय र धार्मीक हिंसा भट्काउने र मुलुकलाई अस्थिरता तिर धकल्ने क्रियाकलापहरु प्रत्यक्ष अप्रत्यक्ष र परोक्ष ढँगबाट प्रकट भइरहेको हामीमा प्रर्याप्त प्रमाणहरु रहेका छन् । नेपाली जनताको संघर्षलाई भारतको सहयोग रहेको छ । भारतले नाका बन्दी ग¥यो, मधेशी जनतालाई नेपाली नभएको र प्रमाणित गर्न खोजिनुले पनि अहिलेको सरकार मुलुकको राष्ट्रिय एकता अखण्डतालाई आँच ल्याउने भूमिकामा गहिरो योजना अनुसार सु–संञ्चालित छ भन्ने कुरा हामीलाई गतिविधी र क्रियाकलाप अभिव्यक्त भएको छन् । यसका केही इतिहास तथ्यहरुको अनुसन्धान, अध्ययन र अहिलेको जनविरोधी सरकारको क्रियाकलाप हेर्दा प्रयाप्त मात्रामा यो सरकार नै नेपालका भूमि मघेश भारतमा बिलय गर्न खोजिरहेको छ भन्ने पुष्टि हुन्छ ।
अध्यक्ष ज्यू,
एक (१) महिना अघि पार्टीका जुझारु युवानेता कमरेड दिपक पुन मगरले महत्पूर्ण असहमतीहरु राख्दै पार्टीबाट सम्बन्ध बिच्छेद गरेको सर्ववितितै होला । उहाँको पार्टी परित्याग इतिहासको आवश्यकतालाई पूर्ण गर्ने दिशातिर उन्मुख रहेको हाम्रो दृढ बुझाई छ । उहाँको त्यो एैतिहासीक निस्वार्थ पार्टी परित्याग पश्चात उहाँद्वारा अभिव्यक्त भएका सैद्धान्ति, वैचारिक र राजनितीक यात्रा सही सावित हुँदै गईरहेको छ । धान्नै नसक्ने भ्रष्टचार आचरण युक्त व्यक्ति जो उमेरको उतरार्ढमा सरकार बनाउने र सरकारमा सहभागितामा अग्रसर भए । उनिहरुलाई उप–प्रधानमन्त्रिको दर्जा कायम गरी ६ (छ) जनाको उप–प्रधानमन्त्रि रहेको भ्रष्टचारी, यौनदूराचारीका वृत्तमा जनताको रगत पसिना, आँसु र श्रमको प्रतिफल लुटेर खानका लागी नाम माथी नामका मन्त्रायल निर्माण गरेर एैतिहासिक जनविरोधी, राष्ट्रघाती कलङ्कको दर्जा भएको मन्त्रिपरिषद बनाइएको छ । अझ अपूर्ण देखिन्छ अझ थप गर्ने मनासाय स्वयम तपाई अध्यक्षज्यू बाटै प्रस्तुत भइराखेकै छन् । यिनै विभिन्न सवाहरु केलाउने हो भने तपाई स्वयमले नेत्तृत्व गरीरहेको सरकार नेपालको तराई भागलाई भारतमा बुझाउने रणनैतिक अस्त्रको रुपमा देखा पर्न थालेको छ । यो कुरा हामी पाटी भित्रका राष्ट्रवादी, प्रगतिशिल व्यक्ति र सम्पूण नेपाली जनतामा क्रमश जानकारी र उजागर हुदै गइरहेका छ । यस्तो सन्दर्भमा पार्टीबाट सचेत विद्रोह गरेर डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति निर्माण अभियान लाई सहयोग गर्न सहयात्री बन्न जनताको बिचमा गएका एक कुशल संगठन, जुझारु र इमान्दार पश्चिम दूर्गम तथा ग्रामिण भेग रुकुममा जन्मेका युवा नेता दिपक पुन मगरको सच्चा देशभक्त प्रगतिशिल र सकारात्मक सोच लाई हामी आत्मासाथ गर्दै सम्मान, समर्थन र त्यसको सच्चा उचाँईलाई निरन्तर अघी बढाउँदै वर्तमान सरकारको राष्ट्रघाती गैरजिम्मेवारी पनलाई भण्डाफोर र नियन्त्रण गर्दै विनाशकारी भूकम्पका आम पिडीत नागरीहरुको गाँस, बाँस, कपास, स्वाथ्य उपचार सहित सांस्कृतिक पुरातात्वीक र एैतिहासिक सम्पदाको पुनरनिर्माणमा जनतालाई एकिकृत, केन्द्रीत गर्दै उत्पिदन, शोषण विभेद विरोधी संघर्ष नयाँ उचाइमा लिने मुलुकको ओरालो तिर लागिरहेको अर्थतन्त्रलाई सुढृद गर्ने गरी छिटै नयाँ राजतिनीक शक्ति निर्माण गर्ने महान अभियानमा सामेल भएको जानकारी आदारणिय अध्यक्ष ज्यूलाई यस पत्र मार्फत जानकारी गराउँद छौं ।
