पत्रकार एवम् साझा यातायातका अध्यक्ष कनकमणी दीक्षित अख्तियारकाे नियन्त्रणमा
वैशाख १०, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरी टोलीले पत्रकार कनकमणी दिक्षितलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन् । उनलाई पाटन ढोकाबाट पक्राउ गरिएको हो ।
गैरकानुनी सम्पति आर्जन गरेको र भ्रष्टाचार कसुर अभियोगको अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै उनलाई अकस्मात प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई अहिले अख्तियारको हिरासतमा लगिएको छ । उनी साझा यातायातका अध्यक्ष समेत हुन् ।