साथै अन्तमा, हाम्रो यात्रालाई भारतको समर्थन नठान्नुहोला । यो नेपाल राष्ट्र र जनताको हितको लागी हो । कहिले काँही कुनै तर्क नभएपछि जथाभावि हो–हल्ला गर्दै डा.बाबुराम भट्टराई भारतको दलाल हो भनि गैर जिम्मेवारी अभिव्यक्तीहरु हामीले तपाई र तपाईको भारत प्रस्त समूहबाट हो–हल्ला गरिरहेको पाएका छौ । तसर्थ यसमा तपाईलाई यो हेक्का होस् तपाईले हस्ताक्षर गरेर महाकाली नदी भारतलाई सुम्पेपछिको तपाईको राजनितीक यात्रामा क्रमश सफल भएकैछ । तपाईको संम्लगनता मा सञ्चालित मदन भण्डारी फाउन्डेसनले भारतबाट आर्थिक सहयोग लिएको यथार्थ प्रमाणहरु सार्वजनिक भएकै छ । हामीले तपाईको योजनामा सञ्चालित मदन भण्डारी कलेज, अनामनगर काठमाण्डौंको भवनहरु भारत सरकारले सहयोग गरेका बोर्डमा नै लेखेको कुरा छर्लङ्ग छ । कलेज र विद्यालयका बसहरुमा पनि भारतिय सहयोग रहेको उल्लेख रहेको ठूलो–ठूलो अक्षरमा लेखिएकै छन् । तपाईको चुनाव क्षेत्रमा पनि थुप्रै भारतिय सहयोगको योगदान भएको सबैलाई थाहै छ । तसर्थ अहिलेको अवस्थामा तपाइले जतिसुकै भारतको विरुद्धमा आवाज उठाए पनि जिवनको उतरार्ढमा भारतसँग सम्झौता गरेर नेपाली जनता र राष्ट्र प्रति गरेको घात, प्रतिघातको पाप कटाउने प्राथनाका स्वरहरु भन्दा अरु सबै राष्ट्रबादी मञ्चन नक्कली भएकोले तपाईबाट जिवनभरी जनताको सेवामा सम्पूर्ण जीवन खर्चेका असल इमान्दार व्यक्तित्व जो सकारात्मक सोच राख्नुहुन्छ र सकारात्मक सोचका साथ नयाँ शक्ति निर्माण अभियानको नेतृत्व गर्नुभएका डा. बाबुराम भट्टराई लाई नेपाली जनता र राष्ट्रविरोधी भएको भन्दै हो–हल्ला नगर्न समेत विनम्र अनुरोध गर्दै हामी संयुक्त रुपमा यो पत्रद्वारा आजकै मितीदेखी मुलुकलाई समुन्नत शन्ति र समृद्ध बनाउने यात्राबाट एनेकपा माओवादी पार्टी परित्याग गरेका डा.बाुबराम भट्टराईको नयाँ शक्ति निर्माण अभियानमा सहयात्री बन्न पुगेको निस्वार्थी असल युवाँ नेता कमरेड दिपक पुन मगरले लिनु भएको यात्राको असल सहयात्री हुँदै नयाँ राजनितीक शक्ति निर्माणमा सहभागी भएको जानकारी अवगत गराउन चाहन्छौं । हार्दीक धन्यवाद ।
१. उस्माण मिया हवारी, पर्सा ः पार्टी नारायणी अञ्चल समन्वय कमिटी, पुर्व सदस्य
२. दिव्य कुमार (दिनेश साह) रौतहत ः अनेरास्ववियू पूर्व केन्द्रीय सदस्य
३. राजिनन्द साह, रौतहत ः युवा संघ नेपाल, पूर्व केन्द्रीय सदस्य
४. राजदेव शाह, पर्सा ः जिल्ला कमिटी सदस्य, पर्सा
५. महमद मुस्तकीम हवारी, पर्सा ः जिल्ला कमिटी सदस्य, पर्सा
६. केशव जंग मल्ल, काठमाण्डौं ः काठमाण्डौं जिल्ला कमिटि, सदस्य
७. विकास साह , पर्सा ः युवा किसान संघ नेपाल, केन्द्रीय पूर्व उपाध्यक्ष
८. निर्मला महर्जन, ललितपुर ः युवा किसान संघ, नेपाल केन्द्रीय पूर्व उपाध्यक्ष ।
९. लाल बहादुर बुढा ः रुकुम जिल्ला कमिटी, सदस्य
१०. धन बहादुर पुन ः रुकुम जिल्ला कमिटी, सदस्य
११ डम्बर बहादुर धर्ती ः राप्ति अञ्चल सम्पर्क कमिटी, सदस्य
१२. दिपक परियार ः राप्ति अञ्चल सम्पर्क कमिटी, सदस्य
१३. प्रकाश कार्की मुगु ः युवा संघ उपत्यका कमिटी, सदस्य
१४. पुर्ण बहादुर तामाङ ः रसुवा युवा सँघ उपत्यका कमिटी, सदस्य
१५. लक्ष्मी प्रसाद जोशी कैलाली ः महाकाली अञ्चल सम्पर्क कमिटी,सदस्य
१६. तिलक खड्का ः अनेरास्ववियू उपत्यका, सदस्य
१७. विरेन्द्र कुमार पुन मगर, रुकुम ः अनेरास्ववियू उपत्यका सदस्य
१८. भिम बहादुर स्यांग्तान (कर्मध्वज) ः युवा संघ नेपाल काठमाण्डौं जिल्ला, सदस्य
१९. भोजराज पाण्डे (सकेट) ः युवा संघ नेपाल काठमाण्डौं जिल्ला, सदस्य
२०. सन्देश मल्ल ः युवा संघ, नेपाल रुकुम जिल्ला, सदस्य
२१. उमेश कुमाल ः युवा संघ नेपाल काठमाण्डौं जिल्ला, सदस्य
२२. कृष्णमान महर्जन ः युवा संघ नेपाल ललितपुर जिल्ला कमिटी, सदस्य
२३. बलराम पुन, रुकुम ः अनेरास्ववियू काठमाण्डौं जिल्ला, सदस्य
२४. रुपा लामा , काठमाण्डौं ः अनेरास्ववियू काठमाण्डौं जिल्ला, सदस्य
२५. निरज विष्ट, ललितपुर ः अनेरास्ववियू ललितपुर जिल्ला, सदस्य
२६. रिमा बिष्ट, ललितपुर ः अनेरास्ववियू ललितपुर जिल्ला, सदस्य
२७. सुवर्ण केसी, लम्जुङ्ग ः विद्यार्थी इलाका, सदस्य
२८. तबिला पुन रुकुम ः अनेमसंघ, जिल्ला सदस्य, रुकुम
२९. कमला पुन,रुकुम ः अनेमसंघ, जिल्ला सदस्य, रुकुम
३०. उग्रेन शेर्पा रामेछाप ः अनेमसंघ, जिल्ला सदस्य, रामेछाप
३१. कृष्णहरी आलेमगर, काठमाण्डौं ः संगठित सदस्य
३२. आङ गेल्जे शेर्पा, सोलुखुम्बु ः संगठित सदस्य
३३. निमाडेन्डी शेर्पा खोटाङ ः संगठित सदस्य
३४. न्वाङफुरी शेर्पा ः संगठित सदस्य
३५. सोनाम शेर्पा, सोलुखुम्बु ः विद्यार्थी जिल्ला, सदस्य
३६. आङ दाती शेर्पा, सोलुखुम्बु ः विद्यार्थी जिल्ला, सदस्य
३७. पेम्वा छोटी शेर्पा, सोलुखुम्बु ः विद्यार्थी जिल्ला, सदस्य
३८. लिला बहाुर कार्की, देलखा ः जिफन्ट जिल्ला, सदस्य
३९. आषिस खनाल, पाल्पा ः जिफन्ट जिल्ला, सदस्य
४०. गंगा बहादुर बस्नेत, रामेछाप ः जिफन्ट जिल्ला, सदस्य
४१. काजी शेर्पा, ओखलढुगा ः जिफन्ट जिल्ला, सदस्य
४२. सुनिता पाण्डे, पाल्पा ः अनेमसंघ, जिल्ला, सदस्य
४३. सुनिता खत्री नुवाकोट ः सम्पर्क मञ्च सदस्य, नुवाकोट
४४. तारा बस्नेत, मोरङ ः सम्पर्क मञ्च सदस्य, मोरङ
४५. पेम बहादुर विश्वकर्मा, काभ्रे ः सम्पर्क मञ्च सदस्य, काभ्रे
४६. कुशल घर्ती मगर, म्याग्दी ः सम्पर्क मञ्च सदस्य, म्याग्डी
४७. अनिल पुन मगर, म्याग्दी ःसम्पर्क मञ्च सदस्य, म्याग्दी
४८. हिक्मत पुन मगर, काठमाण्डौं ः सम्पर्क मञ्च सदस्य, रुकुम
४९. सुविन्द्र बुढा मगर, रुकुम ः सम्पर्क मञ्च सदस्य,रोल्पा
५०. निमा दोर्जे शेर्पा ः सिन्धुपाल्चोक जिल्ला, सदस्य
५१. भिम बहादुर सावाँ लिम्बु, झापा ः संगठित सदस्य
५२. विर्खबहादुर म्याङयुङ, झापा ः संगठित सदस्य
५३. भुपालसिंह सम्वाहाम्फे, झापा ः संगठित सदस्य
५४. चन्द्रबहादुर नाल्बो, झापा ः संगठित सदस्य
५५. रामचन्द्र श्रेष्ठ, सिन्धुली ः संगठित सदस्य
५६. तोयराज तिमिल्सना, स्याङजा ः संगठित सदस्य
५७. विष्णुप्रसाद नेपाल, सिन्धुपाल्चोक ः संगठित सदस्य
५८. इश्वर ढकाल, बाग्लुङ ःसंगठित सदस्य
५९. भुपेन्द्र शाह, रुकुम ः संगठित सदस्य
६०. कल्पना तामाङ, काठमाण्डौं ः संगठित सदस्य
६१. खडक बहादुर पुन, रुकुम ः दाङ जिल्ला कमिटी सदस्य
६२. चित्र बहादुर भुजेल, उदयपुर ः संगठित सदस्य
६३. देव मल्ल रुकुम ः संगठित सदस्य
६४. नानि मैँया लामा, काठमाण्डौं ः अनेमसंघ जि.क. सदस्य
६५. दुर्गा पुन मगर, रुकुम ः संगठित सदस्य
६६. विकास तामाङ, ललितपुर ः संगठिन सदस्य
६७. शंकर विष्ट मगर, रुकुम ः युवा संघ नेपाल, उपत्यका सदस्य
६८. सुनिता शाह, रुकुम ः संगठित सदस्य
६९. राजु शाही, रुकुम ः संगठित सदस्य
७०. ईश्वर शाह, रुकुम ः संगठित सदस्य
७१. अशोक तामाङ ,सिन्धुपाल्चोक ः संगठित सदस्य
७२. टाँसी लामु शेर्पा ः संगठित सदस्य
७३. टासी छिरीङ शेर्पा ः संगठित सदस्य
७४. भरत मल्ल, रुकुम ः संगठित सदस्य
७५. मिलन लम्साल, स्याङजा ः संगठित सदस्य
७६. जीवन विष्ट मगर, रुकुम ः अनेरास्ववीयू उपत्यका सदस्य
७७. पासाङ ङिमा शेर्पा ः खोटाङ, लोकतान्त्रिक, शेर्पा संघ
७८. चुडामणी पुन, रुकुम ः युथ फोर्स केन्द्रीय सदस्य,
७९. जोख बहादुर पुन, रुकुम ः संगठीत सदस्य
८०. शेर बहादुर खत्री, रुकुम ः संगठीत सदस्य
८१. शेर बहादुर के.सी, रुकुम ः संगठीत सदस्य
८२. दीपक बुढा मगर, रुकुम ः संगठीत सदस्य
८३. इन्द्र बहादुर बुढा मगर, रुकुम ः संगठीत सदस्य
८४. इकर्के पुन मगर, रुकुम ः संगठीत सदस्य
८५. सन्तोष केसी, दाङ ः संगठीत सदस्य
८६. रमेश पुन, रुकुम ः अनेरास्ववियू राप्ति ब्यूरो सचिव
८७. रामेश्वर ढकाल काभ्रे ः अंचल प्रचार विभाग, सचिव
८८. कल्पना वाइवा मक्वानपुर ः अनेमसंघ नारायणी अञ्चल, सदस्य
८९. एस बी. प्रधान, काठमाण्डौं ः संगठित सदस्य
९०. श्याम थापा मगर, ललितपुर ः नेपाल लोकतान्त्रिक मगर संघ, केन्द्रीय सदस्य
९१. मिना वाइवा, धादिङ ः अनेमसंघ, केन्द्रीय सदस्य
९२. मिना थापा मगर, रोल्पा ः अञ्चल प्रचार विभाग, सचिव
९३. निशा थापा, काठमाण्डौं ः साँगठनिक सदस्य
९४. विष्णु गुरुङ, रामेछाप ः अनेमसंघ अञ्चल, सदस्य
९५. प्रतिक्षा कार्की, सुर्खेत ः अनेरास्ववियू, जिल्ला सदस्य
९६. राम बहादर परियार, रामेछाप ः नेपाल उत्पीदित संघ केन्द्रीय सदस्य
९७. श्याम मल्ल बाग्लुङ ः ीजफन्ट जिल्ला, सदस्य
९८. गेल्वु शेर्पा, ओखलढुङ्गा ः नेपाल लोकतान्त्रिक शेर्पा संघ, केन्द्रीय सदस्य
@रातो पाटी |